नेपाली ढाँचाको संसदीय प्रणालीमा जोड
०२ साउन २०६६
•
५ मिनेट पाठ
नेपाली ढाँचाको संसदीय प्रणालीमा जोड
काठमाडौं, साउन २ (नागरिक)- नयाँ संविधानमा सबैलाई समेट्न सक्ने शासन प्रणाली अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । भावी संविधानमा शासकीय स्वरुप विषयमा भएको छलफलमा सबैभन्दा विपन्नलाई समेट्ने राज्य व्यवस्था निर्माण गर्नुपर्ने विज्ञहरूले बताए ।

संविधानविद् सूर्य ढुङ्गेलले आउने राज्यव्यवस्था जातीय विविधतालाई प्रतिविम्बित गर्ने र समावेशी बनाउनुपर्नेमा जोड दिए । पुनरावेदन अदालत बार एसोसिएनद्वारा ललितपुरमा आयोजित 'भावी संविधानमा शासकीय स्वरुप' विषयमा भएको छलफलमा कार्यपत्र पेश गर्दै ढुङ्गेलले राष्ट्रपतीय प्रणाली अधिनायकवादी चरित्रको उनले बताए ।

'राष्ट्रपतीय प्रणाली अवलम्बन गर्ने ३० वटा मुलुकहरू अधिनायकवादी हस्तक्षेप र संवैधानिक संकट नखेपी लोकतन्त्रमा प्रवेश गर्न नसकेको अध्ययनले देखायो', राष्ट्रपतीय प्रणालीका आलोचक ब्रुस एकरले गरेको अध्ययनको निष्कर्ष सुनाउादै भने, 'सोही अवधिमा संसदीय अभ्यास गर्न तम्सेका दुई तिहाइ मुलुकहरूमा लोकतन्त्र स्थापित भयो ।' उनले राष्ट्रपतीय प्रणालीभन्दा संसदीय प्रणाली अपनाउने मुलुकमा भ्रष्टाचार कम भएको पनि बताए ।

नेपालका प्रत्येक राजनीतिक दलका नेतामा अधिनायकवादी प्रवृत्ति हावी भएको बताउादै उनले शासन प्रणालीमा आमूल परिवर्तन गर्न लागिएको अहिलेको अवस्था खतरनाक पनि हुनसक्ने उनले बताए । संसदीय प्रणालीका कमजोरी सच्याउनुपर्ने अवश्यकतामा जोड दिंदै ढुङ्गेलले आफ्नै अवश्यकता अनुरुप संसदीय ढाँचाको विकास गर्नुपर्ने उनको निश्कर्ष थियो । उनले संसदीय व्यवस्थाको जननी मानिने बेलायतले पनि वेष्ट मिनिष्टर प्रणालीमा परिमार्जन गरिरहेको बताए ।

ढुङ्गेलको कार्यपत्रमाथि टिप्पणी गर्दै अधिवक्ता मेघराज पोख्रेलले संसदीय प्रणालीमा जानुपर्ने तर्क राख्दै भने, 'राजनीतिक दल इमान्दार र जनताप्रति प्रतिवद्ध छन् भने राष्ट्रपतीय प्रणालीमा गए पनि फरक पर्दैन तर गिरिजाप्रसाद कोइराला वा प्रचण्ड जो भए पनि सबै शक्ति आफैं राख्छु भन्ने हुनाले राष्ट्रपतीय प्रणालीमा गएमा अधिनायकवाद जन्मन्छ ।'

नेपाल ल क्याम्पसका प्रमुख कृष्ण बेल्बासेले भने संसदीय प्रणालीभित्र धेरै सकारात्मकता खोज्ने प्रयास गर्दा पनि पाउन नसकेकाले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउनुपर्नेमा जोड दिए । राष्ट्रपतिमाथि महाभियोग लगाउन पाउने अधिकार संसद्लाई दिएर नियन्त्रण र सन्तुलन कायम राख्न उनको सुझाव थियो ।

कार्यकारी अधिकार प्रयोग गर्ने राष्ट्रपतिले सबैको प्रतिनिधित्व गर्न नसक्ने बताउादै अधिवक्ता टीकाराम भट्टराईले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताए । विगतमा जातीय, वर्गीय र भौगोलिक स्वार्थभन्दा माथि राजा छन् भनेर मान्ने जनतालाई त्यसको साटो गणतन्त्रमा राष्ट्रपति रहेको भन्ने सन्देश दिन नसके जनताले राजतन्त्रको खोजी गर्नसक्ने खतरा उनले औल्याए ।

नेपालीपनको संसदीय व्यवस्था अपनाउन सुझाव दिंदै उनले सरकारको अस्थिरता अन्त्य गर्ने उपाय पनि बताए । संसद् विघटनमा जानुअघि प्रधानमन्त्रीले नयाा सरकार गठनको सहमति जुटाउन सात दिनको समय दिनुपर्ने, ंमन्त्री विशेषलाई पनि अविश्वास ल्याउन सकिने प्रावधान राख्न सकिने, संसद्बाहिरका मन्त्रीको बहुमत हुने गरी सरकार गठन गरेर सरकारको आयु लम्ब्याउन सकिने उनको तर्क थियो । विकास कार्यलाई तीब्र बनाउन प्रादेशिक सरकार प्रतिस्पर्धात्मकको साटो सहयोगात्मक बनाउनुपर्ने उनको सुझाव थियो । सबै वक्ताहरूले संघीय नेपालको निर्माण समावेशी ढााचाबाट मात्र हुने बताए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस