काठमाडौं, भदौ १५ (नागरिक)- कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधान निर्माणमा उत्पन्न विवाद सुल्झाउन उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नरहेको बताएका छन्।
बुधबार दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी पौडेलले संविधानतः शान्ति प्रक्रियाको काम गर्न विषेश समिति रहेको अवस्थामा राजनीतिक संयन्त्र आवश्यक नभएको टिप्पणी गरे।
'शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लडाकु समायोजन विशेष समितिले हो, नेताहरूले होइन,' पौडेलले भने, 'संयन्त्र बनाउँदा विशेष समिति निष्त्रि्कय हुने भएकाले यसको आवश्यकता छैन।'
उनले शान्ति प्रक्रियामा देखिएका विवाद विशेष समिति र संविधान निर्माणका विवाद संविधानसभाले नै मिलाउनुपर्ने तर्क गर्दै राजनीतिक संयन्त्र बनाउन नहुने अडान सार्वजनिक गरेका हुन्।
सरकार निर्माणका लागि भदौ ११ गते माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शान्ति प्रक्रिया र संविधानका विवाद मिलाउन शीर्षनेता संलग्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ।
पत्रकार सम्मेलनमा पौडेलले माओवादी र मोर्चाबीच सत्ता गठबन्धनका लागि भएको चारबँुदे सहमति विगतको सम्झौता र विद्यमान ऐन/कानुनविपरीत रहेको टिप्पणी गरे। 'सत्ता गठबन्धनका लागि माओवादी र मोर्चाबीच भएको सम्झौताका कतिपय विषय ऐन/कानुन र विगतको सम्झौताविपरीत र घोर आपत्तिजनक छन्,' उनले भने।
पौडेलले विभिन्न आन्दोलनमा राज्यपक्षबाट पीडित भएकालाई क्षतिपूर्ति दिनेबारे मोर्चा-माओवादी सहमति पूर्वाग्रही भएको पनि बताए। 'आन्दोलनका क्रममा राज्य पक्षबाट पीडित भएकालाई क्षतिपूर्ति दिने तर माओवादीपीडितलाई नदिने सम्झौता पूर्वाग्रही छ,' पौडेलले भने, 'कानुनी राज्यमा न्यायका आधारमा सबै पीडितले क्षतिपूर्ति पाउनुपर्छ।'
पौडेलले चारबुँदेमा प्रमुख जिल्ला अधिकारीको अधिकार खोस्नेगरी हातहतियार तथा खारखजाना ऐन संशोधन गर्ने सम्झौता गरेको प्रति उनले आपत्ति जनाए। 'प्रमुख जिल्ला अधिकारीको अधिकार कटौती गर्ने गरी भएको सम्झौता अत्यन्त आपत्तिजनक छ,' उनले भने, 'यसले जनतालाई असुरक्षित बनाउनुका साथै मुलुकलाई अराजकता र द्वन्द्वतिर लैजाने खतरा देखिएको छ।'
माओवादी र मोर्चाबीच तराई मधेसको सुरक्षा अवस्थामा सुधारका लागि जनउत्तरदायी सुरक्षा कार्यक्रम ल्याउन हातहतियारसम्बन्धी ऐन परिमार्जन गरी अर्धन्यायिक निकायबाट हुने कानुनको दुरुपयोग रोक्ने उल्लेख छ।
पौडेलले माओवादी र मोर्चाबीच विभिन्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने, राज्य पुनर्संरचना आयोग गठन नगर्नेलगायत विषयमा भएका सम्झौताप्रति कांग्रेसको आपत्ति रहेको बताए।
उनले माओवादी लडाकु समायोजन 'समायोजन' सिद्धान्तकै आधारमा हुनुपर्ने बताए। 'लडाकु समायोजन समायोजनको अर्थमा हुनुपर्छ,' पौडेलले भने, 'निश्चित पदलगायतका संख्यामा मोर्चा र माओवादीबीच भएको सहमति कांग्रेसलाई मान्य छैन।'