मणि दाहाल, काठमाडौं, साउन ४- एमालेले संविधानसभा पुनर्स्थापनाको माग 'संवैधानिक तथा राजनीतिक' रुपमा अनुचित ठहर गर्दै नयाँ निर्वाचनका पक्षमा औपचारिक निर्णय लिएको छ। त्यसका लागि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने एमालेको प्रमुख सर्त छ।
हिजो स्थायी कमिटी बैठकले ताजा जनादेश एकमात्र लोकतान्त्रिक विकल्प रहेको भन्दै यस्तो निर्णय गरेको हो। सचिव युवराज ज्ञवालीले छोटो समयका लागि संविधानसभाको समेत काम गर्नेगरी संसदको निर्वाचनमा जाने निर्णय लिइएको जानकारी दिए।
'छोटो समयका लागि संविधानसभाको काम गर्ने गरी निर्वाचन गरिनुपर्छ भन्ने पार्टीको धारणा हो,' उनले नागरिकसँग भने, 'विकल्पका बारेमा हामी खुला छौं। तर नयाँ जनादेशमा जानुको विकल्प छैन भन्ने हाम्रो धारणा हो।'
प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर ७ मा आह्वान गरेको संविधानसभा निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै एमाले स्थायी कमिटी निर्णयमा भनिएको छ, 'मुलुकसामु राजनीतिक सहमतिका आधारमा निर्माण हुने सरकारको नेतृत्वमा ताजा जनादेशमा जानुबाहेक अर्काे कुनै लोकतान्त्रिक विकल्प छैन।'
एमालेले वर्तमान सरकार निर्वाचन गराउन संवैधानिक, राजनीतिक र नैतिक दृृष्टिले समेत अयोग्य रहेको ठहरसमेत गरेको छ। बैठकले नयाँ निर्वाचनका लागि देखिएको कानुनी तथा संवैधानिक संकट सहमतिका आधारमा फुकाउनुपर्ने औंल्याएको छ।
'राजनीतिक सहमतिको सरकार गठन गर्दै सहमतिका साथ ताजा जनादेशमा जानका लागि संवैधानिक तथा कानुनी बाधाअड्चन फुकाउँदै अघि बढ्न पहल गर्ने' स्थायी कमिटीको निर्णय छ।
एमाले नेताहरुले यसअघि निर्वाचन वा संविधानसभा पुनर्स्थापनाबारे फरकफरक धारणा राख्दै आएका थिए।
'विघटित भइसकेको संविधानसभाको पुनर्स्थापना संवैधानिक तथा राजनीतिक दृष्टिले समेत अनुचित हो,' निर्णयमा भनिएको छ।
एमालेले राज्य पुनर्संरचनाको विषयमा पार्टीले लिएको नीतिप्रति असन्तुष्टि जनाउँदै आएका आदिवासी, जनजाति तथा मधेसीमूलका नेताले संविधानसभा पुनर्स्थापनालाई प्रमुख माग बनाउँदै आएका छन्।
उपाध्यक्ष अशोक राईको नेतृत्वमा जेठ ३० गते पार्टीलाई बुझाइएको नौबुँदे मागमा संविधानसभा पुनर्स्थापनालाई पार्टीले नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख छ। १८ औं केन्द्रीय कमिटी बैठकमा पनि केही केन्द्रीय सदस्यलेे पुनर्स्थापनाको पक्षमा आवाज उठाएका थिए।
त्यसैगरी स्थायी कमिटीले राज्य पुनर्सरचनाको विषयमा पार्टी नीतिप्रति असन्तुष्टि जनाउँदै आएका नेताहरुसँग अनुशासन आयोगले सोधेको स्पष्टीकरणलाई स्वाभाविक ठहर गरेको छ।
अनुशासन आयोगले उपाध्यक्ष अशोक राईसहित १० जना केन्द्रीय नेताहरुसँग प्रस्टीकरण सोधेको थियो। राईसहितका जेठ ९ गतेपछि पार्टीको औपचारिक कार्यक्रम बहिस्कार गर्दै आएका छन्।