काठमाडौँ, साउन १- नेकपा-माओवादीका सचिव देव गुरुङले काम चलाउ सरकारले बजेट ल्याउनु असंवैधानिक भएको बताएका छन्। मिडिया भिजन नेपालद्वारा आज आयोजित 'आर्थिक बजेट २०६९/७० को समीक्षा' विषयक अन्तर्क्रिया कार्यक्रममा सचिव गुरुङले पूर्ण बजेटका लागि वर्तमान सरकार बाधक भएको उल्लेख गरे ।
नेकपा (एमाले) का नेता भरतमोहन अधिकारीले प्रधान मन्त्रीले राजीनामा दिएको भए सर्वदलीय, सर्वपक्षीय सहमतीय राष्ट्रिय सरकार निमार्णसँगै पूर्ण बजेटबाट मुलुकले निकास पाउने दाबी गरे ।
एकीकृत नेकपा (माओवादी) सम्वद्ध अर्थविद् डा. डिल्लीराज खनालले सरकार टिकाइराख्ने नियतले एक तृतीयांश भए पनि बजेट ल्याइएको भन्ने तर्क गलत भएको भन्दै पूर्ण बजेट ल्याउने हैसियत हुँदा हुँदै सहमतिका लागि सरकारले एक तृतीयांश बजेटको घोषणा गरेको स्पष्ट पारे । रासस