चुनावमा जाने सहमति भए पनि प्रक्रियामा मतभेद कायमै
०६ असोज २०६९
•
९ मिनेट पाठ
चुनावमा जाने सहमति भए पनि प्रक्रियामा मतभेद कायमै
मिति कहिले, कसले तोक्ने?
बालकृष्ण अधिकारी, काठमाडौं, असोज ७ - संविधानसभा पुनर्स्थापनामा सहमति जुटाउन विफल प्रमुख दलहरु दोस्रो चुनावमा जान तयार देखिए पनि विधि र प्रक्रियामा अलमलिएका छन्। उनीहरुबीच कहिले र कसरी चुनाव गराउने भन्नेमा नै तीव्र मतभेद छ।
 मिति कहिले, कसले तोक्ने?
कानुनी अड्चन कुन सरकारले फुकाउने?
पहिलो संविधानसभाका निर्णय के गर्ने?
सिट संख्या कति राख्ने?   

पहिलो संविधानसभाका निर्णय र संविधानमा यसअघि बनेका सहमतिलाई दोस्रो संविधानसभाले लिने कि नलिने भन्नेमा पनि दलहरुबीच एकमत छैन।
नेपाली कांग्रेस, एमालेसहित विपक्षी दलहरु बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमनपछि मात्र चुनावको विधि र प्रक्रियालगायत विषयमा सहमति खोज्नुपर्ने अडानमा छन्। राष्ट्रिय सहमतिको नयाँ सरकार बनाएरमात्र चुनावका लागि आवश्यक संवैधानिक र राजनीतिक जटिलता हटाउनुपर्ने उनीहरूको तर्क छ।
सत्तारुढ गठबन्धनका एकीकृत माओवादी, मधेसी मोर्चालगायत दलहरु भने अहिलेको सरकारले नै चुनावको मिति तोकेर अघि बढ्नुपर्ने पक्षमा छन्। संविधानमा सहमति जुटिनसकेको अवस्थामा भट्टराई सरकारको विकल्प नभएको दाबी गर्दै उनीहरु यही सरकारले चुनाव र त्यसका लागि आवश्यक संवैधानिक तथा राजनीतिक सहमति जुटाउनुपर्ने अडान लिइरहेका छन्।
चुनावका लागि कम्तीमा प्रमुख दलहरुबीच सहमति आवश्यक रहेको तर त्यसमा सरकार विफल भएको दाबी गर्दै विपक्षी दलहरु नयाँ सरकारले मात्र मितिलगायत चुनावसम्बन्धी निर्णय लिन सक्ने अडानमा छन्।
'सहमतिमा निर्वाचनको मिति तोक्न, संवैधानिक र राजनीतिक जटिलता हटाउन बाबुराम भट्टराईले प्रधानमन्त्री छाडेर बाटो खोलिदिनुपर्छ,' कांग्रेस नेता विमलेन्द्र निधिले नागरिकसँग भने, 'अन्य दलहरुसँग समेत छलफलमा नयाँ सरकारले निर्वाचनका लागि आवश्यक कानुनी जटिलता हटाउन राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ।'
निर्वाचन क्षेत्र वा अन्य बहानामा चुनाव नगराउने कुरा घातक हुने उल्लेख गर्दै निधिले विद्यमान दुई सय ४० निर्वाचन क्षेत्रलाई नै कायम राखेर बढीमा एक सय २० समानुपातिक सिट अथवा ३ सय ११ लाई नै मानेर चुनावमा जानुपर्ने पक्षमा कांग्रेस रहेको जानकारी दिए। '६०१ बनाउनुहुन्न भन्नेमा हामी प्रस्ट छौं,' उनले भने, '३११ वा जतिसक्दो सानो बनाएर छिटो निर्वाचन गराउनुपर्छ।'
एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले नयाँ संविधानसभाका लागि सभासद संख्या घटाउनुपर्छ भन्नेमा आफ्नो पार्टी रहेको उल्लेख गरे। '३ सय ३५ को संसद बनाउने दलहरुबीच पहिले नै सहमति भएको छ,' प्रवक्ता सापकोटाले नागरिकसँग, 'त्यसलाई मानेर जान पनि सकिन्छ, संख्यामा हामी लचिलो छौं।'
एकीकृत माओवादीबाट विभाजनपछि गठित नेकपा-माओवादी भने गोलमेच सम्मेलनमार्फत संविधानका अन्तर्वस्तु, सरकार र कस्तो र कति संख्याको चुनाव भन्ने विषय टुंगो लगाउनुपर्ने पक्षमा छ। नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले गोलमेचमार्फत संविधानका अन्तर्वस्तु र सरकारको नेतृत्व कसले लिने भन्ने टुंगो लगाउनुपर्ने बताए।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई प्रमुख शक्ति भनाउने दलहरु चुनावमा जाने आफ्नो निर्णयमा अडिनेमा आशंका व्यक्त गर्दै दलहरुको सहमतिमा चुनावको मिति तोक्नुपर्ने बताए। सर्वदलीय राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषदको सिफारिसबाट राष्ट्रपतिले चुनावका लागि आवश्यक कानुनी अड्चन हटाउनुपर्ने उल्लेख गर्दै थापाले भने, '५५ प्रतिशत प्रत्यक्ष र ४५ प्रतिशत समानुपातिकबाट निर्वाचित हुनेगरी बढीमा ३ सय ११ संख्याको चुनाव गर्नुपर्छ।'
सञ्चारमन्त्री एवं मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले दलीय सहमतिका आधार चुनावका लागि आवश्यक सबै कानुनी अड्चन हटाउन एकपटकका लागि संविधान उल्लंघन गर्नुपर्ने धारणा राखे। 'मिलेसम्म संविधानभित्रबाटै जाने,' यादवले नागरिकसँग भने, 'संविधानसम्मत नहुने कुरालाई राजनीतिक सहमति गरेर एकपटकमात्र बाधाअड्काउ फुकाउबाट संविधान उल्लंघन गर्नुपर्छ।'
दलहरुबीच संविधानसभाले गरेका निर्णय, त्यसमा भएका छलफल र समझदारीलाई नयाँ संविधानसभाले ग्रहण गर्ने/नगर्ने विषयमा पनि दलहरुबीच एकमत छैन। माओवादी दलहरुबीच अहिलेसम्म भएका सहमति र संविधानसभाले गरेका निर्णयलाई नयाँ संविधानसभाले आफ्नो स्वामित्वको रुपमा ग्रहण गर्नुपर्ने पक्षमा छ। ऊ विगतको सहमतिका आधारमा नै अर्को संविधानसभाले संविधान बनाउनुपर्ने अडानमा छ।
कांग्रेस भने संविधानसभाका दुई निर्णय गणतन्त्र घोषणा र राष्ट्रपति निर्वाचनलाई बाहेक अन्य निर्णयलाई दोस्रो संविधानसभाले रिफरेन्सका रुपमा मात्र लिन सक्ने पक्षमा छ। 'संविधानसभाले चार वर्षमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल हुनेछ भन्ने निर्णय गर्दै राजतन्त्र हटाएर गणतन्त्र कार्यान्वयन गर्ने निर्णय कार्यान्वयनमा आएको छ, त्यो र त्यसले निर्माण गरेका संस्था (राष्ट्रपति) लाई अर्को संविधानसभाले निरन्तरता दिनुपर्छ,' कांग्रेस नेता निधिले भने, 'सार्वभौम संविधानसभाले दलहरुबीच विगतमा भएका सहमति र संविधानसभामा आएका प्रतिवेदनलाई आवश्यकताआनुसार रिफरेन्सका रुपमा लिन पनि सक्छ, नलिन पनि सक्छ।'
एमाले भने विघटित संविधानसभाले गरेका कामलाई आधार बनाएर नयाँ संविधानसभाले काम गर्नुपर्ने पक्षमा उभिएको छ। एमाले नेता भरतमोहन अधिकारीले माओवादी चुनावका लागि अझै तयार नभएको आरोप लगाए। 'बाबुराम भट्टराई र उनको पार्टी निर्वाचनका लागि तयार छ भने चुनावी सरकार गठनका लागि मैले प्रधानमन्त्री छाडेँ, राष्ट्रपतिज्यू, नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्नुहोला भन्नुपर्‍यो,' उनले भने, 'दलीय सहमतिमा गठन हुने सरकारले निर्वाचनका आवश्यक सबै तयारी गर्छ।'
माओवादी प्रवक्ता सापकोटाले दलहरुबीच संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन धेरै लगानी भएको दाबी गर्दै नमिलेका विषयलाई मात्र समाधान गर्नेगरी नयाँ संविधानसभाले काम गर्नुपर्ने बताए। 'पहिले समाधान भएका विषयलाई गाँठो पार्नुपर्छ,' उनले भने, 'सहमति जुट्न बाँकी विषयमा नयाँ संविधानसभाले सहमति खोज्नुपर्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस