उजिर मगर, काठमाडौं, साउन १६- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक साताभित्र राष्ट्रिय सरकार, शान्ति, संविधान र सेना समायोजन प्याकेजमा नयाँ सहमति हुने जनाएका छन्।
सोमबार साँझ आफूनिकट नेता र पूर्वलडाकु कमान्डरहरूसँगको छुट्टाछुट्टै भेटमा दाहालले सरकारमा रहेर केही गर्न नसक्ने अवस्था भएकाले नयाँ सहमति गरेर जाने बताएका हुन्।
'सरकारले केही पनि गर्न नसक्ने अवस्था छ,' महाधिवेशन आयोजक समितिका सदस्य हरिबोल गजुरेलले दाहालको भनाइ उद्धृत गर्दै भने, 'अब नयाँ सहमति गरेर जानुको विकल्प छैन।'
सरकारबाट कुनै निर्णय हुन नसक्दा संविधानसभा चुनावमा सहमति गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव दाहालले अघि सारेका छन्। कांग्रेस र एमाले त्यसमा सकारात्मक भएकाले प्याकेजमा सहमति गरेर जाने उनको भनाइ थियो।
'पाँचबुँदे सहमतिको औचित्य सकिएको छ,' दाहालले भने, 'चुनाव पनि नहुने, पूर्ण बजेट पनि ल्याउन नदिने अवस्था आउँदा सरकारको साख घट्ने भएकाले प्याकेजमा सहमति गर्नुपर्ने अवस्था आयो।'
संविधानसभाको स्वतः अवसानपछि पाँचबुँदेको औचित्य समाप्त भएको दाहालले बताए। संविधानसभा चुनावमा सहमति गरेर राष्ट्रिय सरकार निर्माणमा जाने प्रस्तावमा अध्यक्षले कांग्रेस, एमालेसँगको छलफल तीव्र पारेको गजुरेलले जानकारी दिए।
त्यस्तै, अध्यक्ष दाहालले समायोजनमा जान तयार लडाकु कमान्डरहरूलाई प्याकेजमा सहमति हुने भएकाले एक साता नहतारिन आग्रह गरे। सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा पूर्वलडाकु कमान्डरहरूसँग दाहालले त्यस्तो धारणा राखेका हुन्।
कमान्डरहरुले भने सातौं विस्तारित बैठकको म्यान्डेटअनुसार आफूहरू सबै स्वैच्छिक अवकाशमा आउन तयार भएको बताएका थिए।
कांग्रेस र एमालेले समायोजन गर्न नमाने सबै लडाकुलाई स्वैच्छिक अवकाशमा जाने म्यान्डेट विस्तारित बैठकले दिएको थियो। विस्तारित बैठकले समायोजनमा जाने लडाकुको उमेर, शिक्षामा बढि लचकता देखाउनुलाई कमजोरीका रूपमा लिएको छ।
माओवादीका ३ हजार १ सय लडाकुले समायोजन रोजेका छन्। समायोजन प्रक्रिया अगाडि नबढाएकाले विस्तारित बैठकको म्यान्डेटअनुसार हतियार म्युजियममा राखेर स्वैच्छिक अवकाशमा आउन तयार भएको भन्दै उनीहरूले पार्टी नेतृत्वलाई दबाब दिएका छन्।
'हाम्रो समायोजनबारे के भयो? किन ढिला गरेको भनेर सोध्यौं,' पहिलो डिभिजन कमान्डर यमबहादुर अधिकारीले दाहालसँगको भेटपछि नागरिकसँग भने, 'कांग्रेस-एमाले मान्दैनन् भने सातौं विस्तारित बैठकको म्यान्डेटअनुसार सबैजना स्वैच्छिक अवकाश लिन तयार रहेको जानकारी गरायौँ।'
कोही पनि समायोजनमा नजाँदा शान्तिप्रक्रिया टुंगोमा नपुग्ने भएकाले प्याकेजमा सहमति प्रस्ताव आएको दाहालले कमान्डरहरूलाई बताए। 'कांग्रेस, एमालेसँग प्याकेजमा सहमति गर्ने भन्ने प्रस्ताव आएकाले रोकिएको हो,' दाहालको भनाइ उद्धृत गर्दै अधिकारीले भने, 'एक साताभित्र सबै टुंगो लाग्छ।'
सेना समायोजनलगायत विषयमा सम्झौता गरेको औंल्याउँदै मोहन वैद्य समूहले अर्को पार्टी गठन गरेलगत्तै समायोजन प्रक्रिया थालिए पनि नयाँ भर्नासरह भएको भन्दै लडाकुहरुले प्रक्रिया अवरोध गरेका थिए।
पार्टीको निर्णय र सरकारले आफूहरूलाई अलपत्र पार्न खोजेको औंल्याउँदै लडाकुहरूले आक्रोश पोखेका थिए। विस्तारित बैठक जारी रहँदै शिविरको हिसाब माग्ने क्रममा आफूहरूलाई सम्मानजनक समायोजन नभए स्वैच्छिक अवकास रोज्न माग राखेका थिए।
लडाकु समूहबाटै विस्तारित बैठकमा हिसाबकिताबको माग राखेपछि सबै कमान्डरहरूले राजीनामा दिएका थिए। पार्टी कार्यालयमा बुझाएको कमान्डरहरूको राजीनामा स्वीकृत भएको छैन। शिविरभित्रको आर्थिक हिनामिना छानबिन गर्न पार्टी सचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ।