दिलीप पौडेल, बाग्लुङ, भदौ २५- नेपाली कङ्ग्रेसका सभापति शुशील कोइरालाले तत्कालको लागि संविधान सभा पुर्नस्थापनाको सम्भावना नरहेको स्पष्ट पारेका छन्। एनेकपा माओवादीले विगतका सहमति कार्यान्वयन नगरेकोले संविधान सभा पुर्नस्थापनाका नाममा अन्य दललाई फँसाउन खोजेको आरोप लगाए।
'व्यक्ति र पार्टीपिच्छे प्रधानमन्त्री बनाउन सहयोग गर्छु भनेर आश्वासन बाँडिएको छ,' कोइरालाले भने,' विगतका सहमतिको कार्यान्वयन नभएसम्म संविधान सभा पुर्नस्थापना हुँदैन।'
पूर्व सम्झौता अनुसार कब्जा गरिएका जग्गाजमिन फिर्ता, चन्दा आतंक बन्द लगायतका विषयमा सहमति कार्यान्वयन नभएकोले पुर्नस्थापनापछि आफ्नै एजेण्डा लादन प्रयत्न भएको उनले बताए।
नेपाल प्रेस युनियन,बाग्लुङको आतिथ्यतामा आयोजना गरिएको युनियनको धौलागिरी अञ्चल भेला सोमबार उदघाटन गर्दै कोइरालाले माओवादीले पटक-पटक प्रपन्च गरेर फँसाउन खोजेको बताए।
राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म संविधानसभा पुनस्थापना वा संसदीय निर्वाचनमा सहमति जुट्न नसक्ने कोइरालाको भनाई छ। ' माओवादी अध्यक्ष प्रचण्डले संविधान सभा पुर्नस्थापनाको एजेन्डा ल्याउँदा विश्वासको आधार दिन भनेको हुँ,' कोइरालाले भने,' कङ्ग्रेस पार्टी सभापतिको भेलाले नयाँ निर्वाचनकै पक्षमा म्यान्डेट दिएकोले निर्वाचन नै उत्तम विकल्प हो।'