विकल्प : तीन दिनभित्रै संविधान
११ जेष्ठ २०६९
•
६ मिनेट पाठ
विकल्प : तीन दिनभित्रै संविधान
माधव ढुङ्गेल, काठमाडौं, जेठ १२ - संविधानसभाको म्याद थप्ने विधेयक अघि नबढाउन सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै बाँकी विषय जेठ १४ पछिको अन्तरिम संसद्ले टुंग्याउने गरी संविधान जारी गर्नुपर्ने परिस्थिति देखिएको छ। 'एक मात्र विकल्प रहेकाले सबै दलका नेतालाई बाँकी तीन दिन अहोरात्र काम सुझाएको छु,'

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नागरिकसँग भने, 'सकेजति सहमति गरौं, संविधान जारी गरेपछि अहिलेको संविधानसभा नै संसद्मा रुपान्तरण हुन्छ। बाँकी रहेका विषय त्यहीँ टुंग्याऊँ।'
राजनीतिक परिस्थिति जटिल मोडमा पुगेकाले संविधानसभाभित्र रहेका सबै दलका नेताहरूका लागि साझा चुनौती रहेको नेम्वाङले बताए। 'यसलाई नेताहरूले एकताबद्ध भएर सामना गर्नुपर्छ', उनले भने, 'यस्तो अवस्था हुँदा पनि एकताबद्ध भएर अघि बढ्दैनन् भने जनताले के बुझ्ने?'
अदालतको आदेशपछि नेम्वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग निवासमै गएर भेटेका थिए। उनले तीन दिनभित्र संविधान जारी नभए आउन सक्ने संकटबारे दाहालसँग छलफल गरेका थिए।
दाहालले बाँकी समयमै संविधान जारी गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। 'मैले उहाँलाई सकारात्मक पाएँ,' दाहालको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, 'फैसलालाई गम्भीरतापूर्वक लिएको छु। जेठ १४ भित्र संविधान जारी गर्नुको विकल्प छैन।'
दलहरू गम्भीर भएमा संविधानसभा नियमावली संशोधन र कतिपय नियम निलम्बन गरी प्रक्रिया छोट्याएर संविधान जारी गर्न भ्याउने कांग्रेस नेता विमलेन्द्र निधिले बताए। 'संविधानको विधेयक सिधै संविधानसभामा पेस गर्ने व्यवस्था गर्नुपर्छ,' उनले भने, 'सभासद्हरूलाई त्यसमाथि संशोधन हाल्ने समय दिनुपर्छ र दुई तिहाइ मतबाट पारित गराउनुपर्छ।'
एमाले सभासद् अग्नि खरेलले बाँकी समयभित्र संविधान जारी गर्ने हो भने असोज २ कोे सहमतिमा सबै दलहरू अडिनुपर्ने बताए। संघीयताबारे ११ प्रदेश बनाउने उक्त सहमतिमा उल्लेख छ।
प्रदेशको सीमांकन, नामांकन र राजधानी संविधानको अनुसूचीमा राखिने विषय भएकाले यसलाई संघीय आयोगको जिम्मामा छाड्ने सहमति जेठ २ गते नै तीन दलबीच भइसकेको छ।
सहमतिमा जनताबाट प्रत्यक्ष चुनिएको राष्ट्रपति र संसद्ले चुनेको प्रधानमन्त्रीबीच कार्यकारी अधिकार बाँडफाँट गर्ने शासकीय स्वरुप अपनाउने उल्लेख भएकाले त्यसकै आधारमा मस्यौदा बनाउनुपर्ने खरेलले बताए। सहमतिमा मधेसी मोर्चाको भने विरोध छ।
अधिकारको बाँडफाँटमा कुरा नमिले त्यो पनि रुपान्तरित संसद्ले संविधान संशोधन गरी समावेश गर्ने गरी छाड्न सकिनेछ। त्यसबाहेक निर्वाचन प्रणाली, न्यायप्रणालीबारे टुंगो लागिसकेको छ।
एमालेका तर्फबाट संविधान निर्माणमा सक्रिय रहेका खरेलले चार-पाँच भागबाहेक अरू संविधान लेखिसकेको दाबी गरे। 'संविधानको प्रक्रिया छोट्याएर एकैपटक संविधानसभा अध्यक्षले विधेयक टेबल गर्ने र त्यसलाई निर्णयार्थ पे। गर्नुपर्छ, नभए भ्याइन्न,' उनले नागरिकसँग भने।
उपप्रधानमन्त्री तथा मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले पनि बाँकी समयमै संविधान जारी गरिछाड्ने बताए। 'बाँकी समयमा संविधान बनाउनैपर्छ, अर्को के विकल्प छ र!' फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, 'समयसीमाका कारण आफ्ना एजेन्डा छाड्दैन।'
संविधानसभा अध्यक्ष नेम्वाङले ०६३ को जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न पनि पछि संशोधन गर्ने गरी भए पनि संविधान जारी गर्नैपर्नेमा जोड दिए। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र हालसम्मको उपलब्धि रहेकाले संविधान जारी नभए ती पनि संकटमा पर्न सक्नेछन्। पुनःस्थापित प्रतिनिधिसभा घोषणाले नेपाल धर्मनिरपेक्ष देश बनाएको हो।
प्राप्त उपलब्धिको रक्षाका लागि दलहरूलाई एकजुट हुन उनले आग्रह गरे। 'संविधान जारी नभए हालसम्मका उपलब्धि शून्यमा जान्छ,' नेम्वाङले भने, 'संघीयतामा जाने-नजाने भन्नेमा पनि प्रश्न उठ्छ, त्यसैले सबै दल सहमतिमा आउनैपर्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस