एकमतले पारित भयो नीति तथा कार्यक्रम
०९ असार २०७७
•
२ मिनेट पाठ
एकमतले पारित भयो नीति तथा कार्यक्रम
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा उठेका विषयहरुबारे प्रष्ट पार्दै नगर प्रमुख प्रजापतिले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी यस आर्थिक वर्ष भक्तपुर नगरपालिकाले अनलाइनबाट प्राप्त नगरबासीहरूको राय सुझावको आधारमा नगर र नगरबासीहरूको हितमा नीति तथा कार्यक्रम तयार पारेको जनाए ।  




ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक नीतिगत पहलहरू भइरहेको बताउदै नगर प्रमुख प्रजापतिले आ.व. २०७७/७८ भक्तपुर नपाको सीमित आर्थिक स्रोतलाई ध्यानमा राखेर पूरा गर्न सकिने योजनाहरु छनौट गरी आवश्यकताको आधारमा प्राथमिकतामा राखेको र मेलम्चीको पानी पहिलो चरणमा भक्तपुरमा वितरण गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको जनाए ।  

नीति तथा कार्यक्रमको छलफलमा सभासद्हरूले नगरभित्रका खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नीति आवश्यक भएको, ख्वप विश्वविद्यालय सञ्चालनको आवश्यक पहल गर्नुपर्ने, सहिदस्मृति र महेश्वरी खेलमैदानको स्तरोन्नति गर्नुपर्ने, कोरोना महामारी बढेको अवस्थामा टोल–टोलमा क्लोरिनयुक्त औषधि छर्कने कार्यलाई निरन्तरता दिनुपर्ने, नगरमा अवस्थित खुला ठाउँमा फोहर फाल्न निरुत्साहित गर्नुपर्ने, प्लम्बिङ तथा इलेक्ट्रिसियनको तालिम आवश्यक भएको, विद्युतीय शव दाहगृहको आवश्यकता रहेको, अरनिको सभाभवन र आदरनिकेतन निर्माण गर्नुपर्ने, कृषकहरूलाई समयसापेक्ष विभिन्न व्यवहारिक, प्रयोगाात्मक कृषि तालिम तथा उन्नत जातको बीऊ उत्पादन तथा नर्सरी व्यवस्थापन गर्न पुग्दो मात्रामा नपाकै कृषियोग्य जमिन व्यवस्थापन गर्नुपर्नेलगायतका सुझावहरू प्रस्तुत गरे ।  

उनीहरूले आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माण गुणस्तरहीन हुन सक्ने, नगरका उपयुक्त ठाउँहरूको आकासे पानी संकलन र प्रशोधन गरी वितरणको व्यवस्था गर्नुपर्ने, तारहरूको भूमिगत व्यवस्थापन गर्नुपर्ने, नयाँ आवास निर्माण क्षेत्रहरूमा पनि कलात्मक पाटी पौवा, ढुंगेधारा तथा पोखरीहरू निर्माण गर्नुपर्नेलगायतका सुझावहरू व्यक्त गरेको बताइएको छ । नगरपालिकाको चुवावमा सम्पूर्ण मेयर उपमेयरदेखि सम्पूण सदस्यहरु एउटै पार्टीबाट विजयी भई क्लिन स्विप भएको थियो ।  
अर्को समाचार
भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने
२० पौष २०८०
•
२ मिनेट पाठ
भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने
भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।




आव २०८०/८१ मा भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यता (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण प्रदान गर्ने सम्बन्धमा आवेदन पर्न आएकामध्ये अन्तरवार्ताबाट १०१ जना विद्यार्थीहरू छनोट भएको कार्यक्रममा बताइयो। 

छनोट हुनेमा भनपा वडा नं. १ का ३ जना, भनपा २ का १५ जना, भनपा ३ का ११ जना, भनपा ४ का १५ जना, भनपा ५ का १० जना, भनपा ६ का १६ जना, भनपा ७ का १२ जना, भनपा ८ का ७ जना, भनपा ९ का ४ जना र भनपा १० का ८ जना रहेको जनाइयो। नगरपालिकाले विगत वर्षहरूदेखि नै आर्थिक अभावका कारण पढाइबाट वञ्चित गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा शैक्षिक ऋण वितरण गर्दै आएको छ।

 कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बौद्धिक जनशक्ति उत्पादन गरी देश विकासमा महत्त्वपूर्ण योगदान पुयाउन नगरपालिकाअन्तर्गत विभिन्न विषयका शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताए। नपाले शिक्षा क्षेत्रको विकासमा गरेको लगानी उपलब्धिपूर्ण भएको बताउँदै उनले कामदार वर्गको हितमा काम गर्ने नीतिअनुरूप भनपाले काम गरिरहेको बताए। शारीरिक र बौद्धिक श्रमले देश विकासमा टेवा पुर्‍याउने बताउँदै प्रमुख प्रजापतिले युवा जनशक्ति बिदेसिँदा र यहाँ प्राप्त स्रोतसाधनको उचित प्रयोग नहुँदा देश विकासमा झन् झन् पछाडि पर्दै गएको बताए। 

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरूले अध्ययन गर्ने सबै विषयहरू समान ढंगले महत्त्वपूर्ण भएको बताए। नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले सबै विषयहरू अध्ययन अध्यापनको व्यवस्था नपाबाट सञ्चालित कलेजहरूमा गरिरहेको बताउँदै शैक्षिक ऋणलाई ऋणको रुपमा नभई नगरबासी विद्यार्थीहरूलाई नपाले प्रदान गरेको सुविधाको रुपमा लिई यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राखे। वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्वले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सम्बन्धी व्यवस्था, शैक्षिक ऋण माग गर्न आवश्यक प्रक्रिया, ऋणको सीमा र सर्त, ऋणको साँवा ब्याज असुली आदिबारे प्रस्ट पारे।

‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस