काठमाडौँ, चैत २३ (नागरिक)- संविधान निर्माणमा विद्यमान विवादित विषयहरुमा सहमति खोजी टुङ्ग्याउन कार्यव्यवस्था परामर्श समितिको 'अन्तिम पटकका बसेको' बैठकमा मुख्य दलका शीर्ष नेताले वैशाख ५ गतेसम्म सहमति खोज्ने प्रतिबद्धता जनाएका छन्। त्यतिन्जेल सहमति नभए वैशाख ६ र ७ गते चुनावमा गएर संविधानका विवादित विषयमा सहमति खोजिनेछ।
३२ दलका प्रतिनिधि रहने कार्यव्यवस्था परामर्श समितिको बैठकमा शीर्ष नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्। सहमति बनाउन अब अन्तिम मौका हो अब अर्को बैठक नबस्ने भनेर सभामुखले जानकारी गराउँदा सबैले ताली बजाएर सहमति जनाए।
संविधान निर्माणका क्रममा राज्य पुनर्संरचना, शासकीय स्वरुप जस्ता महत्त्वपूर्ण मुद्दामा अझै दलहरुबीच सहमति बन्न सकेको छैन। पछिल्ला दिनमा शान्ति प्रक्रिया अघि नबढेसम्म संविधान निर्माण कार्यमात्रै अघि बढ्न नसक्ने विपक्षीहरुले अडान राखेका थिए। चैत मसान्तभित्रै शान्ति प्रक्रियाको मुख्य काम लडाकु समायोजन सकिसक्ने सहमति दलहरुबीच भइसकेपछि संविधानका विवादहरु टुङ्ग्याउन वैशाख ५ गतेसम्मको म्याद थपिएको हो।
दुई वर्षका लागि निर्धारित संविधान सभाको म्याद पटक पटक गरी थपेपछि यही जेठ १४ गते ४ वर्ष पूरा हुँदैछ।