राष्ट्रपतिलाई कानुनविदको सल्लाह- 'अविलम्ब सहमतिको सरकार'
०६ असोज २०६९
•
७ मिनेट पाठ
राष्ट्रपतिलाई कानुनविदको सल्लाह- 'अविलम्ब सहमतिको सरकार'
काठमाडौ, असोज ७ (नागरिक)- संवैधानिक कानुनका जानकारहरुले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अग्रसरता लिन राष्ट्रपति रामवरण यादवसमक्ष आग्रह गरेका छन्।




अन्तरिम संविधानले सहमतिको सरकार गठन गर्ने अधिकार राष्ट्रपतिलाई दिएको जिकिर गर्दै शनिबार शीतल निवासमा भेटेर उनीहरुले राष्ट्रपतिलाई अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको नयाँ सरकार गठनको आह्वान गर्न सुझाव दिएका हुन्।
त्यसअघि कामचलाउ (बाबुराम भट्टराई) सरकारलाई नै सहमतिको सरकार गठनका लागि सात दिनको समय दिनुपर्ने उनीहरुको सुझाव छ।
संविधानसभाको नयाँ चुनावमा जान प्रमुख दलहरु सहमत भए पनि चुनावी सरकारका विषयमा दलहरुको आ-आफ्ना अडान कायमै रहेका बेला राष्ट्रपतिले उनीहरुलाई शीतल निवास बोलाएका थिए। अपराह्न राष्ट्रपति कार्यालय पुगेका उनीहरुले संकटको निकासबारे करिब दुई घन्टा छलफल गरेका थिए।
अन्तरिम संविधानको धारा ३८ (१) मा सहमतिको सरकारका लागि राजनीतिक दलहरुलाई आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छ।
राजनीतिक र संवैधानिक संकटबाट मुलुकलाई निकास दिन निरन्तर परामर्शमा रहेका राष्ट्रपतिसँग कानुनविद्हरु पूर्णमान शाक्य, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, विपीन अधिकारी, गणेशदत्त भट्ट, रविनारायण खनाललगायत शीतल निवास पुगेर छलफल गरेका थिए।
उनीहरुले राष्ट्रय सहमतिको सरकार नै जारी संकटको एकमात्र निकास भएको जिकिर गर्दै सहमतिको सरकार गठनमा ढिला नगर्न पनि आग्रह गरे। बाबुराम भट्टराई नेतृत्वमा रहेको कामचलाउ सरकारलाई राष्ट्रिय सहमतिको पहल गर्न एक साताको समय दिएर अघि बढ्नपर्र्ने उनीहरुले सुझाव दिएको स्रोतको दाबी छ।
त्यसरी राष्ट्रिय सहमति निर्माण हुन नसके ३८ (१) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने उनीहरुको तर्क थियो। 'सहमतिको सरकार अविलम्ब गठन हुनुपर्छ भन्नेमा सबैको एकमत थियो,' भेटमा सहभागीमध्येका चन्द्रकान्त ज्ञवालीले नागरिकसँग भने, 'वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्नुपर्‍यो, उसले सकेन भने राष्ट्रपतिलाई ३८ (१) अनुसार राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने अधिकार रहेको हामीले उहाँ (राष्ट्रपति) लाई स्मरण गरायौं।'
राष्ट्रिय सहमतिको सरकार नै अहिलेको संकटको निकास प्रस्थानबिन्दु भएको उनीहरुको जिकिर थियो। उनीहरुले विगतमा जस्तै निश्चित समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने अधिकार राष्ट्रपतिमा रहेको आंैंल्याएका थिए। उनीहरुले सबै दलको सहमति नभए अधिकतम दलको सहमति र सहभागितामा सरकार गठन गर्न पनि राष्ट्रपतिलाई सुझाएका थिए।
राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म राष्ट्रपतिलेले अध्यादेश जारी गर्न नसक्ने धारणा कानुनविद्हरुको थियो। 'पदमुक्त भएको सरकारले गरेका सिफारिस कार्यान्वयन गर्न राष्ट्रपति बाध्यकारी हुँदैनन्,' ज्ञवालीले राष्ट्रपतिलाई सम्झाएको उद्धृत गरे।
कामचलाउ सरकारलाई बाधा अड्काउफुकाऊ अन्तर्गत कुनै पनि निर्णय लिने अधिकार नभएको जिकिर गर्दै एक सहभागीले भने, 'राष्ट्रिय सहमतिको सरकार गठन भएपछि त्यसैको सिफारिसमा राष्ट्रपतिले बाधा अड्काउफुकाउनुहुन्छ र संवैधानिक अंगहरुको पनि नियुक्ति प्रक्रिया अघि बढ्छ।'
कानुनविद ज्ञवालीले राष्ट्रलाई अतिआवश्यक पर्ने अध्यादेशहरु जारी गर्नुपर्ने उल्लेख गर्दै त्यो संविधानअनुकूल छ कि छैन भन्ने अध्ययन गर्ने अधिकार भने राष्ट्रपतिमा रहेको जनाए। अन्तरिम संविधानको धारा ४३ अनुसार सरकार सञ्चालन हुनुपर्ने उनको भनाइ थियो। धारा ४३ (१) नेपाल सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरूप गरिने उल्लेख छ। त्यस्तै, सरकारको सञ्चालनको नीतिगत आधार आपसी सहमतिबाट तयार गरिएको न्यूनतम साझा कार्यक्रम हुने उल्लेख गर्दै ४३ (२) मा सरकारबाट स्वीकृत नियमावली बमोजिम नेपाल सरकारको कार्य विभाजन र कार्यसम्पादन हुने उल्लेख छ।
अर्का कानुनविद पूर्णमान श्रेष्ठले राष्ट्रपतिसँग मुलुकको जारी राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको जानकारी दिए। 'कुनै पनि कुरा परिपक्व भएको छैन,' उनले नागरिकसँग भने।
राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेलले छलफलको प्रारम्भमा नै नयाँ सरकार गठन प्रारम्भ भइसकेको उल्लेख गर्दै यस विषयलाई कसरी टुंगोमा पुर्‍याउन सकिन्छ भन्दै सहभागीहरुसँग सुझावका लागि आग्रह गरेको स्रोतको दाबी छ।
यसअघि राष्ट्रपति यादवले असोज १ मा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी र रामप्रसाद श्रेष्ठसँग छलफल गरेका थिए। उनीहरुले पनि राजनीतिक र संवैधानिक संकट समाधानको एकमात्र उपाय चुनाव भन्दै त्यसका लागि सहमतिको सरकार गठनकै सुझाव दिएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस