माधव ढुङ्गेल, काठमाडौँ, वैशाख २२- बिहीबार मध्यरातमा पाँच बुँदे सहमति गरिसकेपछि नेताहरुले संविधान समयमा नै बन्ने आधार बलियो भएको प्रतिक्रिया दिएका छन्। दिनभरको प्रयासपछि मध्यरातमा बल्ल सहमति हुन संभव भएको थियो।
कसले के भने ?
बाबुराम भट्टराई, प्रधानमन्त्री
संविधान निर्माण प्रक्रिया अब पूरा हुने आधार धेरै मजबुत बनेको छ। त्यसमा म एकदम खुशी छु।
कृष्णप्रसाद सिटौला, महामन्त्री, नेपाली कांग्रेस
अब संविधान निर्माण कार्य तीव्र ढंगले अघि बढ्छ। अब दुई दिनभित्रै बाबुराम भट्टराईजीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ। त्यसमा सबै प्रमुख दलका साथीहरूको सहभागिता हुनेछ। मन्त्रिमण्डल कसको कत्रो भन्ने ठूलो हैन, संविधान निर्माण कार्य सबभन्दा महत्वपूर्ण विषय छ।
जेठ १४ अघि संविधान घोषणा गर्न सक्नुपर्छ। संविधान घोषणा हुनुपूर्व नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ। त्यसले १ वर्षभित्र नयाँ संविधान बमोजिम राष्ट्रिय आम निर्वाचन सम्पन्न गर्नेछ। यसले नेपालीमा एउटा आशा र विश्वास जगाएको छ। मलाई लाग्छ- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अब महिना दिनभित्रै सार्वजनिक हुन्छ।
सरकारमा को जान्छ भन्ने कुरालाई महत्व दिइएको छैन, नेताहरूले जसलाई पठाउनुहुन्छ, ऊ जान्छ।
नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एकीकृत माओवादी
संविधान निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न आज महŒवपूर्ण सहमति गरेका छौं। यो सहमतिपछि राष्ट्रिय सहमति निर्माण गर्ने दिशातिर बढ्छौं। त्यसको मूर्त रूप राजनीतिक सहमतिको आधारमा गठन हुने राष्ट्रिय संयुक्त सरकारमा हामी सबैलाई समावेश गर्ने अधिकतम प्रयास गर्नेछौं। आज चार पक्ष जो बसेका छौं, हामी त समावेश हुने नै भो।
झलनाथ खनाल, अध्यक्ष, नेकपा (एमाले)
यो अर्को एउटा अत्यन्त महत्वपूर्ण सहमति हो। यो सहमतिले संविधान निर्माणप्रति फेरि आशा जगाएको छ। साथसाथै सहमतिको सरकार निर्माण गर्ने बाटो खोलेको छ। राष्ट्रिय सहमतिविना संविधान बन्दैन भनेर मैले सुरूदेखि नै भन्दै आएको थिएँ। अहिले बल्ल हामी राष्ट्रिय सहमतिको सरकार बनाउने बिन्दुमा आइपुगेका छौं। यो एउटा महत्वपूर्ण उपलब्धि पनि हो। महत्वपूर्ण विकासक्रम पनि हो। अब यो देशमा संविधान बन्छ भन्ने आत्मविश्वास मुलुकव्यापी रूपमा जागेको छ।