काठमाडौँ, भदौ २२ (नागरिक)- माधव नेपाल नेतृत्वको सरकारले दौरा सुरुवाल र ढाकाटोपीलाई राष्ट्रिय पोशाकका रुपमा तोक्ने निर्णयलाई सरकारले सच्याउने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी बैठकबाट सो निर्णय सच्याउने निर्णय गरेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बताए।
सरकारको निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेपछि राष्ट्रिय पोशाकबारे विवाद चुलिएको थियो।
माओवादी नेतृत्वको सरकार बनाउन समर्थन गर्नुअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र माओवादीबीच राष्ट्रिय पोशाक सम्बन्धी निर्णय रद्द गर्ने सहमति भएको थियो।
सहमतिको बूँदा नं ४:७ मा 'राष्ट्रिय पोशाकका सम्बन्धमा हाल उत्पन्न विवादलाई समाप्त गर्न मधेसी, आदिवासी जनजाति, थारु, मुसलमान लगायतका समुदायहरुको भावनाको विपरित यस अघिका सरकारबाट भएको त्रुटिपूर्ण निर्णयलाई रद्द गरिनेछ' लेखिएको थियो।
न्युयोर्कमा १३ जना-
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बाबुराम भट्टराई आगामी असोज २ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने भएका छन्। नेपालको टोलीमा १३ जना सदस्य रहने भएका छन्। मन्त्रिपरिषद्को बैठकले सदस्यहरुको नाम पनि चयन गरेको छ।
यसैगरी आजैको बैठकले सहसचिव दुर्गाप्रसाद भट्टराईलाई कायममुकायम परराष्ट्र सचिवको तोकेको छ।