खुमलटार अपराजित
०५ असोज २०६९
•
१ मिनेट पाठ
खुमलटार अपराजित
काठमाडौं, असोज ६ (नागरिक)- सहिद स्मारक रेडबुल सी डिभिजन लिगमा खुमलटार युवा क्लबले अपराजित यात्रा कायम राखेको छ। समूह 'क' को शीर्षमा स्थानमा आफूलाई बलियो पार्ने क्रममा खुमलटारले शनिबार ज्ञानभैरव युवा क्लबलाई ४-० ले पराजित गरेको थियो।

खुमलटारका विनोज राई, साजन थापामगर, सुजन राउत र राजकाजी थापाले क्रमशः १७, ३१, ६२ र ७७औं मिनेटमा गोल गरे। खुमलटारले सतप्रतिशत नतिजा निकाल्दै समूहको अंकतालिकामा १५ अंक पुर्‍याएको छ।

शनिबारै कलंकी नवज्योति र भगवती क्लबले विजय नतिजा निकालेका छन्। सुसन राईको दुई गोलमा नवज्योतिले खालीबारी फुटबल क्लबलाई २-० ले पराजित गर्‍यो।

सुसनले ७६ र ८७औं मिनेटमा गोल गरे । भगवतीले झम्सिखेल युथ क्लबलाई १-०ले हराउँदा दिनेश डंगोलले ३१औं मिनेटमा गरेको गोल निर्णायक भयो। समूह 'क' मै रहेका नवज्योति ८ र भगवती ६ अंक बनाउँदै अंकतालिकामा यथावत् रहे। यी दुई क्रमशः चौथो र पाँचौं स्थानमा रहँदा त्यसपछि झम्सिखेल (२) र खालीबारी (१) छन्।
शीर्षमा रहेको खुमलटार (१५) भन्दा पछाडि ज्ञानभैरव (१०), ब्वाइज स्पोर्टस (९) छन्।
अर्को समाचार
सि डिभिजनको फाइनलमा हानाहान
०८ असोज २०६९
•
४ मिनेट पाठ
सि डिभिजनको फाइनलमा हानाहान
काठमाडौं, असोज ९ (नागरिक)- नयाँबस्ती सक्षमनगर युवा क्लब सहिद स्मारक 'बी' डिभिजन लिगमा बढुवा भएको छ। एन्फा टेक्निकल सेन्टरमा सोमबार सम्पन्न फाइनलमा समूह चरणमा अपराजित खुमलटार युवा क्लबलाई ३-१ ले हराउँदै सक्षमनगर सी लिगको च्याम्पियन बनेको हो। निर्धारित समय गोलरहित भएको थियो।
 

खुमलटार समूह ए र सक्षमनगर समूह 'बी' को विजेता भएर फाइनल खेलेका थिए। सक्षमनगर समूह चरणमा १ खेलमा पराजित भएको थियो भने खुमलटारले सबै ६ खेल जितेको थियो।

टाइब्रेकरमा सक्षमनगरका श्रीकृष्ण खड्का, उमेश लामा र कृष्ण खत्रीले गोल गरे। भीम तामाङ र तेज तामाङ गोल गर्नबाट चुके। खुमलटारबाट कृष्ण गिरी मात्र गोल गर्न सफल भएन। सुरज राउत, साजन थापा र रुपबहादुर लामा पेनाल्टीमा गोल गर्न असफल भए।
खेल सकिएपछि दुई टोलीका खेलाडीबीच केहीबेर तनाव भएको थियो। खेल सकिएपछि हात मिलाउने क्रममा खेलाडीबीच हानहान भएको हो।

खेलाडी र व्यवस्थापनको अथक प्रयासपछि स्थापनाको ५ वर्षमै बी डिभिजन पुग्न सफल भएको खुसी व्यक्त गर्दै सक्षमनगरका अध्यक्ष बालकृष्ण भुजेलले भने, 'अब बी डिभिजनमा केही वर्ष बिताएपछि मात्र हामी ए मा बढुवाको प्रयास गर्नेछौं। ए डिभिजन पुग्न सजिलो छैन।'

२०६४ मा खुमलटारलाई नै हराएर सी डिभिजनमा उक्लेको स्मरण गर्दै भुजेलले थपे, 'संयोग नै मान्नुपर्छ यसपटक पनि खुमलटारलाई नै हराएर सी च्याम्पियन बन्यौं।' उनका अनुसार बौद्ध जोरपाटीमा रहेको नयाँबस्ती र सक्षमनगर टोल सुधार समिति अघिल्लो वर्ष एकीकरण भएपछि नयाँबस्ती सक्षमनगरका नाममा फुटबल खेल्न थालिएको हो। २०६४ मा स्थापना भएदेखि नै सक्षमनगर फुटबलमा सक्रिय थियो। भुजेलका अनुसार एकीकरणपछि नयाँबस्तीका तत्कालीन अध्यक्ष श्रीबहादुर योगीले प्रशिक्षक र भुजेलले क्लबको व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए। उनले सी लिग खेल्दा साढे ४ लाख रुपैयाँ खर्च भएको बताए।

समूह चरणमा उच्च प्रदर्शन गरे पनि फाइनल नजित्नुलाई खुमलटारका प्रशिक्षक प्रदीप महर्जनले दुर्भाग्य माने। 'राम्रो खेल्दाखेल्दै टाइब्रेकरमा हारियो,' उनले भने, 'खेल नियन्त्रणमा लिँदा पनि गोल गर्न सकिएन। ३-४ वटा वान भर्सेस वान मिस भयो। केही पोस्टमा लाग्यो। टाइब्रेकरमा भाग्यले साथ दिएन।'

अर्को खेलमा खालीबारी युवा क्लबसँग ४-१ ले पराजित हुँदै चारुमती युवा क्लब सी डिभिजनबाट रेलिगेसनमा परेको छ। एकतर्फी खेलमा खालीबारीका ओम गुरुङले ह्याटि्रक गरे भने प्रियस तामाङले अर्को गोल थपे। चारुमतीका कैलाश राईले सान्त्वना गोल फर्काएका थिए।

भदौ २० देखि सुरु लिगमा १३ क्लब सहभागी थिए। सक्षमनगर बढुवा र चारुमती रेलिगेसनमा परेपछि ११ क्लब सी डिभिजनमा यथावत छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस