खिलानाथ ढकाल, विराटनगर, साउन २७- एमाले स्थायी समिति सदस्य केपी ओलीले भावी प्रधानमन्त्रीका रूपमा मिडियाले आफूलाई गलत प्रचार गरेको आरोप लगाएका छन्। ओलीले मिडियालाई 'आफ्नो प्रचार नगर्न' आग्रह गरे।
कृष्ण सिग्देल स्मृति प्रतिष्ठान विराटनगरको साधारणसभा उद्घाटन गर्न आएका ओलीले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने, 'कसले राखेको छ प्रधानमन्त्रीको चाहना? तपाईंहरू आफ्नो प्रचार गर्नुहोस्, किन मेरो प्रचार गर्नुहुन्छ।' सञ्चारमाध्यमको इच्छाचाहिँ आफ्नो नाममा प्रकट गरिराखेको दाबी गरे।
भारत भ्रमणपछि फर्केर ओलीले भावी प्रधानमन्त्रीका रूपमा आफूलाई उभ्याएका थिए। उनले भने, 'मिडियाले आफ्नो इच्छा चाहिँ मेरो नाममा प्रकट गरिराखेको छ, किनभने मिडियालाई थाहा छ कि म प्रधानमन्त्री भएँ भने फाइदा हुन्छ, सहुलियत हुन्छ, त्यो कुरा मिडियाले बुझेका छन्।' परिआएको खण्डमा भने आफू पछि नहट्ने ओलीको भनाइ थियो।
जसको नेतृत्वमा सहमति बन्छ उ नै प्रधानमन्त्री हुने भन्दै ओलीले कांग्रेसले प्रधानमन्त्रीको नाम दिननसकेको गुनासो गरे। 'खै कांग्रेसलाई उम्मेद्ववारको नाम दिनुस् भनेको दिन सकिरहेको छैन,' उनले भने।