‘हेर्ने मन भएर के गर्नु, घरमा टिभी छैन। रेडियो सुन्न पनि धेरैबेर बटार्नुपर्छ। पत्रपत्रिका बासी बनेपछि मात्र आइपुग्छन्। हिजोआज राजनीति र सञ्चारबाट टाढा छु,’ रोल्पाको थबाङ घर भएका पुराना कम्युनिस्ट नेता बर्मन बुढाले पोहोर भेट्दा भनेका थिए, ‘देशको अवस्था बुझ्ने रहर त हुन्छ तर अहिले मेरो पहँुचमा छैन। गाउँले जीवन दुःखसुख गरेर चलिरहेको छ। पद नहुँदा राजनीति गर्नेको महत्व नहुँदो रैछ।’
घरमा सञ्चारका गतिला साधन नभएका कारण उनी वर्षौंयता राजनीतिलगायत सबैखाले समाचारबाट टाढा थिए। उनले खालि बासी समाचारले चित्त बुझाउनुपथ्र्यो तर उनको मृत्युको समाचार भने क्षणभरमै डढेलोसरि फैलियो। पूर्वसांसदसमेत रहेका उनले बुधबार बिहान ९० वर्षको उमेरमा पाटन अस्पतालमा सधैंका लागि आँखा चिम्ले। आन्द्राको क्यान्सरबाट पीडित उनी केही समययता उपचारका लागि काठमाडौंमा थिए।
विगतमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सुरुदेखि नै भूमिगत रूपमा लागेका बर्मनसँग राजनीतिको लामो अनुभव थियो। थबाङ मात्र नभएर सिंगो माओवादी आन्दोलनद्वारा पत्याइएका उनी पछिल्लो समय राजनीतिबाट टाढा थिए। राजनीति गर्नेहरूको अपेक्षाविपरीतका व्यवहार र गतिविधि देखेर उनी बिरक्तिएका थिए। माओवादीमा विभाजन आउँदा निराश बनेका उनी पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले एमालेसँग एकता गर्दा अझ बढी दुःखी बनेका थिए।
राजनीतिलाई गलत ढंगले उपयोग गर्नेहरूकै कारण जताततै अराजकता निम्तिएपछि उनमा निराशा छाएको थियो। ‘२००७ सालमा राजा त्रिभुवनले संविधानसभा बनाऊ भनेका थिए। संविधान नबनाउँदै आमचुनाव गराए। त्यही भएर त्योबेलाको दुईतिहाइ सकियो,’ उनी भन्थे, ‘अहिले संविधानसहितको दुई तिहाइ छ। तर पनि जनमानसमा असन्तुष्टि छ। दूरदर्शी तरिकाले सोच्न सकिएन भने परिणाम राम्रो हँुदैन। मैले नजिकबाट राजनीति देखेको छु। यही तरिकाले देशमा केही हुनेवाला छैन। नहुनेले कमाए र कमाएकाहरूले गुमाए। राजनीतिलाई आर्थिक उपार्जनको पेसा बनाइनु गलत हो।’
बर्मनले २०१२ सालमै ‘कम्युनिस्ट बनेको’ भन्दै मुद्दा खेप्नुप¥यो। २००७ सालको आन्दोलनका क्रममा दाङ झरेका उनलाई आफन्तले रोल्पै फर्काए। उतिबेलाको जीवनस्तर अत्यन्त असहज थियो। अहिलेको जस्तो कपडा लगाइन्नथ्यो। माथि गादो भिर्ने, तल लँगौटी लाउने चलन थियो। अरूले त बिस्तारै कपडा फेरे तर बर्मनले बाँचुन्जेल कछाड छाडेनन्। सत्ता र शक्तिको पछि कहिल्यै नलागेका उनी केही समययता ओझेलमा थिए।
बर्मनकै कारण थबाङमा कम्युनिस्ट भित्रिएको थियो। त्यतिबेला कृष्ण झाँक्री नामक मुखियाले सँुगुर, बंगुर, कुखुरा, कुकुर गाउँमा खुला नछाड्न आदेश गरे। तर गाउँलेले टेरेनन्। मुखियाका मान्छेहरूले भरुवा बन्दुक, खुकुरी, भालाले जनावरमाथि आक्रमण गरे। सुँगुर, बंगुर, कुखुरा, कुकुर रगतपच्छे बनाइए। घाउ पाकेर ती जनावर हेरिनसक्नु भए। विरोधमा बोल्ने हिम्मत कसैमा भएन। अति भएपछि बर्मन बुढालगायत युवा प्रतिकारमा उत्रिए।
त्यतिबेला रोल्पा जिल्ला जन्मिएकै थिएन। मुखियाले प्युठानबाट प्रहरी बोलाए। मुद्दा चल्यो। बर्मन जेल पुगे। संयोग पनि कस्तो, जेलमै कम्युनिस्टका हस्ती मोहनविक्रम सिंहसँग उनको भेट भयो। उनले जेलभित्रै मोहनविक्रमसँग प्रशिक्षण लिने अवसर पाए। त्यसको केही समयपछि जेलबाट छुटेका मोहनविक्रम दाङ, सल्यान, रुकुम हँुदै २०१३ सालमा बर्मनको गाउँ थबाङ पुगे, कमिटी गठन गरे। थबाङमा कम्युनिस्टहरूको पक्का राजनीति त्यहीँबाट सुरु भयो।
बर्मन तीनपटक प्रधानपञ्च बने। प्रधानपञ्च रहेकै बेला उनी २०३७ सालमा २७ महिना जेल बसे। जनमतसंग्रहमा थबाङको सबै मत बहुदलमा परेपछि रिसाएको प्रशासनले उनलाई जेल हाल्यो। जेलबाट निस्कँदा पत्नी क्यान्सरपीडित भइसकिछन्। आर्थिक अभावबीच पत्नीको उपचारका निम्ति उनी दौडिए। तर जति गरे पनि बचाउन सकेनन्। यस्तैमा २०४६ सालको आन्दोलन सुरु भयो। बहुदल आयो। २०४८ सालको चुनाव हुने भएपछि उनलाई उम्मेदवार बनाउने निर्णय भयो। पुष्पकमल र बाबुराम भट्टराईले कर गरेपछि जनमोर्चाका लागि उम्मेदवारी स्विकारे। सोझा भएकाले उनलाई जनमोर्चाको राम्रो पकड भएको आफ्नै क्षेत्रको सट्टा निकै कमजोर मानिएको क्षेत्र १ मा उठाइयो। उनको घर रहेको क्षेत्र २ मा भने कृष्णबहादुर महरालाई उठाइयो। तर पनि वर्षौंसम्म मन्त्री बनेका बलिया उम्मेदवार बालाराम घर्ती मगरलाई बर्मनले पराजित गरेरै छाडे।
चुनाव जितेपछि उनी काठमाडौं गए। तर उनलाई संसद् भवन छिर्न सकस भयो। छातीमा सांसदको ब्याच त हुन्थ्यो तर पहिरन कछाड। सुरक्षाकर्मीहरू असजिलो मान्दै हेर्थे। पोसाककै कारण पहिलो दिन उनी केहीबेर संसद् भवनको गेटमै रोकिए। एक दिन मुख्य सचिवले भनेछन्, ‘अरू दिन नलगाए पनि राजाले सम्बोधन गर्ने दिन राष्ट्रिय पोसाक लगाउनुस्।’ बर्मनले तत्काल जवाफ दिएछन्, ‘यो अन्तर्राष्ट्रिय पोसाक हो र !’ उनको जवाफ सुनेर मुख्यसचिव हच्किएको भन्ने विषय अहिले पनि चर्चा हुने गर्छ।
राजाको सम्बोधनका दिन संयोग परेछ। कोही नआउँदै उनी संसद्मा पुगेछन्। अघिल्लो लाइनमा गएर बसे। त्यहाँ दर्शक र पत्रकार टन्न थिए। सबैले अनौठो तरिकाले बर्मनलाई हेरिरहेका थिए। त्यसकारण बर्मनले देशभित्रकै पोसाक लगाउँदासमेत असजिलो मान्नुपरेको थियो। उनले कतिपटक त खाने विषयलाई लिएर समेत असहज परिस्थितिको सामना गर्नुपरेको थियो।
पूर्वमन्त्री घर्ती मगरले आफूलाई चुनाव हराएका बर्मनलाई राजनीतिक हिसाबले भद्र र शालीन व्यक्ति भएको प्रतिक्रिया दिए। ‘मोहनविक्रम सिंहका चेला, पुराना कम्युनिस्ट नेता, उहाँले जीवनमा व्यक्तिगत रूपमा कसैलाई पिराउनुभयो जस्तो लाग्दैन,’ उनले भने, ‘बिरामी भएर काठमाडौं आउनुभएको भन्ने सुनेको थिएँ तर भेट्न जाने भन्दाभन्दै बित्नुभएछ।’
बर्मन रोल्पा थबाङमै बस्दै आएका थिए। उनका तीन छोरा र दुई छोरी छन्। स्थायी शान्ति कायम रहेको समृद्ध नेपाल देखेर मात्र संसारबाट बिदा हुने उनको धोको थियो। पुष्पकमल, बाबुराम, वैद्य, विप्लवलगायतसँग लामो समय सँगै बिताएका बर्मन पछिल्लो समय ती नेतृत्वसँग असन्तुष्ट थिए। पार्टी विभाजनपछि बिस्तारै कम्युनिस्ट एकता भाँडिएको अनुभूति गरेका उनी आफूसँगै राजनीतिक परिवर्तनका निमित्त युद्ध लडेकाहरूको अस्वाभाविक गतिविधि देखेर दिक्दार लागेको बताउँथे।
बर्मनकै कारण २०६४ सालमा तीन मतबाहेक सबै प्रचण्डलाई दिएको थबाङले २०७० सालको संविधानसभामा एकमत पनि खसालेन। २०३६ सालमा शतप्रतिशत मत बहुदललाई खसालेका थबाङीले २०१५ सालको निर्वाचनमा सबै मत थबाङकै उम्मेदवार खगुलाल गुरुङलाई दिएका थिए। २०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थबाङमा २०५६ मा हेलिकोप्टरमा पुगेका दुईजनाले मात्र मतदान गरेका थिए। २०५४ सालमा चुनावै भएन। अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५० सालमा चार मत मात्र खसेको थियो। २०३९ सालको स्थानीय चुनावमा विरोधमा कोही उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए। तर पछिल्लो समय स्थानीय तह निर्वाचनयता थबाङमा एकता भाँडिएकोप्रति पनि बर्मनको ठूलो चित्तदुखाइ थियो। पछिल्लो समय स्वार्थीपनाले गाँजिएको राजनीतिप्रति असन्तुष्टिका चाङ लिएर जीवन गुजारिरहेका उनी गत वर्ष राष्ट्रपतिबाट ‘राष्ट्रदीप पदक’ पाउँदा भने औधी खुसी भएका थिए।