काठमाडौं, वैशाख २७ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनालले निर्धारित समयमै नयाँ संविधान आउने र राष्ट्रिय सहमतिको सरकार गठन हुने बताएका छन्। उनले शान्ति र संविधान निर्माणको पूर्णतापछि नेपाल आर्थिक र सामाजिक क्षेत्रको रुपान्तरणमा प्रवेश गर्ने पनि बताए।
युगाण्डाका लागि राजदुतमा नियुक्त स्कट एच डेलिसीसँगको बिदाई भेटमा उनले भने- यसका लागि अमेरिकी सरकारबाट सहयोगको अपेक्षासमेत गरेका छौं। नेपाल र अमेरिकाबीचको सम्बन्ध आफ्नो कार्यकालमा मजवुत बनाउन भुमिका निर्वाह गरेकामा खनालले डेलिसीलाई धन्यवाद पनि दिए। र, नयाँ कार्यकालका लागि शुभकामनासमेत दिए।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको यो भेटमा नेपालको संविधान निर्माण प्रक्रिया, पछिल्लो पटक दलबीच भएको पाँच बुदे सहमति, राज्यको पुनर्संरचना, शासकीय स्वरुपलगायत् विषयमा छलफल भएको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए।