काठमाडौं, साउन १० (नागरिक)- तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अदालतले उपराष्ट्रपतिको शपथबारे गरेको फैसला प्रतिगामी भएको बताएका छन् । उनले यस्ता कदमले संघर्ष निम्त्याउने चेतावनी पनि दिए। 'पुन: शपथ जरुरी छैन'- उनले थपे।
स्वतन्त्र सांसद बबन सिंहलाई पार्टी प्रवेश गराउने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा ठाकुरले उक्त कुरा बताएका हुन। सोही कार्यक्रममार्फत् तमलोपा प्रवेश गरेका सिंहले भने आफूले सुरुमै कांग्रेस वा तमलोपा प्रवेश गर्ने घोषणा गरेअनुरुप तमलोपा प्रवेश गरेको बताए। 'कांग्रेस ठीक लागेन', उनले भने- तराइका मुद्दामा अरु पार्टीभन्दा तमलोपाले उठाएका विषय ठीक लागेकाले प्रवेश गरेको हुँ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ खाएकोबारे परेको मुद्दामा शुक्रबार सर्वोच्च अदालतले त्यसलाई गैरकानूनी ठहर गरेको थियो।