राष्ट्रिय जनमोर्चाले गैरसरकारी विधेयकका रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रस्ताव दर्ता गराएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले सङ्घीय संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।
सङ्घीयताका सम्बन्धमा संविधानको अन्तरवस्तुसँगै विमति राख्दै आएको राष्ट्रिय जनमोर्चाले सङ्घीयतासँग सम्बन्धित प्रादेशिक संरचनाका प्रावधान र त्यससम्बन्धी अनुसूचीसमेत खारेजीको माग गर्दै विधेयक दर्ता गराएको सांसद पौडेलले जानकारी दिए ।
पौडेलले भने, ‘निशानछापको पक्षमा पार्टीको धारणा त्यही नै हो, यो विषयलाई एउटै एजेन्डा बनाएर छिनोफानो गर्नुपर्छ, अरुमा मिसाउन हुन्न भन्ने पार्टीको अडाउन उही नै छ ।’
राष्ट्रियता र सार्वभौमसँग जोडिएर आएको संविधान संशोधनलाई बिनासर्त टुङ्ग्याउनुपर्नेमा केही दलले नागरिकता प्राप्ति, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व र भाषाजस्ता मुलुकको हितविपरीत खतरनाक प्रश्न उठाएर संविधान संशोधन प्रस्ताव दर्ता गरेका कारण आफ्नो पार्टीले पनि विगतदेखि उठाउँदै आएका विषयलाई स्थापित गर्न संशोधन प्रस्ताव दर्ता गराएको उपाध्यक्ष पौडेलले जानकारी दिए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेटेर नक्सा प्रकाशित गरी सरकारले नेपालको वास्तविक भूभाग समेटिएको उक्त नक्सा निशानछापमा समावेश गर्न नेपालको संविधान दोस्रो संशोधन विधेयक यही जेठ ९ गते सङ्घीय संसद्मा दर्ता गराएको थियो ।
यसअघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा०ले एकीकृतरुपमा गैरसरकारी विधेयकका रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गराएको छ । नेपाली काँग्रेसका केही सांसदले पनि संविधान संशोधन विधेयक दर्ता गराउनुभएको छ ।सरकारले प्रस्तुत गरेको संविधान दोस्रो संशोधन विधेयक जनताको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण र प्रकाशन भइसकेको छ ।