काठमाडौंको अनामनगरका समिप श्रेष्ठ शनिबार बिहान हिँडेरै साढे ९ बजे माइतीघर नजिकै पुगे। १६ वर्षीय समिपसँगै पाँच जना साथीहरु पनि थिए। उनी माइतीघर नजिकै पुग्दा केहि सञ्चारकर्मी र बाक्लो संख्यामा प्रहरी तैनाथ थिए।
सरकारका कामदेखि असन्तुष्ट युवाहरुको समूहले गर्ने भनिएको प्रदर्शनमा सहभागी हुन पुगेका उनलाई माइतीघर जानै नदिई प्रहरीले फिर्ता पठायो। त्यसपछि उनी आफ्नो समूहसहित पछाडिको गल्लीबाट माइतीघरपछिको एउटा क्याफेमा पुगे। त्यहाँ उनीजस्तै युवाहरुको समूह थियो। जसमा २१ वर्षीया रूजु राउतसहितका १२/१५ जना युवा युवती थिए।
उनीहरु सबैका हातमा विभिन्न नाराहरु लेखिएका प्ले कार्डहरु थिए। ‘हामी सरकार परिवर्तन गर्न आएका होइनौं, ब्यूँझाउन आएका हौं। नयाँ नक्सा जारी गरेकोमा धन्यवाद तर १० अर्ब खैं? तिम्रो बेसार पानीको गफले आज म आको, ६ महिना जेल बसौला तर १० अर्बको हिसाब चाहियो।’ लगायत।
तपाइँहरु किन आउनु भएको? नागरिकको प्रश्न नसकिदै रूजुले जवाफ दिइन्, ‘सरकार गैरजिम्मेवार भयो। महामारीको बेला पनि गफ दिएर बस्यो। परीक्षणमा ध्यान दिएन। पिसिआर गर्नुपर्नेमा आरडिटी चेक गरेर टार्न खोज्दै छ। हामी बाध्य भएर यहाँ आयौं।’
उनले कुरा सक्न नपाउँदै सँगै रहेका दिपेश कार्की बोले, हामीलाई सडकमा आउन रहर थिएन। सरकारको यो गैरजिम्मेवारीपनको हद कटेपछि आएका हौं। अब खप्न सकिएन।’
दिपेश प्रदर्शनको सुरुवाती दिनदेखि सहभागी छन्। यो आन्दोलन नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन रहेको उनी बताउँछन्। दिपेशले नागरिकसँग भने, ‘देशभरका युवाहरू सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम ट्वीटरमार्फत जोडिएर विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्। हामी पनि यसरी नै समाजिक सञ्जालबाट साथीहरुको समूह बनाएर आन्दोलन सहाभगी भएका हौं।’
रूजु थप्छिन्, ‘हामीलाई पनि सरकारलाई सडकमा आएर गाली गर्न मन थिएन। घरमै बसेर मिठो मिठो परिकार बनाएर खाइन्थ्यो होला। कोरोना संक्रमण हुन्छ कि भन्दै किन जोखिम मोलेर आउनु पथ्र्याे र।’ जब सरकारले जनताको स्वास्थ्य क्षेत्रमा परितवर्तन ल्याउँदै तबसम्म आफूहरु प्रदर्शनमा आउने उनको भनाइ छ।
काठमाडौं बत्तिसपुतलीका अमिर सिंह प्रदर्शनको पहिलो दिनदेखि नै सहभागी छन्। सरकारले कोभिड–१९ विरुद्ध काम गर्न नसकेको भन्दै आफू प्रदर्शनमा आएको उनले बताए।
सरकार अन्य कुरामा मात्रै भुलिरहेको छ। मानिसको जीवनसंग जोडिएको स्वास्थ्य जस्तो कुरामा वेवास्था गरेको छ।
जबसम्म सरकारले आफ्नो कामको प्रकृति परिवर्तन गर्दैन। तबसम्म आफूहरु आन्दोलमा निरन्तर लागि रहने उनले सुनाए।
‘यस्तो महामारीको बेला हामीलाई पनि सरकारको विरुद्धमा सडकमा आएर प्रदर्शन गर्न कुनै रहर छैन। घरमा बसेर आनन्दले बस्न सक्छौं। किन जोखिम मोलेर आउनु पथ्र्यो?’ जब सरकारले जनताको स्वास्थ्य क्षेत्रमा परितवर्तन ल्याउँदैन तबसम्म आफूहरु प्रदर्शनमा आउने उनको भनाई छ।
‘नेपालमा सडकबाटै धेरै परिवर्तन भएका छन्। २०६२/०६३ को आन्दोलनमा पनि ४०/५० जना मात्रैसडकमा निस्कँदा मान्छेहरू हाँस्थे। यो आन्दोलनमा पनि मान्छेहरु हाँसिरहेका छन्। तर २०६२/०६३ को आन्दोलनको परिणाम सबैलाई थाहा छ।’
‘कुनै राजनीतिक दलको दबावबाट हामी आएका होइनौं। स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको लागि पनि कुनै सुरक्षा व्यवस्था गरेको छैन्। सरकारले यो विषयमा नबुझेकोले हामी सरकारलाई ब्यूझाउँन आएका हौं। समूहमै रहेकी कृष्टिले भनिन्।
बिस्तारै उनीहरुको समूह बढ्दै गयो। सो क्याफेमा मात्रै होइन माइती घर वरिपरिका विभिन्न ठाउँबाट युवाहरु आउँदै थिए। माइती घरमा प्रहरीको संख्या पनि बढ्दै थियो। ‘प्रहरीले भिड्भाड गर्न निषेध गरिरहेको थियो। महामारीका बेला भिडभाड नगरौं।’ भन्दै माइकिङ गर्दा गर्दै माइतीघरमा सयौंको संख्यामा युवाहरु जम्मा भए। विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका समूहमा युवा युवती मात्रै होइन पाका उमेरका मानिसहरु पनि थिए।
सधैं राजनीतिक नारा र राजनीतिक भाषण गरेर सरकारको विरोध जनाउन गरिने आन्दोलनभन्दा विल्कुल भिन्न। न कुनै आयोजक न कुनै पार्टीको झण्डा।
सँधैंमा आफ्नो पढाई र भविष्यको चिन्ता गर्ने युवाको जमात प्ले कार्ड बोकेर बसेका थिए। बिगतमा कयौं आन्दोलन गरेका हजुरबुवा उमेरका पाका मान्छेहरु पनि त्यस्तै प्ले कार्ड बोकेर बसेका थिए। तर अधिकांश युवायुवती नै थिए।
अघिपछि राजनीतिप्रति खासै चासो नराख्ने युवाहरुको समूह आन्दोलनमा उत्रियो।
आफूहरु कुनै पार्टी वा समूहबाट नभइ राष्ट्रिय हितको लागि सडकमा निस्किएको उनीहरुको भनाइ थियो। बिस्तारै सो समूह माइतीघरतिर हानियो। दुई चार जना गर्दै सयौंको संख्यामा ब्यानर बोकेकाहरु निस्किए। उनीहरु भौतिक दुरी कायम गर्दै माइतीघर मण्डलाको सडकमा बसे।
सोहि समूहमा बसेका प्रकट राईले भने, ‘हामी सरकार परिवर्तन गर्न आएका होइनौं। कसैलाई सत्तामा पुर्याउन पनि होइन। सरकार सच्यिोस् भन्ने हाम्रो चाहना हो। सरकारले गरेको कामकारबाहीप्रतिको काट्क्ष मात्रै हो।’
धेरैजना आन्दोलनकारीमा राजनीतिप्रति घृणा देखिन्थ्यो। नेपालमा हुर्किरहेको राजनीतिक विकृतिले आफ्नो भविष्य बर्बाद पार्ने डर उनीहरुमा देखिन्थ्यो।
ललितपुरकी सिता थापाले क्वारेन्टिनमा नेपाल सरकार र डब्लुएचओको मापदण्ड अनुसारका सुविधा नभएको र कोरोना संक्रमणको पिसिआर परिक्षण बढाउनु पर्ने बताउछिन्। ‘हाम्रो प्रदर्शनको उद्देश्य कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी र संवेदनशील र जवाफदेही भएरअघि बढोस भनेर हो’ उनले नागरिकसंग भनिन्’, सरकारले गरेको खर्च पारदर्शी हुनुर्पयो, क्वारेन्टिन मापदण्डअनुसारको हुनुपर्याे। यहि होस् भनेर हामीले आन्दोलन गर्नु पर्यो।
त्यस्तै प्रदर्शमा आएका मुकेश गुरुङको माग अलि भिन्न थियो। सरकारको प्रभावकारी कदम नदेखिएपछि प्रदर्शन गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुँदै गएको बताए।‘कोरोना परीक्षण सतप्रतिशत नै पिसिआर विधिबाट हुनुपर्छ। जनताका भोटबाट चुनाव जितेका सांसदलाई पिसिआरबाट परीक्षण अनि भोट दिने जनतालाई विश्व स्वास्थ्य संगठनले पनि विश्वसनीय हुँदैन भनेको आरडिटीबाट परीक्षण, किन?’ उनी सरकारलाई प्रश्न गर्दै भन्छन्, जनता भोकभोकै मरिहरको छन्। ‘जनतामाथि विभेद हुनुहुन्न, सरकारले यो विषयमा किन चासो नदेखाएको हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले पनि नागरिकहरूलाई सडकमा उत्रिनु बाध्य पारेको उनले बताए।
नाती उमेरकासँगै आन्दोलनमा
आन्दोलनमा भरखरका युवा युवती मात्रै होइन पाका उमेरकाहरु पनि थिए। २०६२/०६३को जनआन्दोलनमा समेत सहभागी भएका ६२ वर्षीय प्रेम खत्री पनि यहि प्रर्दशनमा भेटिए। यसअघिका आन्दोलन स्मरण गर्दै उनले भने, ‘नेपालमा थुप्रै आन्दोलन र परिवर्तनहरु भए। पहिलेको अन्दोलनको माग फरक हुन्थ्यो। अहिलेको अन्दोलन विल्कुलै फरक छ। अहिलेको अन्दोलनमा सहभागी हुने पनि अधिकाशं युवाहरु छन्। मेरो छोराहरुको उमेर भन्दा पनि कमका छन्। कोही नातीको उमेरका पनि छन्।’ छोरा नातीको उमेरकासँग उनीहरुकै मुद्धामा आन्दोलनमा सहभागी हुँदा आफmूलाई खुसी लागेको उनले बताए। साथै युवापुस्तामा पनि राजनीतिक चेतना बृद्धि भएको उनले सुनाए।
आफू २०४६ सालदेखि जनताको जायज मागको लागि सडक आन्दोलनमा आएको उनले बताए। अहिले पनि युवाहरु अन्दोलनमा आउँदा उनीहरुलाई सहयोगको लागि आफू पनि आएको उनको भनाइ थियो।
यस्तै ५७ वर्षीय पूर्ण श्रेष्ठ पनि सोहि आन्दोलनमा थिए। कुनै राजनीतिक पार्टीमा कहिल्यै नलागेको बताउँने उनले पनि वितगमा थुप्रै आन्दोलन गरेका अनुभव सुनाए। ‘पहिले व्यवस्था र सत्ता परिवर्तनका लागि आन्दोलनहरु भए। राजतन्त्र हट्यो। जनताका छोरा छोरी राष्ट्रिपति बने। तर उनीहरुको पनि नियत राम्रो देखिएन। जनता रैतिनै रहे। मानिसको स्वास्थ्य शिक्षा जस्ता विषयमा ध्यान दिएको छैन।’ उनले भने। सरकारलाई ब्यूँझाउन आफू पनि छोरा नातीका उमेरका युवाहरुलाई साथ दिन सडकमा आएको उनले बताए।
सरकारको गैरजिम्मेवारीपनले आफूलाई आन्दोलनमा आउन बाध्य पारेको उनले बताए। ‘नेपालमा सडकबाटै धेरै परिवर्तन भएका छन्। परिवर्तन गर्न सकिन्छ। २०६२/०६३ को आन्दोलनमा पनि ४०/५० जना मात्रै प्रदर्शनमा सडकमा निस्कँदा मान्छेहरू हाँसेका थिए। यो आन्दोलनमा पनि मान्छेहरु हाँसिरहेका छन्। तर २०६२/०६३ को आन्दोलनको परिणाम सबैलाई थाहा छ। यहाँ पनि त्यस्तै हो।
‘सधैं राजनीतिलाई घृणा गर्ने युवाहरु नारा बनाएर हिडेका छन्। बोर्डिङ स्कुलमा अध्ययन गरेर हिडेको उनीहरु अहिले आफ्नो राष्ट्रिय र देशको हितको लागि निस्किएका छन्। यो अत्यान्तै खुशीको कुरा हो’, उनले भने।
शान्तिपूर्ण रुपमा सम्पन्न आन्दोलनको अन्तिममा राष्ट्रिय गान गाइएको थियो। त्यसले आन्दोलनमा सहभागीमा देशप्रेम झल्काउँथ्यो।
यसअघिका विरोध प्रदर्शनमा जस्तो नाराजुलुस भएन करिब दुई घण्टाको अवधीसम्म प्रदर्शनमा समाजिक दुरी कायम गरे। प्रहरी प्रसाशनबाट कुनै पनि दुरव्यवार गरिएन। बरु अन्तिममा राष्ट्रिय गान गाउँदा प्रहरीले विरोधमा सहभागीलाई सेल्यूट गरेको थियो।
प्रशर्दशनमा आएकाहरुलाई पानी सेनिटाइजरको व्यवस्था समेत आफैले गरेका थिए। भैपरिआउने समस्याका लागि मेडिकल टिम पनि तयारी अवस्थामा थियो। तर कुनै धरपकड भएन। आन्दोल पश्चात निकै सभ्य भएर सडकमा छरिएका फोहोहरु आफै संकलन गरेर व्यवस्थापन गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा भद्रकाली क्षेत्रमा प्रहरीले हस्तक्षेप गरेपछि ढुंगा-इँटा प्रहार गर्दै प्रदर्शनकारी । तस्बिर: दिपेश दर्शनधारी-नागरिक
राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा शान्तिपूर्ण भन्दै गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबारको प्रदर्शन तनावग्रस्त बनेको छ। भृकुटीमण्डपबाट सुरु भई भद्रकाली हुँदै प्रदर्शन निषेधित क्षेत्र (सिंहदरबार गेट) तर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुन पुग्यो।
प्रहरीले भिडलाई तितरबितर पार्न पहिले पानीको फोहरा र पछि अश्रुग्यासको प्रयोग गर्यो। त्यसक्रममा प्रदर्शनकारीबाट केहीबेर ढुंगामुढा पनि भएको थियो। भीडलाई रोक्न प्रहरीले लाठीको प्रयोग गरेको थियो। यसरी भद्रकाली मन्दिरअगाडि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीको बल प्रयोगपछि भने भिड तितरबितर भयो।
प्रहरीले बल प्रयोग गर्दा आफ्ना उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ र अर्का सांसद ज्ञानेन्द्र शाही सामान्य घाइते भएको राप्रपाले जनाएको छ। समग्रमा झडपमा परी २२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
‘प्रदर्शनकारीतर्फ १२ जनाजति घाइते हुनुभएको कुरा छ। उहाँहरूको वीर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीतर्फ १० जनालाई ढुंगामुढाबाट चोटपटक लागेको छ,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले भने, ‘सबैजसोको अवस्था सामान्य छ।’
प्रहरीले प्रदर्शनमा उच्छृंखल भूमिका निर्वाह गर्ने तीनजनालाई नियन्त्रणमा लिएको थियो। यो समाचार तयार पार्दासम्म उनीहरूलाई छाडिएको थिएन। प्रहरीले राप्रपाको तितरबितर भएको भिडलाई भृकुटीमण्डप, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर र थापाथलीसम्म पु¥याएको थियो। केहीबेरपछि थापाथलीमा गाडीमाथि उभिएर राप्रपाका नेताहरूले कोणसभा गरेका थिए।
गृहमन्त्रीमाथि आक्रोश
लामो समयदेखि हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको अजेन्डा बोक्दै आएको राप्रपाले गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे मागपत्र पेस गर्दै सडक आन्दोलनको घोषणा गरेको थियो।
आफ्ना मागमा सरकार सकारात्मक नभए जनता सडकमा ओराल्ने र आन्दोलनको बलमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता फाल्ने राप्रपाको उद्घोष छ। सोहीअनुरूप मंगलबार देशभरका कार्यकर्ता राजधानीमा ओरालिएको थियो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सडकमा उत्रिएको प्रदर्शनमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणालगायत सहभागी थिए। प्रदर्शन निषेधित क्षेत्रतर्फ बढेपछि प्रहरीले बल प्रयोग गर्दा राप्रपाका नेताहरू आक्रोशित बनेका छन्।
उनीहरूको आक्रोश उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति बढी केन्द्रित रह्यो। अध्यक्ष लिङ्देनले आक्रोशित मुडमा आफ्ना ४० बुँदे मागमा थप एक बुँदा गृहमन्त्रीको राजीनामा थपिएको उद्घोष नै गरे। ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु– हामीले यो दिनलाई सम्झनामा राख्नेछौं। आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि थपेर लैजान्छौं। आजबाट ४० बुँदेमा एक बुँदा थपियो,’ उनले भने।
थापाथलीमा आयोजित कोणसभामा सम्बोधन गर्दै लिङ्देनले बहालवाला सांसदमाथि गृहमन्त्रीको आदेशबिना प्रहरीले आक्रमण गर्न नसक्नेसमेत दाबी गरे। ‘गृहमन्त्रीको आदेशबिना बहालवाला सांसदलाई पुलिसले त्यसै गरेको होइन भन्ने हामीलाई थाहा छ। गृहमन्त्रीज्यू ! भ्रममा नपर्नुस्, राजनीतिमा तपाईंभन्दा धेरै अगाडिदेखि हामी छौं। शासन व्यवस्थाका कडीहरू तपाईंले भन्दा हामीले बढी बुझेका छौं,’ लिङदेनले भने, ‘तपाईं मात्र जान्ने हो, तपाईंले मात्र बुझेको हो, तपाईं मात्र लोकप्रिय हो, तपाईं मात्र इमानदार हो भन्ने भ्रम नपाल्नुस्।’
यस्तै लिङ्देनले गृहमन्त्री लामिछानेलाई आफूजस्तै भ्रष्टाचार नगरेको भनेर कसम खान नसक्ने दाबी गरे। उनले भने, ‘मैले भद्रकालीअगाडि उभिएर भनेको छु। यति लामो राजनीतिक यात्रामा एक रूपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु। तपाईंहरू त्यो ताकत राख्नुहुन्छ ?’
आफूले निषेधित क्षेत्र हटाउन गृहमन्त्रीसँग भनेको स्मरण गर्दै लिङ्देनले राप्रपालाई सत्ताको ताकत देखाउन खोजेको टिप्पणी गरे। ‘राप्रपाका मानिसलाई ताकत देखाएर देखिस् म गृहमन्त्री हुँदा भनेर बहादुरी देखाउने ! तपाईंका दिन पनि देखौंला, हामी पनि यही ठाउँमा राजनीति गर्छौं,’ उनले भने।
निषेधित क्षेत्रका नाममा गृहमन्त्री लामिछानेले आफ्नो सीमा तोकेको लिङ्देनको अर्को टिप्पणी थियो। ‘तपाईंले निषेधित क्षेत्र घोषणा गरेर आफ्नो सीमा तोक्नुभयो। त्यहाँभित्र हामी जान नपाउने होइन, तपाईंहरू त्यहाँबाट बाहिर नआउने दिन खडा हुन्छ,’ उनले भने, ‘सिंहदरबार तपाईंको बाउको बपौती होइन, भ्रष्टाचारीको अखडा होइन। जनताले भ्रष्टाचारीको अखडा सधैभरि रहन दिँदैनन्।’
महामन्त्री धवलशमशेर जबराले अब संसद्मा गृहमन्त्री लामिछानेको राजीनामा राप्रपाले पनि माग्ने बताए। उनले भने, ‘अब सहकारी ठगीको मुद्दामा गृहमन्त्रीको राजीनामा राप्रपाले पनि माग्छ।’
उपाध्यक्ष मिश्रले राप्रपाको आन्दोलनलाई ‘ट्रेलर’ को संज्ञा दिए। ‘आज ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै देखाएका छौं। फिल्म अब सुरु हुन्छ,’ उनले भने। गृहमन्त्री लामिछाने अहिले सञ्चारकर्मी भएको भए राप्रपामाथिको ‘दमन’ हेरेर गृहमन्त्रीलाई नालायक घोषणा गर्ने उनको टिप्पणी थियो।
यो प्रदर्शन पहिलो दिनको कार्यक्रम मात्रै भएको अध्यक्ष लिङ्देनले बताए। उनले तत्काल नवीन सम्झौता आह्वान गर्न सरकारसँग आग्रह गरे। ‘तत्काल नवीन सम्झौताको तयारी गर्नुस्, जहाँ राजादेखि माओवादीसम्म अट्ने व्यवस्था होस्,’ उनले भने, ‘नत्र राप्रपाले प्रदर्शन र विरोध निरन्तर अगाडि बढाउने छ।’
राप्रपाले थप संघर्षका कार्यक्रम भने सार्वजनिक गरेको छैन। ‘आज सुरु भयो। थप कार्यक्रम पार्टीको बैठकपछि तय गर्छौं,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘चरणबद्ध रूपमा आन्दोलन गरेर आफ्ना मुद्दा स्थापित गर्ने दिशा राप्रपा अग्रसर रहन्छ।’
दिनभर राजधानीका सडकमा सकस
राप्रपाले प्रदर्शन गरेपछि दिनभर राजधानीका सडकको यात्रामा सकस पैदा भएको थियो। झन्डै ५-६ घण्टा सडकहरूमा यातायात पूर्णतः सुचारु गर्न नसकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए।
‘भृकुटीमण्डप, भद्रकाली, सुन्धारा क्षेत्रमा प्रदर्शन भएपछि ती क्षेत्रसहित सिंहदरबार आसपासका क्षेत्रमा लगभग ठप्प नै रह्यो,’ उनले भने, ‘त्यो प्रभाव उपत्यकाका बाँकी क्षेत्रमा पनि आंशिक पर्यो।’ यद्यपि ट्राफिक प्रहरीको सुझबुझपूर्ण व्यवस्थापनले केही सहज भएको उनको दाबी छ।
‘हामीले सक्दो प्रयास गर्यौं। वैकल्पिक रुटलाई ध्यान दिएर सवारीलाई निकासी दियौं। ठुला सवारी साधनलाई केहीबेर होल्ड गरेर सानालाई पठाएर पनि केही समाधान खोज्यौं। जे होस् पूर्णतः अवरुद्ध हुने अवस्था धेरैबेर सिर्जना हुन दिएनौं,’ उनले भने। झडपको बेला केही समयबाहेक पूर्ण रूपमा आवतजावत नरोकिएको उनले बताए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...