सन्तोष पोखरेल, पोखरा, जेठ २६- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन्। सर्वोच्च अदालतले यसअघि नै संविधानसभालाई स्वतं विघटन भनिसकेकोले अब पुनःस्थापना हुँन नसक्ने उनको भनाइ छ।
'अब कसैले चाहँदैमा संविधानसभा पुनस्थापना गर्नु उपयुक्त हुँदैन' शुक्रबार पोखरामा संचारकर्मीसँग प्रधानमन्त्री भट्टराईले भने, 'यसअघि नै सर्वोच्च अदालतले स्वत विघटन भनिसकेकोले पुनःजीवित गर्दा सर्वोच्चले नै स्विकार्दैन।' उनले संविधानत संविधानसभा ब्यूताउने प्रावधान नभएको समेत बताए।
अन्तरिम संविधानमा समेत राष्ट्रपतिलाई संविधानसभा ब्यूताउने अधिकार नदिएकोले सम्भावना नभएको प्रधानमन्त्री भट्टराईले दावी गरे। 'राष्ट्रपतिलाई नै संविधानसभा ब्यूताउने अधिकार अन्तरिम संविधानले दिएको छैन, त्यसैले संभावना नै रहेन' उनले भने।
प्रधानमन्त्री भट्टराईले विभिन्न राजनीतिक दलले अहिले सरकार विरोधी आन्दोलन चकाईरहँदा गैरलोकतान्त्रिक शक्ति बाहिर आउन सक्ने खतरा रहेको बताए। उनले अन्तरिम संविधान बाहिर नजान दलहरुलाई आग्रह समेत गरे।
'केही दलहरुको आन्दोलनले गैरलोकतान्त्रिक शक्ति बाहिर आउन सक्छन' उनले भने, 'संविधानबाहिर जाँदा जुनपनि शक्ति बाहिर आउन सक्छ।' उनले गैरलोकतान्त्रिक शक्तिको नाम भने खुलाएनन्।