काठमाडौं, वैशाख २२ (नागरिक)- मध्य रातमा भएको सहमतिपछि अहिले तीनै प्रमुख दलका बैठक चलिरहेको छ। कङ्ग्रेस संसदीय दलको बैठक जारी छ भने एमाले केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ। एमालेका बहुमत सदस्यले बाबुराम सरकारमा सामेल नहुन सल्लाह दिएका छन्।
उता माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा उनै पक्षका स्थायी समिति सदस्यहरुको बैठक चलिरहेको छ। तीन पक्षको बैठकमा सरकारमा सहभागी हुने व नहुने भन्नेबारे गरमागरम बहस भइरहेको छ। कङ्ग्रेस र एमाले बैठकमा एक पक्षले सहमतिको सरकार नभएकाले यो सरकारमा जान हुन्न भनिरहेका छन् भने अर्कोथरिले यसैलाई सहमतीय सरकार ठान्दै सामेल हुनुपर्ने धारणा राखेका छन्।
यो सरकारमा जानुहुन्न भन्नेहरुले बाबुराम भट्टराईलाई राजीनामा गराएपछि बन्ने नयाँ सरकारमा मात्र सामेल हुनुपर्ने धारणा अघि सारेका छन्।