विद्युतीय सवारीमा बढाइएको करप्रति सांसदको आपत्ति
२६ जेष्ठ २०७७
•
३ मिनेट पाठ
विद्युतीय सवारीमा बढाइएको करप्रति सांसदको आपत्ति
प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ताक्ष र प्रतिपक्षी सांसदले विद्युतीय सवारी साधनमा बढाइएको करप्रति आपत्ति जनाएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सत्तापक्षका सांसद भीम रावलले बजेटका कतिपय विषय समाजवाद उन्मुख राज्यको अवधारणा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी घोषणा पत्रविपरीत रहेको बताएका हुन् । 




आगामी ३ वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीसाधन मात्र उपयोग गर्ने कार्ययोजना बनाई लागू गरिनेछ भन्ने सत्ताधारी दल नेकपाको घोषणापत्रमा स्पष्ट रुपमा उल्लेख रहेको बताउँदै सांसद भीमबहादुर रावलले त्यसविपरीत विद्युतीय गाडी आयात गर्ने कुरालाई निरुत्साहित किन गरियो ? यसलाई पनि नेपाली जनताले बुझ्न चाहेको बताए । ‘चकलेटको भन्सार घटाउने र मलको भन्सार बढाउने पनि समाजवाद उन्मुख नीतिविरुद्ध छ,’ उनले भने, ‘एमसिसीको सम्झौता संसद्बाट अनुमोदन नहुँदै त्यसअन्तर्गतका आयोजनालाई बजेटमा समावेश गर्नेजस्तो गैरजिम्मेवार कार्य गरिएको छ, कुरा अत्यन्त अनुचित छ ।’ 

रावलले नेपाली सेना विपद् व्यवस्था ऐनबमोजिम मात्र परिचालन गर्नुपर्ने बताए । नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत भारतबाट अतिक्रमित भूभागमा सडकलगायत पूर्वाधार निर्माण र स्थानीय जनताका लागि सेवा सुविधाको कार्यक्रम बजेटमा नआउनु विडम्बना नै भएको उनको भनाइ छ । 

नेपाली कांग्रेसका सांसद गगन थापाले पनि विद्युतीय सवारीसाधनको आयातमा कर बढाएकोमा आपत्ति जनाए । उनले ‘वायुप्रदूषको महŒवपूर्ण कारण भनेको यहाँका गाडी हुन्, यसलाई विद्युतीय गाडीमा बदल्नुपर्छ’ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा उठेको बताए । 

‘पुष्पकमल दाहाल  प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयले अघि सारेको देशभर विद्युतीय गाडी चलाउने अवधारणा मात्र होइन, स्वयं नेकपाको घोषणा–पत्रविपरीत छ,’ उनले भने, ‘यसबारे नेकपा बोल्नु पर्दैन ?, स्वास्थ्य मन्त्रालय बोल्नु पर्दैन ? ऊर्जा मत्रालय बोल्नु पर्दैन ? तर, तपाईहरू बोल्नुभएन, हामी बोल्छौं, यसमा जालझेल छ, छलकपट त छँदै छ, त्यसको हिसाबकिताब गर्छौं ।’ अर्थमन्त्रीले करिब–करिब डेढ अर्ब रकम बाहिर गएकाले कर बढाएको तर्क गरे पनि तर्क नमिलेको उनले बताए । ‘स्टेटम्यानले जेनेरेसन हेर्छ । पोलिटिसियनले चुनाव हेर्छ,’ उनले भने, ‘मुन्सीले खातापाता मात्रै हेर्छ । यहाँ त मुन्सीको हिसाब पनि मिलेन ।’ 

अहिले चर्चामा रहेको चकलेटको कर घटाउने निर्णयमा अर्थमन्त्रीको स्वार्थ मात्र होइन, प्रोजल आलु, खजुर आयातमा समेत त्योभन्दा बढी रकम बिदेसिने गरेको उनले बताए । डेढ अर्बले ६ दिनका लागि पेट्रोलियम पदार्थ आयातसमेत गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले भने, ‘धेरै तेल खाने २ हजार सिसीका सवारीसाधन सरकारी अधिकारीले चढ्ने गाडी मगाइएको छ ।’

उनले शिक्षा मन्त्रालयको पनि विरोध गरे । ‘सरकारलाई ९० लाखविद्यार्थी स्कुल नगएको थाहा छ कि छैन ?’ उनले भने । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब छुट्याइएकोमा उनले आपत्ति जनाए । यो रकम दुरुपयोग हुने उनको आरोप छ । ‘यहाँ आंशिक प्राध्यापकले तलब पाएका छैनन्, बेरोजगारी समस्या बढेको छ, त्यसमा बजेट छुट्याउनुको साटो यस्तो ठाउँमा यो बजेट किन चाहियो ?’ उनले प्रश्न गरे ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्रीले आफैंले सन् २०२० सम्म देशभरमा विद्युतीय सवारी २० प्रतिशत पु¥याउने घोषणा गरेको भन्दै अहिले विद्युतीय सवारीमा कर बढाउने सरकारको कदम जनताप्रति अनुउत्तरदायी र राजनीतिक बेइमानी भएको बताए । देशले ९७ अर्बको निर्यात गर्दा पेट्रोलियम पदार्थ मात्रै दुई खर्ब १५ अर्बको आयात गर्ने उनले प्रस्ट्याए । ‘पेट्रोलियम पदार्थको आयात पाँच प्रतिशत मात्रै घटाउन सकियो भने १० अर्ब जोगिन्छ,’ उनले भने । 

सत्तारुढ दल नेकपाकी सांसद पम्फा भुषालले विद्युतीय गाडीमा भन्सार बताउने गरी बजेट ल्याएको कुरा राष्ट्रविरोधी भएको बताइन् । यसलाई सच्याउनु पर्ने बताउँदै उनले डिजल, पेट्रोल, ग्याँस रोक्ने नीति ल्याउनुपर्ने बताइन् । 

कांग्रेस सांसद उमा अधिकारीले पनि विद्युतीय गाडीमा कर बढाएको भन्दै त्यसलाई परिमार्जन गर्न माग गरिन् । उनले पनि घरघरमा ऊर्जाबाट खाना पकाउने व्यवस्था गर्दै ग्यास सिलिन्डर विस्थापित गर्न माग गरिन् । 
अर्को समाचार
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
३० जेष्ठ २०८०
•
३ मिनेट पाठ
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ। बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो।




लुम्बिनी प्रदेश सरकारले गत वैशाख ८ गते लुम्बिनी विकास कोषलाई प्राप्त पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। तर यातायात व्यवस्था कार्यालय लुम्बिनीले सङ्घ र प्रदेशमा यससम्बन्धी कानुन नभएको बताउँदै सवारीसाधन दर्ता नै रोकेको छ। प्रदेश सरकारको निर्णयअनुसार प्रक्रिया पूरा गरी दर्ता प्रक्रियामा गए पनि यातायात कार्यालयबाट काम हुन नसकेको लुम्बिनी विकास कोषको भनाइ छ।

मन्त्रिपरिषदले निर्णय गरेपनि ऐन र कार्यविधि नहुँदा सञ्चालन गर्न समस्या भएको यातायात व्यवस्था कार्यालय (सवारी) लुम्बिनीका प्रमुख पुष्पराज पाण्डेको भनाइ छ। सङ्घ र प्रदेशमा सरकारी सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गर्नेसम्बन्धी ऐन र कार्यविधि नहुँदा प्रक्रिया अघि बढाउन नसकेकाले सङ्घीय सरकारको रायका लागि पत्राचार गरेको पाण्डेले जानकारी दिए।

'सङ्घमा र  प्रदेशमा यससम्बन्धी कुनै कानुन छैन। यस्तो अवस्थामा कसरी प्रक्रिया अघि बढाउने?', उनले प्रश्न गरे। हाल पत्रमार्फत प्रचलित ऐन, नियमावली, कार्यविधि, निर्देशिका, प्रदेश यातायात परिवहन नियमावलीमा समेत सो व्यवस्था नभएकोले उक्त सवारी सरकारी सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक स्पष्ट मार्गदर्शन मागिएको छ। यसको बोधार्थ उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय प्रदेशलाई पठाइएको छ। तर मन्त्रालयले भने यसबारे आधिकारिक जानकारी नभएको जनाएको छ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्थीले मन्त्रिपरिषद्ले निर्णय गरेपछि सम्बन्धित कार्यालयले निर्णय कार्यान्वयन गर्नुपर्ने बताए। 'ऐन नभए पनि बाधा अड्काउ फुकाउने निर्णय सरकारले गरिसकेको छ। सरकारले नै निर्णय गरेर प्रक्रिया अघि बढाउन भनेपछि यातायात व्यवस्था कार्यालयले सोही अनुसार कामअघि बढाउनुपर्छ, सरकारको निर्णयलाई पालना गर्नु नै सम्बन्धित कार्यालयको जिम्मेवारी हो', उनले भने।

कानुनी प्रक्रिया पु¥याएपछि प्रदेश सरकारले बस सञ्चालनको अनुमति दिने निर्णय गरेको र यातायात व्यवस्था कार्यालयका केही कर्मचारीकै कारण दर्ता प्रक्रियामा अनावश्यक अवरोध सिर्जना भएको लुम्बिनी विकास कोषको भनाइ छ।

यातायात व्यवस्था कार्यालयले पत्राचार गरेको विषयमा  यातायात विभाग काठमाडौँमा कुरा गर्दा प्रदेश सरकारले निर्णय गरेपछि यातायात कार्यालयले काम अघि बढाउन मिल्ने जवाफ आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको भनाइ छ।

एसियाली विकास बैंक ९एडिबी०को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडमा लुम्बिनी विकास कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन्। लुम्बिनीलाई प्रदूषणमुक्तबनाउन  विसं २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो। सवारी साधन चार्जिङका लागि लुम्बिनीमा चार्जिङ स्टेसन समेत निर्माण भइसकेको छ।रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस