अजय फुयाल, धनगढी, फागुन २१ - राष्टिय खेलुकद परिषद (राखेप) का सदस्यसचिव युवराज लामाले राष्टिय खेलकुद सम्पन्न भएको एक महिनाभित्र विजेता खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गर्ने बताएका छन्।
अर्को वर्ष फेब्रुअरीमा भारतको नयाँ दिल्लीमा हुने १२ औ दक्षिण एसीयाली खेलकुद (साग) का लागि खेलाडीलाई प्रशिक्षित पारिने उनले बताए। उनका अनुसार पहिलो तीन महिना सामान्य प्रशिक्षण गराईनेछ। त्यसपछिको तीन महिना विशेष प्रशिक्षण गराईनेछ भने त्यसपछिको बाँकी ५ महिनाको समय खेलाडीलाई वन्द प्रशिक्षण सिविरमा राखी विभिन्न स्थानको भ्रमण गराउने योजना छ।
'अव साग आउन एक वर्ष पनि बाँकी छैन, त्यसैले तत्काल प्रशिक्षण सुरु गर्नु जरुरी छ। हामी यसपाली अन्तिम पाँच महिना खेलाडीलाई विभिन्न स्थानमा लगेर फरक हावापानी र उचाईमा प्रशिक्षित पार्न चाहन्छौ। त्यसदौरान वैदेसिक प्रशिक्षण र अन्तर्राष्टिय अनुभवको पनि प्रयास हुन्छ,' वैदेसिक प्रशिक्षणका लागि चीनमा प्रयास गर्ने बताउदै उनले भने।
सातौको तयारी तत्काल
दुई वर्षपछि पुर्वाञ्चलमा हुने निर्णय गरिएको सातौ राष्टिय खेलकुदको लागि तत्काल तयारी सुरु गर्ने सदस्य सचिव लामाले बताए। सुदुर पश्चिममा जारी छैटौं राष्टिय खेलकुदका लागि तयारीको समय कम भएकाले विभिन्न समस्या आएको स्विकार्दै उनले भने, 'यहीबाट शिक्षा लिनुपर्छ। सातौका लागि पनि छैटौं सकिएको भोलीपल्टैदेखि तयारी नगर्ने हो भने राम्ररी गर्नु सम्भव छैन।'
उनले नेपालको पालो परेको १३ औ साग आयोजनाका लागि पनि तत्काल पहल थाल्ने बताए। दक्षिण एसीयाली ओलम्पिक महासंघको पालो प्रणालीअनुसार नेपालले २०१५ मा १३ औ साग आयोजनाको अवसर पाउनेछ। 'यहाँबाट काठमाडौं फर्कनेवित्तिकै सरकारसंग साग र सातौ राष्टिय खेलकुदको तयारीका लागि पहल थाल्छु,' राष्टिय खेलकुदका लागि सुदुर पश्चिममा रहेका लामाले भने।