काठमाडौं, साउन १९ (नागरिक)- नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधिले फेरि पनि संविधान सभाको निर्वाचन गर्नुको विकल्प नभएको दाबी गरेका छन्। अन्य बाटोबाट बनाएको संविधान दीगो नहुने भएकाले संविधान बनाउन संविधान सभाको निर्वाचन नै सर्वोकृष्ट भएको उनको ठम्याई थियो
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा ब नीधिले संविधान नबनेसम्म नेपालमा संविधान सभा नै पहिलो एजेण्डाको रुपमा सदा रहिरहने बताए।
निधिले संविधानमा संविधान सभा वा संसद् कुनै पनि निर्वाचनको ब्यवस्था नरहेकाले संविधान संसोधन अहिलेको आवश्यकता भएको भन्दै त्यसका लागि संसदको भूमिकामा संसद ब्यूताउनुपर्ने धारणा राखे। 'राज्यप्रमुखले संविधान संसोधन गर्न मिल्दैन,' उनले भने, 'निर्वाचनको लागि संसदीय काम गर्न थोरै समयको लागस संविधान सभा ब्यूताउनैपर्छ।'
उनले पहिल्यै दलबीच ३११ सदस्यीय केन्द्रीय संसद निर्माणमा सहमति भइसकेकाले अब हुने संविधान सभा निर्वाचनबाट पनि त्यती नै सदस्य निर्वाचित हुने गरी निर्वाचन गर्नु पर्ने धारणा राखे।
निधिले कांग्रेसले पहिल्यै सहमतिको प्रधानमन्त्री वरिष्ठ नेता शेरबहादुर देउवा र बहुमतीय प्रधानमन्त्री रामचन्द्र पौडेल भनेर पार्टीले निर्णय गरेको बताए। उनले सो निर्णय अहिलेसम्म पनि कायमै रहेको अवस्थामा विवाद गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारे। यद्यपि उनले नयाँ प्रधानमन्त्री सभापति सुशिल कोइराला, देउवा र पौडेलको सहमतिमै तीनमध्ये एक हुने भने स्पष्ट पारे।
उनले राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को एक बमोजिम सहमतिको सरकार गठनका लागि आह्वान गरेपछि मात्रै कांग्रेसले प्रधानमन्त्रीको उमेदवार सार्वजनिक गर्ने समेत साक्षात्कारमा स्पष्ट पारे।
सरकार र संविधानका विवादित विषयमा एकै पटक सहमति गरेर सहमतिको सरकार गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। विपक्षी दलहरुले पहिला सहमतिको सरकार पछि मात्रै अन्य विषयमा छलफल गर्न सकिने धारणा सार्वजनिक गरिरहेको बेला निधिको दुवै विषयमा एकै पटक छलफल गर्न तयार हुनुपर्ने धारणा आएको हो।
महाधिवेशनले ३० वटामात्र विभाग गठन गर्ने निर्णय गरेकोमा सभापतिले १२ वटा थप गरी ४२ वटा गठन गरेको सम्बन्धमा राखिएको जिज्ञासामा निधिले विधान विपरित देखिएको र आफूहरुसँग सल्लाह नै नगरी विभागगठन गरिएकोले सभापति, देउवा र पौडेलवीच छलफल गरेर फेरि निर्णय गर्नुपर्ने माग गरे।