ललितपुर, भदौ ३०- नेपाली कांग्रेसका वरिष्ट नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया टुङ्गोमा नलागेसम्म संविधान सम्भव नहुने बताएका छन्। माओवादीले साँच्चिकै शान्ति र संविधान चाहेको भए ऊ पूर्ण जिम्मेवारीका साथ अघि बढेमात्र संविधान सम्भव हुने उनको धारणा थियो।
नेपाली कांग्रेस ललितपुरको प्रथम जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले शान्ति प्रक्रियाको मुख्य काम माओवादी सेनाका लडाकु समायोजन, व्यवस्थापन नभएसम्म संविधान नबन्ने ठोकुवासमेत गरे।
सभासद् रामकृष्ण चित्रकारले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर लोकतान्त्रिक संविधान निर्माण गर्ने कांग्रेसको दायित्व भएको भन्दै यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताए।
पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले कांग्रेस कमजोर भएका कारण देश अस्थिरता, अराजकता र भद्रगोल अवस्थामा पुगेको भन्दै पार्टीलाई एकताबद्ध ढङ्गले बलियो बनाएर लैजानुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले पार्टीलाई बलियो र जीवन्त बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताले आफ्नो सोच र आचरणलाई परिवर्तन गर्नुपर्छ भने।
- रासस