भक्तपुर भदौ ३१ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकासका लागि राष्ट्रपतिले कडा कदम चाल्नु पर्ने बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले राष्ट्रपतिले पहिले नै कडा कदम नचाल्दा समस्या झन् बढ्दै गएको धारणा राखे।
अध्यक्ष यादवले भने-''राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएर चिया खुवाएर पठाउने मात्र गर्नु हँुदैन, दलहरुले सहमति गर्न नसके संविधानको संरक्षकको हैसियतले राजनीतिक निकास दिन कडा कदम चाल्ने आँट गर्नुपर्छ।''
देशलाई अध्यादेशबाट चलाउन खोजेर सरकारले लोकतन्त्रको उपहास गराउने काम गरेको उनले आरोप लगाए।
ठूला तीन दलले संविधानसभा पुनःस्थापना गर्नुपर्छ भन्ने भनाइलाई बालहठको सङ्ज्ञा दिँदै उनले अब संविधानसभाको नभई संसदीय निर्वाचन हुनु पर्नेमा जोड दिए।
उनले संविधान निर्माण प्रक्रिया ९० प्रतिशत सकिएकाले बाँकी १० प्रतिशतका लागि फेरि संविधानसभाको चुनाव आवश्यक नभएको टिप्पणी गरे।- रासस