काठमाडौं, भदौ २२ (नागरिक) - प्रधानमन्त्री बाबुराम भट्टराईले असोज पहिलो साता राष्ट्रसंघ महासभाबाट फर्केर भारत भ्रमण गर्ने भएका छन्।असोज २ गते उनी न्युयोर्क जाँदै छन्। भट्टराईले भारतीय राजदूत जयन्त प्रसादसँग बुधबार भेट्दै भारत भ्रमणको आश्वासन दिएका हुन्।
'न्यूयोर्कबाट फर्केपछि आउँछु भन्नुभएको छ,' प्रधानमन्त्री पत्नी तथा माओवादी नेतृ हिसिला यमीले संवाददाताहरूसँग भनिन्, 'राष्ट्रसंघपछि उहाँ भारत जानुहुन्छ।'
राजदूतले प्रधानमन्त्री मनमोहन सिंहको निम्तो उद्धृत गर्दै चाँडै भारत भ्रमण तय गर्न अनुरोध गरेका थिए। यमीले भनिन्, 'राजदूतसँग शान्ति, संविधान, सुरक्षा, आर्थिकलगायत विषयमा कुरा भयो।'
बुधबार दिउँसो उनले पूर्व प्रधानमन्त्री र मुख्य सचिवहरूसँग सामूहिक भेट गरी उनीहरूको अनुभव सुनेका थिए। पूर्व प्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल र शेरबहादुर देउवाले शान्ति, संविधान, सुशासन र राहत कार्यक्रमलाई उच्च प्राथमिकता दिन भट्टराईलाई सुझाए। निम्तो गरिएका पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल भने गएनन्।
बिफ्रिङमा यमी
प्रधानमन्त्रीले राजदूतसँग गरेको भेटबारे भट्टराई पत्नी तथा माओवादी नेतृ हिसिला यमीले ब्रिफिङ गरेकी थिइन्। 'पार्टीको पोलिटब्युरो वा प्रधानमन्त्री श्रीमती हुँदैमा कुटनीतिक भेटबारे ब्रिफिङ गर्न मिल्दैन,' मन्त्रिपरिषद्का एक अधिकारीले भने, 'यस्तो उत्ताउलो व्यवहारले प्रधानमन्त्रीलाई असर पर्छ भन्ने उहाँले बुझ्नुपर्ने हो।'