गोविन्द परियार, काठमाडौं, साउन ५- एकल पहिचानसहितको संघीयता असम्भव ठहर गर्दै कांग्रेसले बहुपहिचानसहितको संघीयतालाई पार्टीको 'बटमलाइन' बनाउनुपर्ने आदिवासी-जनजातिबारे अध्ययन गर्न गठित समितिले सुझाएको छ।
जनजातिका विभिन्न संगठनले राज्य पुनर्संरचनाबारे स्पष्ट हुन आग्रह गरेपछि केन्द्रीय समितिले एक महिनाअघि गठन गरेको समितिले तयार पारेको प्रतिवेदनमा एकल पहिचानले संघीयता कार्यान्वयन हुन नसक्ने उल्लेख छ।
'सरोकारवाला, विभिन्न क्षेत्रका विज्ञ, केन्द्रीय सदस्य र पूर्वसभासदसँग छलफलपछि समितिले एकल पहिचानको मुद्दा संघीयता कार्यान्वयन नगराउने षडयन्त्र भएको निष्कर्ष निकालेको छ,' समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले नागरिकसँग भने, ' बहुपहिचानसहितको संघीयतामा पार्टीले औपचारिक धारणा बनाउनुपर्ने समितिको ठहर छ।'
संघीयता र आदिवासी-जनजाति समुदायबारे स्पष्ट हुन दबाब परेपछि कांग्रेस केन्द्रीय समितिले जनजातिले पेस गरेको ११ बुँदे माग सम्बोधन गर्दै प्रतिवेदन तयार पार्न केन्द्रीय सदस्य भीमबहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो। समितिले विभिन्न चरणमा पार्टीभित्र र बाहिरका व्यक्तिहरूसँग छलफल गरी उनीहरूको सुझाव प्रतिवेदनमा समेटेको छ। प्रतिवेदनले संघीयता र
आदिवासी-जनजाति, दलित, मधेसी लगायत समुदायको हकहितबारे पार्टी थप स्पष्ट हुनुपर्ने सुझाव दिएको छ।
चुनावी घोषणापत्र र महाधिवेशनले पारित गरेको दस्तावेजमा उठाइएका सिमान्तीकृत समुदायका अधिकार कार्यान्वयन नभएकाले पार्टीभित्रै गुनासो आएको प्रतिवेदनमा उल्लेख छ। 'दस्तावेजमा उल्लिखित विषय कार्यान्वयन नहुँदा समस्या देखिएको छ,' आङदम्बेले भने, 'पार्टीको घोषणपत्र, नीति तथा कार्यक्रममा आदिवासी-जनजातिबारे उठाइएका सवाललाई प्रतिवेदनमा समेटेका छौं।'
पार्टीका केही उच्चनेताले संघीयताको विपक्षमा अभिव्यक्ति दिने गरेकाले राज्य पुनर्संरचना विषयमा जनमानसमा पार्टीको 'परम्परावादी छवि' बनेको उल्लेख छ।
वडा तहदेखि केन्द्रीय समितिसम्म पार्टीलाई अधिकतम समावेशी बनाउन विशेष नीति लागू गर्दै आदिवासी-जनजाति, महिला, दलित, मधेसी लगायत समुदायलाई पार्टीका सबै संरचनामा ल्याउने बाध्यात्मक व्यवस्था गर्न समितिले सुझाएको छ।
राज्य पुनर्संरचना र नयाँ संविधानबारे दलसँग वार्ता र छलफल गर्दा सिमान्तकृत समुदायका प्रतिनिधिलाई पनि सहभागी गराउनुपर्ने सुझाव दिएको आङदम्बेले बताए। उनले भने, 'कतिपय विषयमा पार्टीको नीति सही हुँदाहँुदै पनि कार्यान्वयन नभएकाले नराम्रो छाप परेको छ।'
समितिले शुक्रबार कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई एकै ठाउमा राखेर प्रतिवेदनको निष्कर्ष सुनाउँदै सुझाव लिने भएको छ। छलफलपछि साउन ७ भित्र प्रतिवेदन केन्द्रीय समितिमा बुझाउने तयारी छ। असार ७ मा गठित समितिलाई प्रतिवेदन तयार पार्न एक महिनाको समय दिइएको थियो।
जिल्ला सभापतिहरूको भेलाअघि नै केन्द्रीय समितिमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिइने पार्टीको तयारी छ। समितिले बुधबार समाजशास्त्री चैतन्य मिश्र र राज्य पुनर्संरचना उच्चस्तरीय आयोगका पूर्वसदस्यहरू कृष्ण हाछेथु र रमेश ढुंगेलसँग छलफल गरेको थियो।
समितिमा केन्द्रीय सदस्यहरू महेश आचार्य, नरहरि आचार्य, धनराज गुरुङ, उमाकान्त चौधरी, लक्ष्मी राई, सीता गुरुङ, मानबहादुर विश्वकर्मा, मीनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे र गगन थापा सदस्य छन्।
कांग्रेसका विभिन्न जातजाति भ्रातृसंस्था, पूर्वसभासद, पूर्वमन्त्री लगायत नेताले पार्टीले जनजातिको चाहनामाथि कुठाराघात गरेको भन्दै एकल जातीय पहिचानसहितको संघीयता लगायत माग राखी दुई महिनाअघि पार्टी नेतृत्वलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए। माग सम्बोधन नभए पार्टीका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने भन्दै उनीहरूले पार्टीले गरेका कार्यक्रमसमेत बहिष्कार गर्दै आएका थिए।
कांग्रेसनिकट आदिवासी जनजाति संघ, मगर संघ, किराँत संघ, शेर्पा संघ, लोकतान्त्रिक नेवाः खल लगायत विभिन्न आठ भातृ संस्थासहित जनजाति समुदायका पूर्वसभासद, केन्द्रीय सदस्यसहित १ सय २२ जनाले संयुक्त हस्ताक्षर गरी सिमान्तकृत समुदायको अधिकार र संघीयताबारे औपचारिक धारणा माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।