काठमाडौं, असोज ५ (नागरिक)- अमेरिकाबाट सुरुआत भएको पेन्टवलको प्रतियोगिता नेपालमा पहिलोपटक हुने भएको छ। कल्पवृक्ष प्रालिअन्तर्गत ब्याटलफिल्डले गर्न लागेको रेडबुल अल्टिमेट पेन्टवल शुक्रबार र शनिबार दुई दिन चल्नेछ।
२६ टोलीले नाम दर्ता गराइसकेको आयोजक अध्यक्ष मनिषजंग जोशीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए।
सानेपास्थित ९ हजार स्क्वायर फुटमा फैलिएको ब्याटलफिल्डमा हुने प्रतियोगिता विजेताले २५ हजार र उपविजेताले आर्कषक पुरस्कार पाउने आयोजकले जनाएको छ। एडभेन्चर स्पोर्टसअन्तर्गत पर्ने पेन्टबल खेल अमेरिका र युरोपमा धेरै
युवाले रूचाएको खेलमा पर्ने आयोजकको दाबी छ। नेपालमा भने एक वर्षअघि भित्रिएको हो।
सामूहिक रूपमा टिम लिडरसीप, टिमवर्क र स्पिरिट
बढाउन पेन्टवलले सहयोग गर्ने ब्याटलफिल्डका अध्यक्ष जोशीले बताए। जोशीले भने, 'पेन्टवल नेपालका लागि नयाँ खेल हो, पेन्टवल छिटै नेपाली युवाबीच लोकप्रिय खेल बन्ने हाम्रो विश्वास छ।'
युद्धको जस्तो डिजाइन दिएको पेन्टवल दुई समूहबीच प्रतिस्पर्धा हुने गर्छ। गियर, मास्क, पन्जा, सुट, मार्कर र रगका गोली प्रयोग गरेर एक घन्टासम्म खेलिन्छ। दुवैका खेलाडीले विपक्षीलाई तार्किक र कूटनीतिक रूपमा खेलेर अर्को टिमको झन्डा लिएपछि खेल सकिन्छ।
खेलका क्रममा एक समूहका खेलाडीले हानेको रगंको गोली अर्को समूहका खेलाडीलाई लागेपछि बाहिरिनुपर्ने नियम हुन्छ। एक समूहमा १४ खेलाडीसम्म राख्ने प्रावधान भए पनि नेपालमा हुने प्रतियोगितामा एक समूहमा ५ खेलाडी रहने छन्। एक खेलाडी आउट भएमा विपक्षीले १० अंक प्राप्त गर्नेछ भने क्याम्प नै नियन्त्रणमा लिन सफल भए २५ अंक पाउने बताइएको छ।