काठमाडौं, भदौ १६ (नागरिक)- सहिद स्मारक रेडबुल बी डिभिजन लिग शुक्रबारबाट पुनः हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दुई खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाउँदै छ। लिग सुरु भएको दुई दिनमै स्थगित भएको थियो।
बी डिभिजनलाई तोकिएको नेपाल प्रहरी प्रतिष्ठान महाराजगन्जको मैदान खेल्न योग्य नभएका कारण ९ गतेबाट बी लिग रोकिएको थियो। 'लगातारको वर्षाले मैदान हिलो छ। बल गुड्ने अवस्थै छैन। साता दिनभन्दा बढी हुन लागिसक्यो,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, 'त्यसैले पुलिसको मैदानमा खेलाउन अवस्था नहुँदासम्म एन्फा कम्प्लेक्सको मैदानमा खेलाउने निर्णय गर्यौं।' त्यसैले एन्फाले शनिबार खेलमैदान तोकेको छैन। 'भोलिको मौसमको आधारमा शनिबारको मैदान तोकिनेछ,' तुलाधरले भने।
विभिन्न स्तरका खेल लगातार भएकाले सातदोबाटो मैदान पनि ब्रिग्रिएको छ। लामो समय बी डिभिजन स्थगित गर्दा क्लबलाई आर्थिक भार पर्ने भएकाले सातदोबाटोमा खेलाउन लागेको तुलाधरको तर्क थियो। 'क्लबहरूले जिल्लाबाट खेलाडी ल्याएका छन्। लामो समय बी डिभिजन रोक्दा उनीहरूलाई आर्थिक भार पर्ने भयो,' उनले थपे, 'त्यसैले सातदोबाटोमा खेलाउन लागेका हौं। त्यहाँ पानी जम्दैन, खेल्न सकिन्छ। मौसम राम्रो भयो भने पुनः पुलिसकै मैदानमा बाँकी खेल हुने छन्।'
शुक्रबार स्टार क्लब र च्यासल युथ तथा सानो गौचरन युवा क्लब र काठमाडौं क्लबबीच हुने छन्।