राष्ट्रपतिको चेतावनी : असफल मुलुक बन्ला
२१ साउन २०६९
•
१२ मिनेट पाठ
राष्ट्रपतिको चेतावनी : असफल मुलुक बन्ला
बालकृष्ण अधिकारी, काठमाडौं, साउन २२ - दलका नेताहरूलाई राष्ट्रपति रामवरण यादवले तत्काल राजनीतिक संकट समाधान नगरे मुलुक असफल राष्ट्र बन्ने चेतावनी दिएका छन्। राजनीतिक संकट समाधानबारे पटकपटक दलका नेतालाई सुझाए पनि समाधान नभएपछि तत्कालीन संविधानसभामा सहभागी सबै दलका नेतालाई शीतलनिवास बोलाएर आइतबार उनले भने, 'तत्काल समस्या समाधान गर्नुस्, हैन भने विदेशी हस्तक्षेप बढ्छ।'




एकीकृत माओवादी, नेपाली कांग्रेस, एमालेलगायत प्रमुख दलका प्रमुख नेतासहित करिब ४० जना सहभागी रहेको सामूहिक छलफलमा राष्ट्रपतिले 'एक महिना यस्तै अवस्था रहे, नेपाल असफल राष्ट्र हुने र युएनलगायत अन्तर्राष्ट्रिय शक्ति नेपाल भित्रिने' चेतावनी दिए।

'राष्ट्र संघ नेपाल आयो भने के हुन्छ? तपाईंहरू जानकार नै हुनुहुन्छ,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'अफगानिस्तान र इराकको अवस्था बुझ्नुभएकै होला।' परामर्शमा उनले पटकपटक तत्काल सहमतिमा आउन दलहरूलाई आग्रह गरेका थिए।

संविधान जारी नगरी संविधानसभा विघटन भएको दुई महिना बित्दासमेत सरकार र दलहरूले मुलुकलाई निकास दिन कुनै प्रयत्न नगरेकामा असन्तुष्ट बनेका राष्ट्रपति यादवले संविधानसभा विघटनपछिका दुई महिना सरकार र दलहरूले त्यसै खेर फालेकोप्रति सरकार र दलहरूप्रति रोष प्रकट गरेका थिए।

'सहमति गर्ने र मुलुकलाई निकास दिने तपाईं (राजनीतिक दलहरू) ले हो, मुलुकलाई असफल राष्ट्र बनाउने कि के हो,' उनले प्रश्न गर्दै भने, 'होइन देश असफल राष्ट्रमा परिणत भए पनि होस् भनेर खुट्टा तानेर बस्ने?'

'देश अफगानिस्तानजस्तै बनोस् भन्ने त पक्कै तपाईंहरूले चाहनुभएको हैन होला,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'कि देश भड्खालोमा जाओस् भन्नुपर्यो, हैन भने देश बचाउने र जोगाउने तपाईंहरूले नै हो।'

उनले तत्काल सहमति नगर्ने हो भने अब एक तृतीयांश बजेट सकिने, संवैधानिक अंग रिक्त हुने र अन्ततः मुलुक नै असफल राष्ट्र बन्न सक्नेतर्फ दलहरूको ध्यानाकर्षण गराएका थिए। 'तपार्इंहरूलाई थाहा नै होला, देश असफल बन्यो भने युएन आउ छ, बाहिरी हस्तक्षेप बढ्छ, त्यसैले तपाईंहरू मिलेर मुलुकलाई जोगाउनु होला,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै माले महासचिव सिपी मैनालीले भने, 'मुलकमा स्थायित्व छैन, हाम्रो देश अफगानिस्तान हुनसक्छ, तपार्इंहरू मिलेर निकास दिनुहोला।'
'देश, जनताप्रति इमान्दार बनेर मुलुकलाई तत्काल निकास दिनुहोस्, मैले के भयो भनेर सोध्नु नपरोस्, हामी सहमतिमा पुग्यौं भन्ने सन्देशसहित आउनुहोला,' स्रोतले राष्ट्रपतिलाई उद्धृत गर्दै भन्यो, 'मुलुकको राजनीतिक अवस्थामा तपाईंहरू धेरै जानकार हुनुहुन्छ, राजनीतिमा मैलेभन्दा तपाईंहरूले नै धेरै भोटो फटाउनुभएको छ, मैले त सहमतिका लागि सहजीकरणमात्र गरेको हुँ, गर्ने तपाईंहरूले नै हो।'

राष्ट्रपतिले आफ्ना कुरा राखेपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विवादित विषयमा सहमति गरेर संविधानसभा पुनर्स्थापना गर्नुपर्ने धारणा राखेका थिए। 'पुनर्स्थापित संविधानसभाले संविधान जारी गरेर अघि बढ्नुपर्छ,' दाहालले राष्ट्रपतिसँग भनेको स्रोतले उद्धृत गर्यो। दाहालले प्रमुख दलहरूबीच भएको पाँच बुँदे सहमतिमा टेकेर विवादित सबै विषय समाधान गरी सहमति सरकार गठन गर्न प्रस्ताव गरेका थिए। दलहरूबीच संविधानसभा पुनर्स्थापनामा सहमति नभए संविधानसभा निर्वाचनको अर्को विकल्प नभएको दाबी उनले गरेका थिए।

दाहालको प्रस्तावमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले समर्थन जनाए। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले विगतमा भएको सहमतिलाई आधार मानेर निकास खोज्ने विषयमा छलफल भएको जानकारी दिए। उनले भने, 'अर्को सरकारले के गर्ने भन्ने आधार विगतमा भएको पा चबु दे र सातबु दे सहमतिलाई बनाउनुपर्छ भन्ने आएको छ।'

कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहित विपक्षी दलहरूले भने दाहालको प्रस्ताव अस्वीकार गरेका थिए। सहमतिको प्रस्थानविन्दु बाबुराम सरकारको राजीनामा र सहमतीय सरकार गठन भएको भन्दै कांग्रेस र एमालेले त्यसपछि मात्र निकासको विकल्पबारे छलफल हुने बताए।
सरकारले विपक्षी दलको सहमतिबिना एकलौटी घोषणा गरेको चुनाव निर्वाचन आयोगले गराउन नसक्ने घोषणा गरिसकेकाले सरकार र राजनीतिक दल पूर्ण रूपमा असफल भएको आरोप कांग्रेस-एमालेको थियो।

वर्तमान सरकार अब रहन नसक्ने जिकिर गर्दै विपक्षी दलहरूले तत्काल प्रधानमन्त्रीले सहमतिको सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने धारणा राखे। 'तपाईंहरूलाई अब सरकारमा बस्नै नैतिक आधार छैन, तत्काल सरकार छाडेर मुलुकलाई निकास दिनुहोस्, तपाईंहरूका कारण मुलुक अनिर्णयको बन्दी बन्नु हुन्न,' कांग्रेस सभापति र एमाले अध्यक्षले भनेका थिए। 'पहिले ठाउ खाली गर्नुपर्छ, अहिले दुई दलमात्र छन्, सबै अटाउने ठाउ बनाउनुपर्छ,' एमाले अध्यक्ष खनालले राष्ट्रपतिसँग छलफलपछि भने, 'त्यसपछि निकासका विकल्पबारे छलफल गर्न सकिन्छ।'

माओवादी अध्यक्ष दाहालले सहमति गरेर सरकार छाड्न आफ्नो दल तयार रहेको बताए। 'हामीलाई सरकार चलाउन पनि गाह्रो भएको छ, छाड्न पनि अप्ठ्यारो परेको छ, जतिसक्यो छिटो सहमति निर्माण गरेर सरकार छाड्न तयार छौं,' दाहालको भनाइ उद्धत गर्दै स्रोतले भने।

प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूबीच सहमति निर्माण भएपछि सरकार छाड्न तयार रहेको बताए। राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईंहरूलाई यो कुर्सीमा टाँसिएर बस्यो भन्ने लागेको होला, तपाईंहरू सहमति गर्नुहोस्, म एक दिन पनि बस्न तयार छैन।'

मधेसवादी दलका नेताहरूले संविधानका विवादित विषय, सहमतिको सरकारसाथै आगामी निर्वाचन कस्तो हुने भन्ने विषयमा समेत सहमति गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। दलहरूबीच संविधानका विवादित विषयमा सहमति भए संविधानसभा पुनर्स्थापना गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। अन्य विषयमा सहमति निर्माण नगरी सरकार परिर्वतनको मात्र कुरा नगर्न उनीहरूले विपक्षी दलसँग आग्रह गरेका थिए।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको सरकारसहित सबै विषयमा प्याकेजमा नै सहमति हुनुपर्ने धारणा राखे। 'लोकतान्त्रिक पद्धतिमा प्रत्येक पा च वर्षमा निर्वाचनमा जानुपर्छ, मंसिर ७ मा चुनाव नहुने भएपछि कस्तो चुनाव, कहिले भन्नेसहित सबै विषय टुंगो लाग्नुपर्छ।'
भेटपछि माओवादी अध्यक्ष दाहालले विद्यमान अन्योलबाट मुलुकले छिटो निकास पाउनुपर्छ भन्नेमा राष्ट्रपति चिन्तित रहेको जानकारी दिँदै सहमतिका लागि आफूले फेरि दलहरूलाई बोलाउनु नपर्ने गरी सहमति गर्न आग्रह गरेको जानकारी दिए। 'उहा ले छिटो सहमतिमा पुग्न भन्नुभएको छ, हामी अब छिटो छलफल सुरु गर्छौं,' उनले भने। कांग्रेसका सुशील कोइरालाले सहमतिका लागि प्रधानमन्त्रीले बाटो खुला गर्नुपर्ने बताए। 'दलहरू मिल्नुको विकल्प छैन, सहमतिको सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्छ, त्यसका लागि प्रधानमन्त्री बाधक हुनुहुन्छ,' उनले भने।

एमाले झलनाथ खनालले सहमतिका लागि पहिले कामचलाउ सरकाले राजीनामा दिनुपर्ने दाबी गर्दै भने, 'आफूले घोषणा गरेको चुनाव गराउन सरकार र त्यसमा रहेका राजनीतिक दलहरू असफल भएपछि प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने नैतिक अधिकार छैन।'

राप्रपा अध्यक्ष पशुपतिशमसेर राणाले मुलुकको संकट निकासका लागि दुई चरणमा सहमति खोज्नुपर्ने बताए। 'पहिले सहमतिको खाका बनाउनुपर्छ, दोस्रो सहमतिको सरकार बनाउ दै चुनावका लागि संवैधानिक रिक्तता अन्त्य गर्नुपर्छ, संविधानसभा कि संसदको चुनाव भन्ने सहमति गरेर अघि बढ्नुपर्छ,' उनले भने। राप्रपा नेपाल अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानुको विकल्प नरहेको उल्लेख गर्दै निष्पक्ष चुनावी सरकार गठन गरेर अघि बढ्नुपर्ने धारणा राखे।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस