लमजुङ, वैशाख २६- नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेकपा (एमाले) सरकारमा नगए कांग्रेस पनि सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन्।
दुराडाँडाको अर्चल्यानीस्थित संस्कृति सदन माध्यमिक विद्यालयको हिरक जयन्तीको सन्दर्भमा आयोजित खुल्ला कविता प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।
नेत्री कोइरालाले राष्ट्रिय सहमति बनेमात्र देशमा विद्यमान समस्या समाधान हुने चर्चा गर्नुर्दै राष्ट्रिय सहमतिबिनाको सरकारमा काँग्रेस बस्नुको औचित्य नहुने बताइन्।
सङ्घीय राज्यको विवाद राखिराख्दा संविधान लेखनमा पनि ढिलाइ हुने भएकाले यो विवादलाई टुङ्ग्याउनुपर्ने नेत्री कोइरालाले बताइन्। रासस