अरू बैठक पनि प्रभावित
माधव ढुङ्गेल, काठमाडौं, चैत २०- सेना समायोजन विशेष समिति बैठकमा आइतबार विवाद भएपछि संविधान र शान्ति प्रक्रियाका सबै काम रोकिएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको मस्यौदालाई अन्तिम रूप दिन डाकिएको तीन दल बैठक पनि स्थगन भएको छ।
• फेरि आशंका बढ्यो
• तीन दल बैठक स्थगन
• सत्य निरुपण विधेयक अड्क्यो
• एमालेको आकस्मिक स्थायी समिति
• माओवादी पछि हट्यो : कांग्रेस-एमाले
• संसद् अधिवेशन अहिले नबोलाउने
• आज संवैधानिक समिति
समायोजन विधि, प्रक्रिया, मापदण्ड र कार्यतालिका पास गर्न बोलाइएको विशेष समिति बैठकमा एकीकृत माओवादी तथा कांग्रेस-एमाले र मधेसी दलका प्रतिनिधिबीच विवाद भएको थियो। 'सचिवालयले तयार पारेको समायोजन विधि, प्रक्रिया, मापदण्डका कतिपय महŒवपूर्ण विषयमा प्रधानमन्त्री प्रवेश गर्नै चाहनुभएन,' विशेष समिति सदस्य एमाले महासचिव ईश्वर पोखरेलले भने।
विशेष समिति सचिवालयका एक सदस्यका अनुसार पाँच दिन लगाएर तयार पारेको समायोजन कार्ययोजना बिहीबारै विशेष समिति पदाधिकारीलाई बाँडिएको थियो। प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानसेनापति छत्रमानसिंह गुरूङ र सचिवालय संयोजक बालानन्द शर्मालाई बोलाएर यसबारे छलफलसमेत गरेका थिए। शुक्रबारै छलफल हुने आशा गरिएकामा बाँडिएको तीन दिनपछिको बैठकमा पनि प्रधानमन्त्रीले कार्यतालिकामात्र पास गर्न प्रस्ताव गरेपछि बिनानिष्कर्ष स्थगन भएको हो। 'प्रधानमन्त्रीले समायोजन विधि प्रक्रिया र मापदण्ड पढ्न पाएको छैन, कानुनी परामर्श बाँकी छ, आज कार्यतालिका मात्र पारित गरौं भन्नुभो,' विशेष समिति स्रोतले भन्यो। त्यसपछि कांग्रेसका रामशरण महत र मिनेन्द्र रिजाल तथा एमालेका पोखरेल र भीम रावलले प्रधानमन्त्रीले विरोध गरेका थिए।
पोखरेलले भने, 'प्रतिवेदनलाई अन्तिम रूप दिने भनिएको थियो तर प्रधानमन्त्री त्यसका कतिपय विषयमा प्रवेश गर्नै चाहनुभएन। छनोट समिति, मापदन्ड, दर्जाका विषयमा गृहकार्य भएको छैन भन्नुभो, कार्यतालिका चाहिँ पास गरौं भन्नुभो, मानेनौं।'
माओवादी प्रतिनिधि अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरे, 'लडाकु र हतियार सेनालाई बुझाइदिऊँ, आवश्यक मापदन्ड (स्टान्डर्ड नर्म्स) अनुसार उसैले समायोजन अघि बढाउँछ।' पुनको भनाइपछि बैठकमा चर्काचर्की भएको थियो। प्रधानमन्त्रीले पारित गर्न प्रस्ताव गरेको समायोजन कार्यतालिकासमेत पारितै नभई बैठक रोकियो। अर्को बैठक सोमबार साँझ ७ बजे प्रधानमन्त्री कार्यालयमा तय भएको छ।
प्रस्तावित कार्यतालिकामा चैत २३ गते सचिवालयका सदस्य टिमसहित बाँकी १५ क्यान्टोन्मेन्ट जाने उल्लेख छ। समायोजन रोजेका ९ हजार ७ सय ५ लडाकुमध्ये २५, २६ र २७ गते स्वैच्छिक अवकाश, समायोजन वा पुनर्स्थापना छुट्याउने तथा २९ र ३० गते समायोजन रोज्ने लडाकुलाई सेनाको जिम्मा लगाउने कार्यतालिका सचिवालयले बैठकमा प्रस्ताव गरेको छ। सातबुँदे सहमतिमा ६ हजार ५ सय लडाकुमात्र समायोजन गर्ने सहमति भएकाले बढीलाई बिदा गर्न पुनः एकपटक छनोटको मौका दिन लागिएको हो। लडाकुले पाउने दर्जा, समायोजन प्रक्रिया, तालिम, छनोट विधिजस्ता नीतिगत मापदन्डबिना सेनाको जिम्मा लगाउन नमिल्ने अडान एमाले-कांग्रेसले राखेपछि बैठक बिना निर्णय स्थगन भएको हो। सचिवालयका एक सदस्यका अनुसार समितिले तयार पारेको विधिमा समायोजन रोज्ने लडाकु माओवादी आफैंले छानेर सेनालाई जिम्मा लगाउने उल्लेख छ। सेनाले छनोटका क्रममा अपनाउने विधि अपनाएरै माओवादी आफैंले चैतभित्र छान्ने भएकाले सजिलो हुने उनले बताए।
माओवादीले छनोट गरेर करिब ७ हजार लडाकु सेनालाई जिम्मा लगाउने र तीमध्ये करिब ४ हजारजति सेनामा समायोजनका लागि योग्य हुने अनुमान उनको छ। नागरिकता प्रमाणपत्रलाई आधार मान्ने मापदन्ड पनि समितिले बनाएको छ।
समायोजन गर्दा उमेर, शैक्षिक योग्यता, वैवाहिक स्थितिमा सेनाको 'स्ट्यान्डर्ड नर्म्स' भन्दा लचिलो मापदन्ड समितिले पारित गरिसकेको छ। अनमिनले प्रमाणीकरण गरेका आधारमा सेवा अवधि गणना गरिनेछ।
आइतबार प्रधानमन्त्री भट्टराईलाई मधेसी मोर्चाका प्रतिनिधि जितेन्द्र देव, महेन्द्र यादव र राजकिशोर यादवले साथ दिएका थिए। 'अरू दुई घन्टाजति बैठक बसेको भए सकिन्थ्यो, प्रधानमन्त्रीजीको समय नभएकाले भ्याइएन,' विशेष समितिमा फोरम गणतान्त्रिकका तर्फबाट सदस्य राजकिशोरले भने, 'सोमबारको बैठकबाट सबै विषय टुंगो लाग्छ, प्रचार गरिएजस्तो निराश हुनुपर्ने अवस्था छैन।'
अरू बैठक पनि प्रभावित
विशेष समिति बिना निर्णय स्थगन भएको खबर आउँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल संसदीय दल कार्यालयमा सभासदहरूसँग संघीयताबारे छलफल गर्दै थिए। बैठकबाट बाहिर निस्केर मोबाइलमा कुराकानी गरेपछि सभासदहरूसँग उनले भने, 'जेठ १४ सम्म संविधान बन्ला भन्ने लागेको थियो, त्यस्तो नहोलाजस्तो छ, माओवादी फेरि पछि फर्क्यो।' एमाले संसदीय विभागको आयोजनामा नेपालले पाँच दिनदेखि लगातार सभासदहरूसँग परामर्श गरिरहेका छन्।
त्यसपछि उनको पहलमा पार्टी स्थायी समितिको बैठक संसदीय दलमै बस्यो। अध्यक्ष झलनाथ खनाल र केपी ओली भने आएनन्। तीन दल बैठकमा एमालेले राख्ने अडानबारे छलफल भयो। विशेष समिति सदस्य भीम रावल र संविधान निर्माणको जिम्मेवारी पाएका अग्नि खरेल पनि सहभागी थिए। रावलले अडान राख्दा प्रक्रियै अवरुद्ध हुनसक्नेमा सचेत गराए।
अपराह्न ४ बजे तीन दल बैठक बस्ने तय भए पनि उक्त समयमा शान्ति मन्त्रालयमा प्रधानमन्त्री भट्टराई एक्लै भए, कांग्रेस-एमाले प्रतिनिधि गएनन्। प्रधानमन्त्री आधा घन्टा कुरेर फर्के।
आइतबार तीन दल बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको मस्यौदालाई अन्तिम रूप दिने तयारी थियो। तीन दल बैठकले यससम्बन्धी निर्णय गरेपछि संसद् अधिवेशन आह्वान गर्नेसमेत तयारी थियो जुन अहिले अनिश्चित भयो। सोमबार बिहान बस्ने संवैधानिक समितिको बैठक पनि सम्भवतः वादविवादमै स्थगन हुनेछ।