काठमाडौ, वैशाख १२(नागरिक)- नेपाल एसीसी यु- १९ एलिट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कुवेतको हुबारामा भएको खेलमा सिंगापुरलाई तीन विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।
सिंगापुरले राखेको १ सय ७२ रनको चुनौति नेपालले ५ ओभर १ वल बाँकी हुँदै प्राप्त गरेको थियो।
नेपालको जीतमा रोम श्रेष्ठको महत्वपूर्ण भूमिका रह्यो । 'म्यान अफ द म्याच' चुनिएका श्रेष्ठले २९ रन खर्चेर तीन विकेट लिएका थिए भने अविजित १७ रन बनाए। श्रेष्ठलाई बलिङमा सागर खड्काले साथ दिएका थिए। उनले २४ रन खर्च २ विकेट लिए। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक ठोकेका थिए। प्रतियोगितामा दोस्रो अर्ध सतक प्रहार गर्ने क्रममा उनले ६२ रन बनाए। अनिल मण्डलले ३६ तथा पृथु बाँस्कोटाले १३ रन बनाएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको सिगापुरले निर्धारित ५० ओभर सकिन १ बल मात्रै बाँकी रहँदा अल आउट हुँदै १ सय ७१ रन बनाएको थियो। सिंगापुरको इनिङमा रेज्जा गज्नाभीले ३९ रन बनाएका थिए।
प्रारम्भिक चरणको अन्तिम खेल नेपालले सोमबार हङकङसँग खेल्ने छ। नेपाल प्रतियोगिताको साबिक विजेता हो। नेपालले यसअघि प्रतियोगिताको उपाधि चार पटक जितिसकेको छ।