अजित तिवारी, विराटनगर, असोज २- नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रकृया टुंगिएको दुई साताभित्रै संविधान निर्माण सकिने दाबी गरेका छन्। शान्ति प्रकृया टुंगिएपछि संविधानका मुलभूत कुरामा नेताहरुबीच दुई सातामै सहमति हुने भएकाले संविधान निर्माणमा समय नलाग्ने उनको भनाई छ।
‘संविधान निर्माणका लागि दुई साता भए पुग्छ'- विराटनगरमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै नेता सिटौलाले भने, ‘शान्ति प्रकृया टुंगिएको दुई सातामै संविधान बन्छ।' प्रधानमन्त्री बाबुराम भट्टराईले भनेजस्तो ४५ दिनमा शान्ति प्रकृया निष्कर्शमा पुग्न नसक्ने बताउँदै उनले माओवादीका लडाकुहरुको समायोजन, संख्या, मापदण्ड, विधि र प्रकृयाहरुका विषयमा विषेश समितिमा छलफल थालिहाल्नुपर्ने बताए।
वर्तमान सरकार फेरवदल गर्ने सोचमा कांग्रेस नरहेको स्पष्ट पार्दै महामन्त्री सिटौलाले शान्ति प्रकृया निष्कर्षमा पुर्याउन नसके आफ्नै कारणले सरकार गिर्ने दावी गरे। सरकारको नेतृत्व लिएको माओवादीले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन द्रुत गतिमा हिँड्छ भने सरकारको आयु पनि बढने उल्लेख गरे।
उनले माओवादीले सत्तामा जाने सिँढीको रुपमा मात्र शान्ति प्रकृयाको कुरा उठाएको होइन भने विगतमा भएका सहमती, सम्झौता पालन गर्न ब्यवहारिक रुपमा नै प्रतिबद्ध हुनुपर्ने सुझाव दिए।