कम्युनिस्ट विरुद्ध आक्रामक हुन निर्देशन
२३ फागुन २०६८
•
१ मिनेट पाठ
कम्युनिस्ट विरुद्ध आक्रामक हुन निर्देशन
अमर खडका, इटहरी, फागुन २४ - कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले कम्युनिस्टहरू विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुन कार्यकतालाई निर्देशन दिएका छन्। पार्टीको पूर्वाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले भने,'कम्युनिस्टहरूले कङ्ग्रेस कार्यकर्ताहरूलाई डोमिनेट गर्दै आएका छन्।'




'कङ्ग्रेसले प्रतिरक्षात्मक भूमिका निर्वाह गर्दै आएकोमा अब आक्रामक ढङ्गले प्रस्तुत हुनु पर्छ,' उनले भने।  

कार्यक्रममा १६ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि, र महासमिति सदस्य, जिल्ला सभापति, सभासद तथा केन्द्रीय सदस्य गरी २ सय ५० जनाको सहभागिता छ।
अर्को समाचार
विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन
०७ चैत्र २०७५
•
६ मिनेट पाठ
विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन
काठमाडौं - सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो।




मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो। ललितपुरको नख्खुका भएको बम विस्फोट र बसुन्धरामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अन्डर कभर अपरेसनलाई प्राथमिकता दिएको हो। मंगलबार राति महाशाखाको टोलीले काभ्रको रोशी गाउँपालिकास्थित काफ्ले डाँडाबाट शिव धिमाल र विशाल तामाङलाई नियन्त्रणमा लिएको थियो। उनीहरु ललितपुर तथा काठमाडौंको बसुन्धरामा भएको बम विस्फोटमा संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरुकै सूचनाका आधारमा प्रहरीले डिकेन्द्र राई र नुमबहादुर विकलाई पनि पक्राउ गरेको छ।

प्रहरीले विगतमा विप्लव समूहले विस्फोटन गराएका जिल्ला र स्थान तथा उद्योगलाई अनुसन्धानको पहिलो सूचीमा राखेको छ। त्यस्तै सरकारले वार्ता आह्वान गरेका बेला हिरासतबाट छुटेका व्यक्तिका बारेमा सूचना संकलन गरी कारबाही प्रक्रिया अघि बढाएको छ। ‘हामीले उनीहरुका पुराना आपराधिक घटनालाई समेत अनुसन्धानको दायरामा राखेका छौं’, प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने। उनका अनुसार विप्लव समूहका पछिल्ला गतिविधिका बारेमा प्रहरी जानकार छ। ‘विप्लव समूह फागुन चैतलाई संगठन सुदृढीकरण र संगठन सञ्चालन अभियान भनी क्रियाशील भएको सूचना छ। उनीहरुका गतिविधलाई सरकारले रोक लगाएको छ। त्यसकारण अब गतिविधि गर्न दिइन्न’, सुवेदीले भने।

प्रहरी स्रोतका अनुसार तराइका जिल्लामा विप्लव समूहको खासै उपस्थिति छैन। संखुवासभा, भोजपुर र उदयपुर फाट्टफुट्ट, सिन्धुपाल्चोक, काभ्रें काठमाडौं र रुपन्देहीमा अली बढी गतिविधि देखिएको छ। त्यसैगरी रोल्पा, रुकुम, जाजरकोट, कालिकोट, मुगु, जुम्ला र सल्यानमा पनि उनीहरुको गतिविधि देखिएको प्रहरी स्रोतले जनाएको छ। कालिकोटमा सो समूहका १३ जना केन्द्रीय सदस्य रहेकाले पनि नेपाल प्रहरी मात्रै होइन, सशस्त्र प्रहरीको उपस्थिति पनि बढाइएको छ। रोल्पा विप्लवकै गृहजिल्ला भएकाले त्यहाँ पनि सुरक्षाकर्मी बढाइएको प्रहरी प्रवक्ता सुवेदीले बताए।

सरकारले सो समूहलाई प्रतिबन्ध लगाएपछि पोलिटब्युरो सदस्य मोहन कार्कीसहित २१ जना पक्राउ परिसकेका छन्। यसअघि बम विस्फोट गराएको घटनामा प्रहरीले काठमाडौंबाट विप्लवका पूर्व अंगरक्षक सूर्य भुजेललाई पक्राउ गरिसकेको छ। संखुवासभास्थित अरुण तेस्रोमा बम विस्फोट गराउने व्यक्तिहरुको खोजीमा प्रदेश नं. १ को प्रहरीको ध्यान केन्द्रित भएको छ।

गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समिति बैठकले विप्लव समूहका नेता कार्यकर्तामाथि फौजदारी अपराध (संहिता) ऐन २०७४ लागु भएपछि वम विस्फोट, तोडफोड, आगजनीलगायत गतिविधिमा संलग्न तथा त्यस किसिमका हिंसात्मक र ध्वंसात्मक गतिविधि गर्न आदेश दिने, निर्देश गर्ने व्यक्तिमाथि फौजदारी अपराध ऐनको दफा १३८, १३९, १५० र १७७ तथा संगठित अपराध ऐनअन्तर्गत कारबाही तथा मुद्दा चलाउन निर्देशन दिएको छ। त्यही अनुसार नेपाल प्रहरीले पहिलो चरणमा सशस्त्र प्रहरीको समेत सहयोग लिएर अपरेसन सुरु गर्ने जनाएको छ। अहिले सशस्त्र प्रहरी बल ७७ वटै जिल्लामा स्थापना भइसकेको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बललाई नेपाल प्रहरीले आवश्यक सहयोग मागेमा तुरुन्तै सहयोग उलब्ध गराउन निर्देशन दिइसकेको छ।

प्रहरीको विशेष ब्युरोले अनुसन्धान गर्न आवश्यकताअनुसार सुराकी प्रयोग गरिरहेको छ। प्रहरीले पूर्व लडाकुमाथि पनि अनुसन्धानको दायरा फराकिलो पारेको स्रोतले जनाएको छ। नयाँ कार्यकर्ताभन्दा विस्फोटनमा पूर्वलडाकु सहभागी हुन सक्ने भएकाले उनीहरुको गतिविधि निगरानीमा राख्न थालेको प्रहरी स्रोतले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस