अवहेलना मुद्दामा प्रधानमन्त्री भट्टराईले सर्वोच्चमा यस्तो जवाफ दिए
१८ जेष्ठ २०६९
•
३ मिनेट पाठ
अवहेलना मुद्दामा प्रधानमन्त्री भट्टराईले सर्वोच्चमा यस्तो जवाफ दिए
काठमाडौँ, जेठ १८- सर्वोच्च अदालतको आदेशको अपहेलना गरेको आरोप लागेका प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले आज आफैँ सर्वोच्च अदालतमा उपस्थित भई लिखित बयान पेस गरेका छन्।
 




अर्को संविधानसभाको निर्वाचनको घोषणाबाट नै सर्वोच्च अदालतको गत मङ्सिर ९ गतेको फैसला कार्यान्वयन भएको छ भन्दै लिखित जवाफमा प्रधानमन्त्री भट्टराईले उक्त फैसलाको कार्यान्वयन गर्न सरकार दृढ रहेको उल्लेख गरेका छन्।

आफूबाट सर्वोच्च अदालतको जनआस्थामा प्रतिकूल असर पर्नेगरी कुनै अवञ्छित क्रियाकलाप नभएको उल्लेख गर्दै उनले आगामी मङ्सिर ७ गतेका लागि संविधानसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आफूविरुद्ध दायर भएको अपहेलना मुद्दा औचित्यहीन भएकाले सो मुद्दा खारेज गर्न पनि माग गरेका छन्।

यसैगरी उपप्रधानमन्त्री सिटौलाले लिखित बयानमा यही जेठ १४ गते संविधानसभा स्वतः विघटन भइसकेको अवस्थामा संविधानको १३ औँ संशोधनसम्बन्धी विधेयक पनि स्वतः निस्क्रिय भइसकेकाले अदालतको अपहेलना भयो भनी प्रश्न खडा गर्नु उपयुक्त नभएको उल्लेख गरेका छन्।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ६० वर्ष अघिदेखिको संविधानसभाबाट संविधान बनाउने चाहनालाई सफल बनाउने कर्तव्य र जिम्मेवारीबोधका कारण मन्त्रिपरिषद्को निर्णयानुसार सदनमा उक्त संशोधन विधेयक प्रस्तुत भएको हो भन्दै उनले अदालतको अपहेलना गर्ने मनसाय आफूले नराखेकाले विपक्षीको निवेदन खारेज गर्न माग गरेका छन्।

अदालतको आदेशको अपहेलना हुनेगरी संविधानको तेह्रो संशोधन सदनमा पेस गरेको भन्दै उनीहरूविरुद्ध यही जेठ १० गते अधिवक्ता कमलप्रसाद इटनीले निवेदन दर्ता गराएका थिए।

सो निवेदनमा न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले संविधानसभाको म्याद थपका विषयमा सर्वोच्च अदालतको आदेशको अपहेलना गर्ने प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री सिटौलालाई स्वयम् सात दिनभित्र हाजिर भई बयान दिन आउन आदेश जारी गरेको थियो। रासस
अर्को समाचार
अवहेलना मुद्दामा प्रधानमन्त्रीको जवाफ सर्वोच्चमा
१८ जेष्ठ २०६९
•
१ मिनेट पाठ
अवहेलना मुद्दामा प्रधानमन्त्रीको जवाफ सर्वोच्चमा
बिनिता दाहाल, जेठ १८ (नागरिक)- सर्वोच्चको फैसला विपरीत संविधान सभाको म्याद थप्ने प्रक्रिया अघि बढाई मानहानी गरेको भन्दै परेको अवहेलना मुद्दामा प्रधानमन्त्री बाबुराम भट्टराईले लिखित जवाफ पेश गरेका छन्।
 महान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार लिखित जवाफमा उनले अदालतको मानहानी गर्ने कुनै आशय नभएको उल्लेख गरेका छन्।




न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले प्रधानमन्त्री बाबुराम भट्टराई र कानुनमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई यसबारे स्पष्ट गर्न ७ दिनभित्र अदालतमा स्वयं उपस्थित हुन गत बिहीबार आदेश दिएको थियो।

अदालतको अवहेलना ठहर भएमा १ वर्षसम्म कैद, १० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस