रुद्र खड्का/तुफान न्यौपाने, नेपालगन्ज, असार २८- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू संविधानको समेत काम गर्ने संसदको चुनावको पक्षमा रहेको बताएका छन्। 'राजनीतिक निकासका निम्ति दुई विकल्प छ, संसदको चुनाव वा जनमत संग्रह,' दाङमा पार्टी कार्यक्रमको क्रममा नेपालगन्ज आइपुगेका नेपालले बुधबार नागरिकसँग भने, 'जेमा सहमति हुन्छ, त्यही ठीक छ।'
पूर्व प्रधानमन्त्रीले चुनाव स्वीकार गरे पनि मंसिर ७ मा हुनै नसक्ने ठोकुवा गरे। 'प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव त घोषणा गर्न सक्ला,' उनले प्रश्न गरे, 'संविधानसभाको चुनाव घोषणा गर्दा अरु पार्टीसँग सहमति गर्नुपर्दैन?'
संविधानसभाको चुनाव संसदको जस्तो नभएको नेता नेपालको भनाइ थियो। 'प्रधानमन्त्रीले संविधानको कुन प्रावधानमा टेकेर चुनाव घोषणा गरेका हुन्?' उनले भने, 'सर्वोच्चको फैसलाले के प्रधानमन्त्रीलाई त्यस्तो अधिकार दिएको छ? संविधान संशोधन गर्नुपर्दैन?'
नेपालले संविधानसभाको चुनावै भए पनि फेरि अर्को ६ सय १ जनाको फौज खडा गर्न नहुने सुझाए। 'कतिपटक संविधानसभाको चुनाव गर्ने, १० पटक?' उनले प्रश्न गरे, 'त्यसैले सहमति भइसकेका विषयलाई थाँती राखेर बाँकी विषयमा सहमति गरेर संसद वा जनमत संग्रहले पारित गर्नुपर्छ भनेको हुँ।'
चुनावकै बेला जनमत संग्रह पनि हुने उनको भनाइ थियो। 'एकै समय स्थानीय निकायको पनि चुनाव हुन्छ,' उनले भने, 'संसदको पनि चुनाव हुन्छ। संसदले संविधानको पनि काम गर्न सक्ने भयो वा जनमत संग्रह गरे पनि हुने भयो। एउटै ठाउँमा तीनवटा बाकस राखे काम चल्छ।'
नेपालले जनमत संग्रहमा असहमतिका मुद्दाहरूलाई लैजान र त्यसले गरेको फैसला मान्न पनि आग्रह गरे।
लोकतन्त्रका सामु उग्रवामपन्थ र दक्षिणपन्थको चुनौती रहेको उनले औंल्याए। 'संघीयतामा कुरा नमिलेको हो,' उनले भने, 'संविधानका अन्य विषय टुंगिसकेका छन्। संघीयताबारे टुंगो लगाउन सके नयाँ संविधान आउँछ।'
अहिले पूर्ण संविधान नभएकाले पनि नयाँ नभई नहुने उनको भनाइ थियो। 'नयाँ संविधान बनाउन्जेल मात्र अन्तरिम संविधानले काम गर्ने हो,' उनले भने, 'अर्को संविधान नभएसम्म मुलुक अगाडि जान सक्दैन। यही अवस्था रहिरहे गम्भीर संवैधानिक शून्यता आउँछ।'
शान्ति प्रक्रियाले सबैभन्दा बढी समय खाएकाले चार वर्षमा पनि संविधानसभा आफ्नो मिसन पूरा गर्न असफल भएको उनले बताए। '६ महिनामा पूरा गर्नुपर्ने शान्ति प्रक्रियाले ३ वर्ष ९ महिना समय खाइदियो,' उनले भने, 'संविधान निर्माणका लागि पनि केही समय दियौँ, संघीयतामा सहमति हुन नसक्दा संवैधानिक संकटमा फसेका छौँ।'
नेपालले संविधानबारे जति सहमति भइसकेको छ, त्यसलाई मस्यौदाको रूप दिनुपर्ने औंल्याए। 'संघीयताबारे पनि छलफल गरेर टुंगो लगाउनुपर्र्यो,' उनले भने, 'यति सहमति भइसकेपछि कुन विधिबाट संविधान जारी गर्ने भन्ने विषय ठूलो होइन।'
एमालेले अहिले प्रक्रियामा बाँधिन नचाहेको पनि उनले स्पष्ट गरे। 'पहिले सहमति त गरौँ संविधानमा,' उनले भने, 'सहमति गर्नु छैन, पहिल्यै प्रक्रियामा जाने?'
प्रधानमन्त्री बाबुराम भट्टराई सहमतिका बाधक भएको आरोप नेपालले लगाए। 'प्रधानमन्त्रीले हट्दिन भनेर ढिपी कसेको स्थिति छ, उनी हट्नेबित्तिकै सहमतिको वातावरण बन्छ,' उनले भने, 'सहमति भयो भने संविधानको मस्यौदा गर्न समेत सजिलो हुन्छ।'