को को बन्दैछन् नयाँ मन्त्री-
उजिर मगर/गोविन्द परियार, काठमाडौँ, भदौ २९ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी मोर्चा र माओवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। 'आजै साँझ पाँच बजे मन्त्रिपरिषद् विस्तार हुनेछ' प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले नागरिकन्युजलाई बताए।
साँचो प्रकरण साम्य नभएसम्म मन्त्रिपरिषद्मा सामेल नहुने वैद्य पक्षको अडान कायमै रहेको अवस्थामा माओवादीले थप मन्त्री पठाउन लागेको हो। अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबीच उपाध्यक्ष मोहन वैद्य पक्षलाई नसमेटी मन्त्रिपरिषद विस्तार गर्ने सहमति बालुवाटारमा सोमबार राति भएको गोप्य भेलामा भएको जानकारी स्रोतले दिएको छ।
हतियार राखेको कन्टेनरको चाबी विशेष समितिलाई बुझाएकोबारे वैद्य पक्षले विरोध झन् चर्काएपछि उनीहरूलाई नपर्खी मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो।
को को बन्दैछन् नयाँ मन्त्री ?
माओवादीबाट गोपाल किराँती र लेखराज भट्ट मन्त्रीले आज शपथ ग्रहण गर्ने संभावना रहेको स्रोतले जनाएको छ।
मधेसी मोर्चाबाट मन्त्री हुनेहरुमा शरद्सिंह भण्डारी, रक्षा राज्यमन्त्रीमा रामबच्चन अहिर यादव, वातावरण मन्त्रीमा हेमराज तातेड, वातावरण राज्यमन्त्रीमा दुर्गादेवी महतो, गृह राज्यमन्त्रीमा भीमराज राजवंशी र वनराज्यमन्त्री लक्ष्मण महतोले शपथ ग्रहण गर्ने लगभग तय भएको छ।
यादव नवलपरासीबाट, तातेड सप्तरीबाट, राजवंशी मोरङबाट र लक्ष्मण महतो सिरहाबाट प्रत्यक्ष निर्वाचित सभासद हुन्। दुर्गादेवी महतो पर्साबाट समानुपातिकमा निर्वाचित सभासद हुन्।
तमलोपा र तमलोपा नेपालबाट मन्त्री हुनेहरुको सूचिका लागि ती पार्टीहरुको बैठक जारी छ।