माधव ढुङ्गेल, काठमाडौं, जेठ ५ -जेठ १४ भित्र संविधान जारी गर्ने गरी अन्तरिम संविधान संशोधन प्रक्रिया अघि बढाउन बसेको व्यवस्थापिका संसदको बैठक सत्तापक्षकै सभासदहरूले अवरुद्ध गरेका छन्। अन्तरिम संविधानको धारा ७० संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकामा त्यसप्रति नै विरोध जनाउँदै अवरुद्ध गरेपछि बाँकी ८ दिनमा संविधान जारी गर्ने प्रक्रिया अवरुद्ध भएको छ।
प्रधानमन्त्रीको पार्टी माओवादीलगायत सत्तापक्षका फोरम (लोकतान्त्रिक), तमलोपा नेपाल, फोरम (गणतान्त्रिक) र बिहीबारदेखि प्रमुख प्रतिपक्षीको हैसियत पाएको फोरम नेपालका मधेसी सभासदले संयुक्त रूपमा बैठक अवरुद्ध गरेका हुन्। 'जेठ १४ भित्रै संविधान जारी गर्' लगायतका नारा लागेका थिए।
बैठक अवरोध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले 'मेरो कुरा पनि एकछिन सुनिदिनुस्' भनी पटकपटक आग्रह गर्दा पनि नाराबाजी रोकेनन्। नाराबाजीबीचै सभामुख नेम्वाङले पटकपटक प्रश्न गरे, 'माननीय सदस्यहरू, जेठ १४ भित्रै संविधान जारी गर्ने तरिका चाहिँ के हो?'
संविधानसभाले संविधान निर्माण गर्ने भएकाले संसदको बैठकमा संविधानसभाको विषय उठाउन नमिल्ने बताउँदै सभामुखले भने, 'जेठ १४ भित्र संविधान जारी गर्नु जनताको भावना हो, संविधान जारी गर्न संविधान संशोधन गर्नुपर्छ। संशोधन विधेयक पारित नभए संविधान बन्न सक्दैन।'
अन्तरिम संविधान संशोधन गरी बाँकी एक साताभित्रै नयाँ संविधान पारित गर्न संसद अधिवेशन बिहीबार सुरु भएको हो। समयसीमाका कारण अधिवेशन बसेकै दिन विधेयक प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको थियो।
नयाँ संविधानलाई संविधानसभाबाट एकमुस्ठ रूपमा पारित गर्ने गरी अन्तरिम संविधान संशोधन गर्न विधेयकको मस्यौदा प्रस्तुत गरेका छन्। मस्यौदामा संविधानका प्रत्येक धारालाई छुट्टाछुट्टै मतदान गराएर संविधानसभाको दुईतिहाइ मतले पारित गर्ने अहिलेको प्रावधान परिवर्तन गरी फेरि सिंगो संविधान एकैपटक पारित गर्नसकिने व्यवस्था गर्न संशोधनको प्रक्रिया अघि बढाएको हो।
अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर पहिलो बैठक सकिएको थियो। आधा घन्टा स्थगित गरी विधेयक टेबल गर्न दोस्रो बैठक राखिएको थियो जुन सुरु हुनेबित्तिकै मधेसी सभासदले आफ्नो स्थानमा उभिएर विरोध गरे।
सभामुख सुवासचन्द्र नेम्वाङले समय दिएपछि बोलेका सत्तापक्षको सबैभन्दा ठूलो घटक माओवादीका प्रभु साहले अन्तरिम संविधान जारी गर्न दुई दिनअघि भएको उनकै दलसहित तीन मुख्य दलबीच भएको सहमति खारेजीको माग गरे। उनले विगतमा फोरमलगायत मधेसकेन्द्रित दलहरूसँगको सम्झौता पालना नभएको बताए।
संविधानका विवादित विषय- शासकीय स्वरुप, राज्य पुनर्संरचना, निर्वाचन प्रणाली र अदालतबारे मंगलबार बालुवाटारमा भएको सहमतिको पनि विरोध गरे। उनले भने, 'यो आम जनता, मधेसी, थारु, जनजाति, महिला, उत्पीडितविरुद्धको सहमति हो। तीन दलका शीर्ष नेता एक ठाउँ र सिंगै देश अर्कै ठाउँमा छ।'
साहले दलहरूले गरेको ११ प्रदेश बनाउने घोषणा खारेज नभएसम्म संसदको कारबाही अघि बढ्न नदिने उल्लेख गर्दै भने, 'सहमति गरेका पार्टीहरूले त्यो खारेज भएको घोषणा जबसम्म गर्दैन, तबसम्म संसदको कारबाही रोकियोस्।'
संसद्को बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले संविधानसभालाई उपेक्षा गरेर होटल-रेस्टुरेन्टमा बैठक गरी गरेको सहमति नमान्ने बताए। 'हामी संविधान पारित गरी प्रक्रिया छोट्याउने विपक्षमा छैनौं,' यादवले भने, 'यो संविधानसभा निरर्थक बनाउने प्रयासविरुद्ध हो।' उनले तीन दलले मधेस टुक्रा-टुक्रा बनाउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध आन्दोलित भएको बताए।
संसदको बेल घेराउ गर्दै नाराबाजी गर्नेमा सबैभन्दा बढी माओवादी सभासद थिए। करिब डेढ दर्जन माओवादी सभासदले बेलमा प्रवेश गरी नाराबाजी गरेका थिए। प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्य तीनै समूहका सभासद थिए। बेल घेर्ने माओवादीका सभासदमा केन्द्रीय सदस्यद्वय पूर्वमन्त्रीहरू प्रभु साह र महेन्द्र पासवान, निवर्तमान वन राज्यमन्त्री ज्वालाकुमारी साह, भरत साह, शिवराम यादवलगायत थिए।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारको दल- फोरम (लोकतान्त्रिक) का सहअध्यक्ष रहेका शरतसिंह भण्डारीलगायतको असन्तुष्ट समूह पनि अवरोधमा सामेल थियो। सिंचाइँमन्त्री महेन्द्र यादव र सञ्चारमन्त्री राजकिशोर यादवका दलका सबै सभासद बेल घेर्न गएका थिए। राष्ट्रिय सद्भावना पार्टी र संघीय सद्भावना पार्टीका सभासद पनि विरोधमा सामेल थिए। मन्त्रीहरू भने अवरोधमा थिएनन्। दलित जनजाति पार्टीका विश्वेन्द्र यादवले पनि प्रमुख प्रतिपक्षी बेन्चको पहिलो लहरमा उभिएर तीन दलीय सहमतिको विरोध गरेका थिए।
दोस्रो बैठकमै उपेन्द्र यादवको पार्टी फोरम नेपालले प्रमुख प्रतिपक्षी दलको आसन पाएको थियो। पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत दलका १२ जनै सभासद संसद अवरोधमा सक्रिय सहभागी भए।
त्यसअघि सिंहदरबारस्थित फोरम संसदीय दलको कार्यालयमा 'बृहत् मधेसी मोर्चा' बैठक गरी संसद् अवरुद्ध गर्ने निर्णय गरेको थियो। बैठकपछि जारी विज्ञप्तिमा माओवादीका रामकुमार शर्मा, प्रभु साह, महेन्द्र पासवान, फोरम लोकतान्त्रिकका सहअध्यक्ष शरतसिंह भण्डारी, फोरम अध्यक्ष उपेन्द्र यादव, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, सद्भावना पार्टी आनन्दीदेवीका सरिता गिरी, राष्ट्रिय सद्भावना पार्टीका रामनरेश राय, संघीय सद्भावना पार्टीका महेश यादव, तमलोपा नेपालका रामाशीष गुप्ता लगायतले हस्ताक्षर गरेका थिए।