संघीयताको विरोधमा राप्‍ती र लुम्बिनी बन्द, जनजीवन प्रभावित
१५ फागुन २०६८
•
४ मिनेट पाठ
संघीयताको विरोधमा राप्‍ती र लुम्बिनी बन्द, जनजीवन प्रभावित
कमल थापा, रुकुम, फागुन १६ - संघीयताको विरोध, स्थानीय निकायको निर्वाचन, शान्ति र संविधान समयमा निर्माण लगायतका माग राख्दै राष्ट्रिय जनमोर्चाले आह्वान गरेको बन्दका कारण राप्ती र लुम्बिनी अञ्चलको जनजीवन प्रभावित भएको छ। बन्दका कारण राप्ती अञ्चलका ५ जिल्ला प्रभावित भएका छन्।




बन्दले कतै आंशिक असर परेको छ भने, कतै पूर्णरुपमा प्रभाव परेको छ। बन्दका कारण रुकुमस्थित बजार ब्यवसाय, यातायात, शिक्षण संस्था, कलकारखाना पूर्णरुपमा बन्द छ। रुकुमबाट दाङ, काठमाडौं जाने र आउने यातायातका साधनहरु चलेका छैनन्। त्यस्तै जिल्लाका विभिन्न गाविसमा चल्ने जीप पनि चलेका छैनन्।

बन्दका कारण दाङ घोराही, लमही र भालुबाङ बजार बन्द छन्। रोल्पाको लिवाङ, सुलिचौर बजार र यातायात बन्द छ। त्यस्तै प्यूठानको सदरमुकाम र विजुवार बजार लगायत क्षेत्रमा बन्दको प्रभाव परेको छ। सल्यानको खलंगा, श्रीनगर, कपुरकोट क्षेत्रमा समेत बन्दको प्रभाव परेको छ। यी जिल्लामा यातायात, बजार, कलकारखाना, शिक्षण संस्था पनि ठप्प भएका छन्।

रुकुम, रोल्पा, प्युठान र सल्यानबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि कम चलेको छैनन्। लामो तथा छोटो दुरीका सवारी साधन पनि कम चलेकाले गन्तव्यमा जाने सर्वसाधारण मर्कामा परेका छन्। बन्दमा प्रेस, एम्बुलेन्स, दमकल, कुटनीतिक नियोग लगायत अतिआवश्यक सवारीका साधन भने निर्बाध रुपमा चल्न दिइएको जनमोर्चाले केन्द्रीय सदस्य रामप्रकाश पुरीले जानकारी दिए।

संघीयता खारेजी, गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा, मूल्य बृद्धि फिर्ता, पछिल्लो पटक थप गरिएको समय सिमाभित्र नयाँ संविधान जारी गर्नुपर्ने, स्थानीय निकायको चुनाव गर्नुपर्ने लगायतका माग राख्दै राप्ती र लुम्बिनी अञ्चल बन्द गरिएको केन्द्रीय सदस्य पुरीले नागरिकलाई जानकारी दिए। बन्द बेलुकी ४ वजे मात्र खुल्ने बताइएको छ। बन्दको आह्वान गर्दै सोमबार मसाल जुलुस निकालिएको थियो।

पाल्पाबाट नागरिकन्युजकर्मी टेकनारायण भट्टराईले जनाएअनुसार मंगलबार बिहानै देखि पाल्पा सदरमुकाम तानसेनमा बन्दकर्ताले नाराबाजी गर्दै बजार बन्द गराएका छन्। तानसेनका सडकबीचमा बन्दकर्ताले कुर्ची र बेन्चहरु तेर्स्याएर सडक अवरोध गरेका छन्। पाल्पाबाट छुट्ने लामो दुरी र ग्रामीण भेगमा चल्ने सवारी चल्न दिइएको छैन। गुल्मी र अर्घाखाँचीमा पनि सवारी चलेका छैनन्। स्याङ्जा तर्फबाट आउने सवारी पाल्पा-स्याङ्जा सिमाना राम्दी बजारमा रोकिएका छन् भने बुटवल तर्फ जाने सवारी पनि चलेका छैनन्।

जनमोर्चा निकट अखिल छैठौंका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले लुम्बिनी र राप्ती अञ्चलका ११ वटा जिल्ला बन्द आव्हान गरिएको बताए।
अर्को समाचार
संघीयताको विरोधमा राप्ती-लुम्बिनी बन्द
०५ माघ २०६६
•
१ मिनेट पाठ
संघीयताको विरोधमा राप्ती-लुम्बिनी बन्द
काठमाडौं, माघ ६ (नागरिक)- संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आह्वान गरेको राप्ती र लुम्वीनी बन्दका कारण ११ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि दाङको घोराही, तुलसीपुर, लमही लगायतका बजार बन्द छन् भने यातायातका साधन समेत संचालन हुन सकेका छैनन्। आज विवाहको लगन परेकाले बन्दकर्ताले बिहेका सवारी साधनलाई चल्न दिएका छन्।
बन्दको प्रभाव राप्तीका पहाडी जिल्लाहरु समेत परेको छ। बन्दका कारण राप्तीका दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम तथा लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मीको जनजीवन प्रभावित भएको छ।
संघीयताको मुद्दा उठाउने माओवादीको प्रभाव क्षेत्र मानिएको रुकुम र रोल्पामा समेत बन्दको असर देखिएको छ।




राष्ट्रिय जनमोर्चाले संघीयतामा जाँदा द्वन्द्व चर्कने भएकोले एकात्मक राज्यको पक्षमा बन्द आह्वान गरेको बताएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस