प्रकाश तिमल्सिना, काठमाडौं, भदौ ११- थोरै काम, धेरै विवाद, ओर्लंदो लोकप्रियता। प्रधानमन्त्री बाबुराम भट्टराई सत्ताका एक वर्षप्रति सर्वसाधारणमात्र होइन, स्वयं उनको पार्टीले स्वीकारेको सत्य यही हो।
'पार्टी विस्तारित बैठक, महाधिवेशन आयोजक समिति र ताम्सालिङको प्रशिक्षणमा पनि बाबुरामजीको सरकारको व्यापक आलोचना भयो,' केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवक्ता अग्नि सापकोटाले शनिबार संवाददातासँग भने।
भट्टराई नेतृत्वको सरकार आइतबार एक वर्षको भयो। पाँच वर्ष लामो स्थायी सरकार बनेको भए पनि एक वर्षले बाँकी वर्षको छनक दिइसक्थ्यो। त्यसमा पनि संक्रमणकालीन समय भएकाले सरकारका कामकारबाहीले बढी उद्वेलित तुल्याए। सरकार गठनका बेला उनले अघि सारेका कुनै पनि प्रतिबद्धता पूरा भएनन्- यो त उनी आफैंले स्वीकार गरेको यथार्थ हो।
प्रधानमन्त्रीको जिम्मेवारी पाउनासाथ उनका प्राथमिकता थिए- शान्ति, संविधान र राहत। उनको प्रतिबद्धताअनुसार न शान्ति प्रक्रिया टुंगियो, न संविधान नै जारी भयो। राहत पाउनु त आकाशको फल।
संविधानबिनै जेठ १४ मा संविधानसभा विघटन भयो। शान्ति प्रक्रिया अझै टुंगिएको छैन। तैपनि प्रधानमन्त्री भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंगोमा पुर्याएको दाबी गरिरहेका छन्। तथापि भट्टराई सरकारले पाँच वर्षदेखि शिविरमा अन्योलग्रस्त बाँचेका लडाकुमध्ये धेरैलाई स्वैच्छिक अवकाश दिएर सकारात्मक काम गर्न सक्यो।
भट्टराईले चार विवादास्पद अभिव्यक्ति दिए। आफैंले वाचा गरेको शान्ति र संविधानमा सहमति जुटाउन नसके ४५ दिनमा राजीनामा दिने घोषणा गरेका थिए। पछि, राष्ट्रसंघीय सभाबाट फर्कंदा विमानस्थलमा आफूले त्यस्तो नभनेको बताए। मुलुक 'छिमेकीहरुमा मर्ज हुन सक्छ', 'चाबी अन्तै रहेछ' जस्ता अभिव्यक्तिले उनलाई विवादमा पारे। निर्वाचित प्रधानमन्त्री नआएसम्म कुर्सी नछाड्ने उनको अभिव्यक्तिले सहमतिको राजनीतिलाई कमजोर बनाउने काम गर्यो।
भट्टराईले ४९ जनाको इतिहासकै 'जम्बो मन्त्रिमण्डल' बनाए। त्यसमा तत्कालीन पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षधर सहभागी भएनन्। मन्त्रिमण्डलका केही सदस्य भ्रष्टाचारमा संलग्न भएको सार्वजनिक भयो। वैशाख अन्तिम साता सहमतिका आधारमा सरकारमा सहभागी कांग्रेस र एमालेसहितका दल संविधानसभा विघटनपछि बाहिरिए। एक वर्षमा बाबुरामले १३ पटक सरकरको पुनगर्ठन गरे। पछिल्लो पुनर्गठनमा नौ मन्त्रालयमा उनले कसैलाई जिम्मेवारी दिन सकेका छैनन्।
प्रधानमन्त्री हुनेबित्तिकै बाबुरामले युद्धकालमा कब्जा घरजग्गा फिर्ता गर्छु भने पनि कार्यान्वयन गर्न सकेनन्। सुशासनभन्दा मन्त्री खुलेआम भ्रष्टाचार र अनियमिततामा संलग्न भएको सार्वजनिक भयो। सेना समायोजन टुंग्याउने भने पनि विवाद अझै जारी छ। महँगी र कालोबजारी यथावत छ।
५२ दिनको सार्वजनिक बिदा घटाउने भने पनि उल्टै थप एक दिन सार्वजनिक बिदा थपियो। राहत कार्यक्रमलाई प्राथमिकतामा राखेको भनियो, धान रोप्ने बेला किसानले रासायनिक मल पाएनन्। महिनौंसम्म ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति असहज रह्यो।
भट्टराईले दलबीच विश्वासको वातावरण बनाउन सकेनन्। रोक्न सक्ने सम्भावना हुँदाहुँदै पनि व्यवस्थापिका संसदलाई रोक्न सकेनन्, नयाँ निर्वाचन मिति घोषणा गरेर त्यो सम्भावनालाई टारिदिए। ७ मंसिरमा संविधानसभाको पुनः निर्वाचन गर्ने घोषणा गरे तर त्यो पनि पूरा नहुने भयो। अर्काे निर्वाचन मिति तोक्न न उनले सहमतिको प्रयत्न गरेका छन्, न त्यो जुट्ने विश्वास उनलाई छ। भट्टराईलाई विपक्षी दलले नै विरोध र निषेध गरेर हिँडिरहेको अवस्थाबाट अघि बढ्न सहज छैन।
विवादित निर्णय गर्र्न पनि भट्टराई अब्बल प्रधानमन्त्रीको रूपमा इतिहासमा दर्ज भए। सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई माफीको सिफारिस, माओवादी अध्यक्ष दाहालपुत्र प्रकाशलाई सगरमाथा आरोहणका लागि २ करोड दिने निर्णय, द्वन्द्वकालमा पार्टी 'जनसत्ता' ले गरेका निर्णयलाई सरकारी मान्यता दिने निर्णयले उनलाई विवादमा ताने। व्यापक दबाब परेपछि फिर्ता लिन उनी बाध्य भए।
भारतसँग गरिएको बिप्पा, कोसी उच्च बाँध, पञ्चेश्वर परियोजना, माथिल्लो कर्णालीसम्बन्धी सम्झौता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई व्यवस्थापनको जिम्मेवारी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएको चर्चित चारबुँदे सहमतिले भट्टराईलाई अत्यधिक विवादमा तान्यो। यसमध्येका केही बुँदा भने विवादका निम्ति विवादमात्र हुन्। विकासका दृष्टिले तिनको महत्व भविष्यमा देखिनेछ।
भट्टराईले आफ्नै पार्टीका तत्कालीन उपाध्यक्ष वैद्य पक्षधरबाट सबैभन्दा बढी आलोचना खप्नुपर्यो। वैद्यहरुबाट उनलाई विमानस्थलमै कालोझन्डा देखाउन पुगे। भारतसँग बिप्पा गरेर 'भट्टराईले जुवा खेले' भनेर वैद्य पक्ष अहिले पनि निरन्तर आरोप लगाउँदैछ। आफूविरुद्ध चर्का नाराबाजी र असन्तोष व्यक्त गरिरहेका असन्तुष्ट लडाकुलाई दाहाल-भट्टराईले नेपाली सेनालाई अनुमति दिएर २८ चैतमा नियन्त्रणमा लिन लगाएपछि त वैद्य पक्ष झन् आक्रोशित भयो। त्यसको विरोधमा उनीहरुले ३० चैतमा राँके जुलुस निकालेर विरोधमात्रै जनाएनन्, दाहाल-भट्टराई दुवै नेताको पुत्लादहनसम्म गरे। आफ्नै पार्टीका नेताको पुत्ला दहन गरेको सम्भवतः यो पहिलो अभ्यास थियो, माओवादीमा।
भट्टराईले सरकारको नेतृत्व गरेपछि थप गहिरिँदै गएको पार्टी विवाद अन्ततः विभाजनमा बदलियो। भट्टराईले सरकारको नेतृत्व गरिरहेका बेला नै ५ असारमा औपचारिक रूपमा वैद्य पक्षधर विभाजन भई नेकपा-माओवादी छुट्टै पार्टी गठन गरे। त्यस्तै, उनकै सरकारमा सहभागी दलमध्ये मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, माले समाजवादी र चुरेभावर पार्टीमा पनि विभाजन भयो। सत्तामा रहेका प्रायः दलमा विभाजन भएको अनौठो संयोग पनि भट्टराईको पालामा देखियो।
भट्टराई सरकारले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न 'हेलो सरकार' कार्यक्रम ल्याए। सुरुवात राम्रो थियो तर त्यो निरन्तर र प्रभावकारी हुन सकेन।
नेपालमै उत्पादित मुस्ताङ म्याक्स गाडी चढेर नौलो प्रयोग गरे भट्टराईले तर मन्त्रिपरिषद र आफ्नै सचिवालयको जम्बो आकारले त्यसलाई उनको ढोंगी चरित्र साबित गरिदियो। राजधानीका सडक विस्तार गरेर उनले जनताको विश्वास जित्ने त कोशिस त गरे तर त्यो कानुनतः बनाउन नसकेको आरोप पनि काठमाडौंका बासिन्दाले लगाइरहे। बागमती किनारबाट सुकुम्बासी हटाउने काम वैकल्पिक व्यवस्थाबिनै गरिएकाले पार्टीभित्रै र बाहिर त्यसको दुवैतिर व्यापक आलोचना भयो।
निकै आशा गरिएका भट्टराई कुर्सीमान भएपछि यति धेरै आलोचित, विवादित हुने अपेक्षा सर्वसाधारणमा थिएन।