अनिल घिमिरे, नाम्चे, जेठ १६ - संसारको सबैभन्दा उचाईमा हुने एभरेस्ट म्याराथन प्रतियोगिता यस वर्ष फुर्वा तामङले जितेका छन्। सगरमाथा आधार सिविरबाट सुरु भएको दौड नाम्चेमा टुंगिएको थियो। नाम्चेका फुर्वाले ३ घन्टा ४१ मिनेट ३३ सेकेन्डमा यो दुरी पार गरे। कुमार राजभण्डारीले ३ घन्टा ५४ मिनेट ५१ सेकेन्ड। गत वर्षका विजेता सुदीप कुलुङ राई ४ घन्टा शून्य मिनेट ५४ सेकेन्ड भए।
सन् १९५३ मे २९ मा एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको स्मरणमा यो प्रतियोगिता सन् २००३ देखि सुरु गरिएको हो। सगरमाथा आरोहण स्वर्ण महोत्सवको अवसरमा सुरु भएको आयोजनाले १० वर्ष पार गरेको छ।
यो वर्षमा एक सय ६० जना सहमागी थिए। त्यसमा ९० भन्दा बढी विदेशी थिए।
प्रतियोगितमा प्रथम हुनेले १ हजार डलर र दोस्रोले ५ सय तथा तेस्रोले ३ सय डलर प्राप्त गरे। अन्य विधासहित कूल ४ हजार ३ सय डलरको पुरस्कार आजै वितरण भएको छ।