'संघीय निजामती सेवा विधेयक अनिर्णीत हुँदा संघीयता खतरामा'
०९ असार २०७७
•
२ मिनेट पाठ
'संघीय निजामती सेवा विधेयक अनिर्णीत हुँदा संघीयता खतरामा'
सांसदहरुले संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि निर्णय हुन नसक्दा संघीयता असफल बन्ने खतरा बढेको बताएका छन् ।  

संघीय संसद् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले विधेयकलाई छिटो छलफल गरी टुंगोमा नपु¥याए संघीयता असफल बन्ने बताएका हुन् ।  

सांसदले संघीयता असफल पार्ने गरी विधेयकलाई रोकेर बस्न नहुने बताएका छन् । उनीहरुले संघीय निजामति सेवाको गठन सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई छिटो छलफल गरी टुंगोमा पु¥याउन माग गरेका हुन् ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले कानून नहुँदा स्थानीय तहले काम गर्न नसकेको बताए  । शर्माका अनुसार मूल कानुन नहुँदा प्रदेश र स्थानीय तहमा समस्या उत्पन्न भइरहेकाले संघीयता नै असफल हुने देखिएकाे छ ।
सांसद पम्फा भुसालले प्रदेशको प्रमुख सचिव केन्द्रले पठाउने, प्रदेशका अन्य सचिवहरु प्रदेशले नै नियुक्त गर्ने र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत प्रदेश सरकारले पठाउने गरी ऐनमा व्यवस्था गर्नुपर्ने बताइन् । यसरी कर्मचारीको व्यवस्थापन गर्दा तीन तहकै सरकारबीच समन्वय प्रभावकारी रुपमा कायम हुन जाने उनको तर्क थियो ।

सांसद लालबाबु पण्डितले भने संघीय सरकार र स्थानीय तहबीचको सम्बन्ध तो्डने गरी विधेयकलाई परिवर्तन गरिएकाले आफुलाई मान्य नहुने बताए । उनले तीन तहको संघीयताको मर्मविपरीत विधेयक निर्माण गर्न खोजिएकाले  आपत्ति रहेको बताए ।

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले बैठकमा आउनुभन्दा अघि आफूले विधेयकको प्रतिवेदन नपाएकाले पूरा प्रतिवेदन नपढीकन यसअघि सहमति भएको भए पनि आफुले नमान्ने बताउए । उनले ६ महिनामा एकपटक बैठक बस्ने र टुक्रा टुक्रा निर्णय गर्ने प्रवृतिले समस्या आएको जनाए । उनले समितिलाई पार्टीको निर्देशन मान्ने थलो नबनाउन समेत आग्रह गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजामती कर्मचारीलाई देश र जनताप्रति जिम्मेवार बनाउन एक सातामा दुई दिन एक घण्टा छिटो कार्यालय पुगेर कर्मचारीबीच छलफल हुने गरी विधेयकमा व्यवस्था गर्नुपर्ने बताए । उनले विधेयक प्रस्तुत भएपछि मन्त्री परिवर्तन हुँदा मन्त्रीको दृष्टिकोण  परिवर्तन हुने भएकाले विधेयकमाथि सुरुदेखि नै छलफल गर्न माग गरे ।

सांसदले निजामती सेवासम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्ने गरी छलफल अगाडि बढाउन सहमतिका आधारमा निर्णय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 
अर्को समाचार
निजामती सेवाको उत्साहप्रद् तस्बिर
०४ पौष २०८०
•
३ मिनेट पाठ
निजामती सेवाको उत्साहप्रद् तस्बिर
मुलुकमा पञ्चायती व्यवस्थाको बेदखलीले थुप्रै विकृति/विसंगति बढार्न बाटो खुलेको कसैबाट छिपेको छैन।त्यसयता २०६२/६३ को आन्दोलनले मुलुकबाट राजतन्त्र बिदा गरेपछि विशेषगरी गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशितामा छलाङ मार्ने काम भयो।

यो बीचमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयताबारे चाहिन्छ÷चाहिन्न भन्नेमा बहस जारी छ। तर समावेशिता भने सबै भन्दा कम विवादित विषयका रूपमा देखिएको छ अर्थात यो करिब करिब सर्वस्वीकार्य देखिएको छ।

यही कारण मुलुकका विभिन्न निकायमा समावेशिताको क्रम बढ्दो छ। र, यसमा पनि लैङ्गिक समावेशिताका हिसाबले नेपाल निकै अघि लागेको देखिएको छ। मुलुकको सिंगो प्रशासन हाँक्ने र अझ सोझो अर्थमा भन्दा स्थायी सरकारका रूपमा लिइने निजामती सेवामा क्रमशः देखिएको महिला बढोत्तरीले हामी समानुपातिक÷समावेशिताको मार्गमा अग्रसर छौँ भन्ने देखाउँछ। खासमा यो मानवीय, कानुनी तथा व्यावहारिक सबै हिसाबले आवश्यक थियो र हुनु पनि पथ्र्यो।

यतिबेला नेपालको निजामती सेवामा २०.६४ प्रतिशत महिला सहभागिता देखिएको छ। यसमध्ये ९ जना त विशिष्ठ श्रेणीमा पुग्न सक्नु उत्साहप्रद् खबर हो। समानुपातिक हिसाबले हेर्दा जनसंख्याका आधारमा महिला ५१.०२ प्रतिशत पुग्नुपर्ने हो तर यति नै नपुगे पनि केही वर्षको तुलनामा अहिले निजामती सेवाका देखिएको महिला उपस्थिति सकारात्मक मान्नुपर्छ किनकि यो प्रत्येक वर्ष बढ्दो छ। र, आगामी वर्ष अझै बढ्नेछ।

निजामती सेवामा आर्थिक वर्ष २०६७/६८ मा १३.८३ प्रतिशत महिला रहेकामा यो प्रतिशत २०७२/७३ मा १८.०३ पुग्यो। अहिले आएर २०.६४ प्रतिशत पुग्नु क्रमशः उकालो लागिरहेको प्रमाण हो। जसले निजामती सेवा महिलामैत्री हुँदैछ र यसले संविधानले आत्मसात गरेको मार्ग अवलम्बन गरेको छ भन्न सकिन्छ। सहभागिता मात्र हैन, उच्च तहमा बढेको संख्या पनि सराहनीय छ। मुलुकभर विशिष्ठ श्रेणीका ७४ जना मात्र रहेका अवस्थामा महिला ९ जना रहनु शुभसंकेत हो। जुन आगामी दिन अझै वृद्धि हुनेमा ढुक्क हुन सकिन्छ।

यसरी निजामती सेवामा महिलाको संख्या वृद्धि हुनुको जस भने २०६३ को अन्तरिम संविधानलाई दिनुपर्ने हुन्छ। जसले समावेशितालाई जोड दिएको थियो। यही जोडका आधारमा २०६४ साउन २३ गते संशोधन भएको निजामती सेवा ऐनमा अन्य केही क्षेत्रसमेत महिलाका लागि आरक्षण व्यवस्था गरिएको थियो। यसरी निजामती सेवालाई समावेशी गराउन चालिएको कदमअनुसार खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत छुट्याइ त्यसलाई शतप्रतिशत मानेर ३३ प्रतिशतमा महिलाबीच नै प्रतिस्पर्धा गराइने भनिएको थियो। जसका कारण महिलालाई निजामती सेवामा अवसर प्राप्त हुन पुगेको थियो।

यो कानुनी व्यवस्था र अहिलेको निजामती सेवामा महिलाको संख्याले देखाउँछ कि विभेदमा पारिएका वर्ग, लिंग, समुदायका लागि निश्चित समयकै लागि भए पनि आरक्षणको व्यवस्था उपयुक्त हुन्छ। सकारात्मक विभेद भनिने यस्तो व्यवस्थाकै कारण निजामती सेवा महिलामैत्री भएको प्रमाणले भन्छ– यसलाई लैंगिक आधारमा मात्र नभई जातिगत, अपांगता भएका, भूगोलगत आदि आधारमा पनि अपनाउन सके नेपालको निजामती सेवा इन्द्रेणी रंग प्रदर्शन गर्न सफल हुनेछ।

अहिले निजामती सेवामा देखिएको महिला सहभागिता मुलुकले अपनाएको समावेशिताको सिद्धान्तमा आधारित छ। जसले शासन व्यवस्था र प्रणालीप्रति अपनत्व ग्रहण गर्न सघाउँछ। त्यसैले एकातर्फ महिलालाई जनसंख्याका आधारमा वा समानुपातिक प्रतिनिधित्व गराउनु आवश्यक त छ नै, अर्कोतर्फ अन्य वर्ग÷समुदायलाई पनि यो अवसरबाट वञ्चित नहुने वातावरण सिर्जना गरिनुपर्छ। तब मात्र हाम्रो संविधान, हाम्रो निजामती सेवा, हामीले अपनाएको राजनीतिक प्रणालीप्रति सबैले गर्व गर्न सक्छन्। तर यति हुँदाहुँदै पनि एउटा कुराचाहिँ कुनै हालतमा भुल्न हुन्न– सकारात्मक विभेदका नाममा वा सबैलाई अवसर दिने नाममा स्तरीयता र क्षमतासँग सम्झौता गरियो भने त्योचाहिँ प्रत्युत्पादक हुनेछ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस