काठमाडौं, भदौ २९ (नागरिक)- लगातार दोस्रो हारपछि एएफसी यु-१६ च्याम्पियनसिपको अन्तिम चरण पुग्ने नेपालको सम्भावना अब गणितीय हिसाबमा मात्र बाँकी छ।
छनोट चरणअन्तर्गत बुधबार दशरथ रंगशालामा ओमानसँग २-० ले पराजित भएपछि नेपालको सम्भावना कमजोर बनेको हो। सिरियाविरुद्ध पनि नेपाल सोही अन्तरले हारेको थियो। सहभागी चारमध्ये नेपाल अंकबिहीन एक्लो टोली हो। अब नेपाल छनोट हुन साउदीविरुद्ध हुने अन्तिम खेल फराकिलो गोलअन्तरमा जित्नुपर्ने हुन्छ। त्यतिले मात्र पनि पुग्दैन। ओमान सिरियासँग हार्नुपर्नेछ।
लगातारको दबाब खेपेको नेपाल अन्तिम १२ मिनेट सम्हालिन नसक्दा दुई गोल खान पुगेको थियो। ओमानको पटकपटकको आक्रमणलाई विफल पारेका नेपाली गोलकिपर वीरेन्द्र चन्द अन्ततः डिफेन्डरसँगको समन्वय अभावमा पहिलो गोल खान पुगेका थिए।
उनले ७८औं मिनेटमा पहिलो गोल खाएका थिए। ओमानका अब्दाल्ला जुमाको लामो फ्रिकिक प्रहारबाट बल पेनाल्टी बक्समा खस्दा वीरेन्द्र र सागर लामाबीच आपसी तालमेल मिलेन। त्यसै बीचबाट फुत्केको बललाई हातिम सुल्तान अब्दुल्ला अल रुसादीले बललाई पोस्टको दिशा दिँदै टोलीलाई पहिलो जिततर्फ अघि बढाए।
अन्तिम तीन मिनेट बाँकी रहँदा खालिव मुबारक अल अलवीले नजिकबाट गोल थपेपछि खेलमा बराबरी गर्ने नेपालको सम्भावना समाप्त भयो। कर्नरबाट आएको बलमा नेपाली खेलाडीको हुलमुलबाट मुबारकले गोल गरेका थिए।
झन्डै दर्जन आक्रमण गरेको ओमानविरुद्ध नेपालले खेल अवधिभर एउटा मात्र चुक्चुकाउँदो आक्रमण गर्यो। तर नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले भाग्यले साथ नदिएको प्रतिक्रिया दिए। 'राम्रो खेल्दाखेल्दै एउटा सानो गल्तीमा खेल हार्नुपर्यो। गोलकिपर र डिफेन्सबीच समन्वय नमिल्दा पहिलो गोल खायौं,' उनले भने, 'यो चित्त दुख्ने हार हो।'
पोस्टम्याच कन्फ्रेन्समा टोलीको बचाऊ गर्ने लगातार प्रयास गरे पनि श्रेष्ठले सुरुआतमै भने हारले बोल्ने ठाउँ नरहेको बताए।
अन्तमा अपजस बोक्नु परे पनि नेपाली टोलीमा सबैभन्दा उच्च प्रदर्शन गोलकिपर
वीरेन्द्रकै रह्यो। उनले चार निश्चित गोल रोकेका थिए।
ओमानका नेदरल्यान्ड्स प्रशिक्षक पिट हेनरिच भान डेर होस्टेले थ्रुपै अवसर चुकाउँदा थोरै गोलमा चित्त बुझाउनुपरेको बताए। ' पहिलो खेल हारेकाले दुवै टोलीका लागि यो खेल महŒवपूर्ण थियो,' उनले भने, 'त्यसमा हामी सफल भयौं। म जितमा खुसी छु। यति हो कि अझै बढी गोल भइदिएको भए छनोट सम्भावना बढी हुन्थ्यो। किनकि निकै बलियो टोली सिरियासँग हामीले खेल्न बाँकी छ।' उनले नेपाली खेलाडी शारीरिक रूपमा अन्य टोलीभन्दा तल रहेको प्रतिक्रिया दिए।
छनोटको अघिल्लो संस्करणमा पनि नेपाल समूह चरणबाटै बाहिरिएको थियो। त्यतिबेला चार खेलमा १३ गोल खाएको नेपालले १ गोल पनि गरेन। यसपटक पनि नेपाल २ खेलसम्म गोलबिहीन छ।
सिरियाको दोस्रो जित
सशस्त्र प्रहरी बलको हल्चोकमा साउदी अरेबियामाथि २-१ को जित पाउँदै सिरियाले छनोट सम्भावना बलियो पारेको छ। मोहम्मद अल खालेदको निर्णायक गोलमा सिरिया विजयी भएको थियो। अब्दुला तेफ साल्केनको गोलबाट सिरिया चौथो मिनेटमै अघि लागेपछि साउदीका अब्दुल अजिज अहमदले २६औं मिनेटमा बराबरी गोल गरेका थिए।
दुई खेलपछि पनि गणितीय रूपमा सबै टोलीको सम्भावना जीवित छ। सिरिया ६ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो साउदी र ओमानको समान ३ अंक छ। नेपाल अंकबिहीन छ।
यु-१६ टोलीमा तपाईको भूमिका के भन्ने पत्रकारको जिज्ञासापछि सुनिल श्रेष्ठ एकछिन अक्कमकिए अनि उनले भने, 'तपाईसँग भएको 'ब्ल्याक एन्ड ह्वाइट' मा जे छ त्यही हो।' उनको इशारा प्लेइङ लिस्टतर्फ थियो। प्लेइङ लिस्टमा नेपाली युवा टोलीको मुख्य प्रशिक्षकमा बेलायती ग्राहम रोबर्टस छन्। 'यो छनोटका लागि लगातार मैले प्रशिक्षण गराएको हुँ,' उनले भने, 'अहिले रोबर्टस हुनुहुन्छ।' श्रेष्ठले रोबर्टससँगको आपसी सल्लाहमा नै टोलीको प्लेइङ-११ तयार हुने बताए। उनले रोबर्टसको उपस्थितिले आफूलाई कुनै दबाब नरहेको समेत बताए।
रोबर्टस सिनियर राष्ट्रिय टोलीका प्रशिक्षक हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने हालसम्म पनि उनलाई युवा टोलीको जिम्मेवारी दिएको जनाएको छैन। छनोटको तयारी पूरा भएको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले उनलाई रोबर्टस सात अफिसियलभित्र रहेको बताएको थियो।