प्रतिस्पर्धा तयारीमा नेपाल
१७ भदौ २०७७
•
७ मिनेट पाठ
प्रतिस्पर्धा तयारीमा नेपाल
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद बढ्दै जाँदा महाधिवेशनको बहस अग्रभागमा आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको विवाद टुंग्याउन महाधिवेशनमै जानुपर्नेमा जोड दिएपछि यो बहस पार्टीका शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्म पुगिसकेको छ ।

आन्तरिक विवाद सुल्झाउन साउनमा बनाइएको कार्यदलले २०७७ चैतभित्र महाधिवेशन गरिसक्ने प्रस्ताव गरेको छ । गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको निर्णय पछ्याउँदै कार्यदलले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्तावसँगै एकातिर पार्टीभित्र प्रतिस्पर्धालाई पन्छाएर एकल वा सहमतिको अध्यक्ष बन्ने विषयले प्रवेश पाएको छ भने अर्कोतिर आन्तरिक लोकतन्त्रले मात्रै पार्टी जीवनलाई बलियो बनाउने विषयमा पार्टीका शीर्ष नेताहरूबीच छलफल हुन थालेको छ । पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालयका अन्य सदस्यले आन्तरिक लोकतन्त्रले मात्र पार्टीलाई बलियो बनाउने विषयमा छलफल सुरु गरेका छन् । तर यसबारे उनीहरुले बाहिर केही बताएका छैनन् ।  

‘पार्टीले महाधिवेशनको बहस खुला नगरीकन प्रतिस्पर्धाबिना कसरी एकल अध्यक्ष र सहमतिको अध्यक्ष भन्ने प्रस्ताव बाहिर आयो ? यो विषय अहिले बाहिर ल्याउन हुन्थ्यो कि हुन्थेन भन्ने नसोची ल्याइएको छ । महाधिवेशनमा नीति, विचार, सिद्धान्तसँगै नेतृत्वको कुरा आउनुपर्ने हो तर अहिले नै व्यक्ति तोकेर सार्वजनिक बहसका रूपमा ल्याइयो । यसमा कहीं न कहीं आशंका छ’, नेता नेपालनिकट स्थायी कमिटीका एक सदस्यले भने । ती सदस्यका अनुसार अहिले महाधिवेशन बहस खुला भएको छैन । र, स्थायी कमिटी बैठक नै धकेलिएको बेलामा कमिटीगत प्रणालीलाई ओझेलमा पार्नेगरी एकल वा सहमतिको अध्यक्ष भन्ने शब्द झुन्डाएर बहस चलाइएको छ । महाधिवेशनको विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने ती सदस्यको भनाइ छ ।  

‘महाधिवेशनमा प्रतिस्पर्धा नै छैन भन्ने ढंगले जसरी एकल वा सहमतिको अध्यक्ष भनेर बाहिर बहस चलाउन थालियो त्यो सत्य होइन, प्रतिस्पर्धाका लागि नेता नेपालले ‘वार्मअप’ गरिरहनुभएको छ । कोरोना संक्रमण कम भएपछि उहाँ कार्यकर्तामाझ जानुहुन्छ ।’  
ओली खेमाले पार्टीमा एकल अध्यक्षको बहस चलाएपछि नेता नेपालले प्रतिस्पर्धाका लागि आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । ‘एकता महाधिवेशन भएकाले कोहीकसैले सहमति हुन सक्ला भन्छ होला तर प्रतिस्पर्धा नै छैन भन्ने ढंगले जसरी बाहिर बहस चलाउन थालियो त्यो सत्य होइन, प्रतिस्पर्धाका लागि नेता नेपालले ‘वार्मअप’ गरिरहनुभएको छ । कोरोना संक्रमण कम भएपछि नीति, विधि, विचार, सिद्धान्त र नेतृत्वसहितको अवधारणा लिएर उहाँ आम कार्यकर्तामाझ जानुहुन्छ’, स्थायी कमिटीका ती सदस्यले भने । ती सदस्यका अनुसार कार्यकारी अध्यक्ष दाहालले पनि आफूलाई धोका दिएको महसुस नेता नेपालले गरेका छन् । नेपाल पक्षले दाहाल ओलीसँग मिलेको आशंका गरेको छ ।

‘पार्टीका लागि नेपालले अघि सार्दै आएको विधि, नीति र पद्धति सही छ भन्ने दाहाल सत्ता र शक्ति पाउने भएपछि खुसुक्क ओलीसँग घाँटी जोड्न पुगिहाल्छन् । त्यसैले दाहाल पार्टीको भरलाग्दो र सर्वस्वीकार्य नेता हुन कठिन छ । त्यसका लागि पनि नेता नेपालको उम्मेदवारी आवश्यक हुन्छ’, ती सदस्यले भने ।  

पार्टी सञ्चालनमा नीति, विधि र पद्धति प्रधान हुनुपर्छ भन्ने नेपालको भनाइमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहमत छन् । महाधिवेशनमा नीति, विचार, सिद्धान्त र नेतृत्वको बहस हुँदा श्रेष्ठ कता लाग्छन् भन्नेबारे त्यतिबेला नै निर्धारण हुने नेपालनिकट अर्का एक नेताले बताए । ‘उहाँ (नारायणकाजी) पनि विधि र सिद्धान्तबाट पार्टी मार्गनिर्देशित हुनपर्छ भनिरहनुभएको छ तर उहाँको धारणा अहिले नै सार्वजनिक भएको छैन, त्यसबारे टिप्पणी नगरांै’, ती नेताले भने । ती नेताका अनुसार पछिल्लो समय नेपालसँग महासचिव विष्णु पौडल, शंकर पोखरेल पनि नियमित सम्पर्कमा छन् । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालगायतको एउटा पंक्ति पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा छ । आउँदो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । त्यसले सहमतिमै नेतृत्व चयन गर्ने भनिए पनि त्यसको मोडालिटीबारे कतै बहस छलफल भएको पाइँदैन ।  

अहिले नेतृत्वको बहस गर्ने उपयुक्त समय नभएकाले यसमा प्रवेश गर्न नहुने पक्षमा पनि केही नेता देखिएका छन् । एकता महाधिवेशन भनेर सोलोडोलो एकै डालोमा हालेर प्रतिस्पर्धालाई लत्याउने काम गर्न नहुने धारणा केही नेताको छ । नेपालनिकट स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले अहिलेदेखि कोही, कसैले व्यक्ति तोकेर एकल अध्यक्ष भन्दै हिँड्दा त्यसले सहमति हुन्छ कि असहमति भन्नेतर्फ सोच्नुपर्ने बताए । ‘महाधिवेशनमा विचार सिद्धान्तसँगै नेतृत्वको पनि कुरा आउँछ । अहिले नै यो विषयमा बहस गर्दा छिटो हुन्छ । महाधिवेशन भनेको प्रतिस्पर्धा पनि हो । त्यसकारण अहिलेलाई धेरै कुरा बोल्नु अर्थहीन हुन्छ’, ज्ञवालीले भने । उनले पनि महाधिवेशमा प्रतिस्पर्धा हुने संकेत गरे । उनका अनुसार एकता महाधिवेशन भएकाले सहमतिको विषय उठेको हो ।  

साउन ४ गते बसेको सचिवालय बैठकमा ‘अर्ली’ महाधिवेशन मंसिरमै गर्ने विषयमा कुरा उठेपछि नेता नेपालले केन्द्रीय कमिटीले तोकेको मितिअघि नै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने हो भने बैठक, अरू फोरम वा राष्ट्रिय सम्मेलनबाट किन नगर्ने भन्दै अहिलेको सवाल नेतृत्वमा व्यक्ति परिवर्तन मात्रै नभई पार्टी र सरकारलाई कसरी विधि र प्रक्रियामा चलाउने भन्ने रहेको बताएका थिए । उनले त्यतिबेला दुई अध्यक्ष मिल्नेबित्तिकै सबै मिलिहाल्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका थिए । ‘तपाईंहरू मात्रै मिल्दा सबै कुरा हुने हो भने म पनि देशव्यापी अभियानमा जानेबारे सोच्दैछु । कसैले अहिलेसम्म पार्टीको निर्णय नमान्दा केही फरक नपर्ने हो भने अरूका निम्ति पनि मान्नुपर्ने बाध्यता छैन । पार्टीमा सबै बराबर हुन्, कोही विशेष होइन, यो कुरा दुवै अध्यक्षले बुझिराख्नुस्’, नेपालले साउन ४ को सचिवालय बैठकमा भनेका थिए । यसले पनि नेता नेपाल महाधिवेशनमा प्रतिस्पर्धाको पक्षमा रहेको संकेत मिल्छ ।  

पछिल्लोपटक दुई अध्यक्षको सहमतिमा आन्तरिक विवाद समाधान सुझाव कार्यदल बनाउँदा पनि सचिवालय बैठकलाई बेवास्ता गरिएको थियो । त्यसपछि नेपाल, खनाल, श्रेष्ठले विधिको कुरा गर्ने तर विधिबाहिर गएर कार्यदल बनाउने भनेर दाहालसँग प्रश्न गरेपछि सचिवालय बैठक राखेर कार्यदल अनुमोदन गराइएको थियो । अहिले पनि दाहालले ओलीसँग आफ्नो स्वार्थका लागि अमूर्त र गोप्य सम्झौता गरेको आशंका नेपाल पक्षको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पटकपटक आफू र दाहालको मन मिलिसकेको अभिव्यक्ति दिनु र दाहालनिकट नेताहरूले सहमतिको अध्यक्ष उनै हुन् भन्नुले नेपाल पक्ष प्रतिस्पर्धामा जानुको विकल्प नभएको भन्दै ‘वार्मअप’ मा लागेको स्रोतको दाबी छ । ‘लोकतन्त्र भनेको प्रतिस्पर्धा हो, प्रतिस्पर्धा नै भएन भने कसरी लोकतन्त्र बलियो हुन्छ ? एकता महाधिवेशन सहमतिको भनिएको छ । के–के विषयमा सहमति हुन्छ ? नीतिमा, विचारमा, सिद्धान्तमा वा नेतृत्वमा मात्रै । कम्युनिस्ट पार्टीको महाधिवेशन केवल नेतृत्व मात्रै होइन होला,’ नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । पार्टीले महाधिवेशनको बहस खुला नगरीकन कोहीकसैले एकल अध्यक्ष वा सहमितको अध्यक्ष भन्नु ठीक नभएको उनले बताए ।  

ओलीलाई वामदेव तगारो  
पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन ६ बुँदे प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली खेमामा पुगेका वामदेव गौतमले राष्ट्रियसभा सदस्य हुने रहर गरेका छन् । युवराज खतिवडालाई पुनः राष्ट्रियसभा सदस्यमा मनोनय गरी अर्थमन्त्रीमा निरन्तरता दिने तयारीमा रहेका ओलीलाई गौतमको रहर तगारो बन्ने देखिएको छ । ओली पक्षले गौतमको राष्ट्रियसभामा जाने ‘च्याप्टर क्लोज’ भइसकेको बताइरहँदा उनले आफूलाई पहिला नै सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेकाले कार्यान्वयन हुनुपर्ने बताएका छन् । गौतमले सोमबार ओलीलाई भेटेर आफूले संसदीय चुनावमा भाग नलिने तर राष्टियसभा सदस्यमा नजाने नभनेको स्मरण गराएका थिए । खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनयन गरेर अर्थमन्त्रीमा निरन्तरता दिने तयारीमा प्रधानमन्त्री ओली देखिएपछि त्यसमा तगारो हाल्न गौतमले राष्ट्रियसभा सदस्य बन्न चाहेको बताएको अड्कल गरिएको छ । ६ बुँदे प्रस्ताव ल्याएर ओलीनिकट बनेका गौतमले आफू राष्ट्रियसभामा जान चाहेको बताएपछि ओली–गौतमबीच फेरि फाटो आउने संकेत देखापरेको छ ।  

फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गरेको थियो । तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कार्यान्वयन गरेका छैनन् । उनले खतिवडालाई फेरि पनि राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न चाहेका छन् । गत फागुनमा दुई वर्षे कार्यकाल सकिएपछि खतिवडालाई ओलीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरी अर्थमन्त्रीमा निरन्तरता दिएका हुन् । नेपालको संविधानअनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ । खतिवडाको ६ महिने कार्यकाल यही भदौ २० गते सकिँदैछ । वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने अर्को निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले वैशाख २० गतेको निर्णयले फागुन ६ गतेको निर्णयलाई खारेज गरेको रूपमा अथ्र्याएका छन् । फागुन ६ को निर्णयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गरेको थियो ।
अर्को समाचार
फेमीसहित ६ खेलाडी थ्री स्टारमा निरन्तर
०५ वैशाख २०७०
•
३ मिनेट पाठ
फेमीसहित ६ खेलाडी थ्री स्टारमा निरन्तर
काठमाडौं, वैशाख ६ (नागरिक)- एक विदेशीसहित पुराना ६ खेलाडीलाई थ्री स्टार क्लबले नयाँ सिजनका लागि निरन्तरता दिएको छ।

यसै महिना एएफसी प्रेसिडेन्ट्स कपको समूह चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको थ्री स्टारबाट बिहीबारसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) मा दर्ता हुने खेलाडी संख्या २० पुगेको छ।
पछिल्लोपल्ट दर्ता हुनेमा राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ, रक्षक विजय धिमाल, रविन थापा, मिडफिल्डर योगेश गुरुङ, विष्णु गुरुङ र सिएरालियोनका एडिउमी फेमी छन्।
साताको सुरुआतमा ६ नयाँसहित १४ खेलाडी दर्ता गरिसकेको थ्री स्टारले बुधबार पुनः ६ खेलाडी दर्ता गरेको हो। प्रेसिडेन्ट्स कपमा दुई विदेशी राख्न पाउने प्रावधानअनुरुप फेमीलाई निरन्तरता दिइएको छ। अघिल्लो सिजन एनआईबिएल फ्रेन्ड्स क्लबबाट खेलेका लियोन्स डोडोजसँग क्लबले यसअघि नै सम्झौता गरिसकेको छ।
अघिल्लो सिजन थ्री स्टारलाई लिग च्याम्पियन बनाउन तथा आहा-रारा र उदयपुर गोल्डकप जिताउन फेमीको भूमिका महŒवपूर्ण थियो। लिगको पहिलो चरणमा उच्च प्रदर्शन गरेका फेमी सुपर लिगमा भने चुकेका थिए। लिगमा ७ गोल गरेका फेमीले ५ गोलमा पास मिलाएका थिए।
थ्री स्टारका अध्यक्ष ललितकृष्ण श्रेष्ठले आक्रमण थप बलियो बनाउन फेमीलाई निरन्तरता दिएको बताएका छन्। लिगलगत्तै हातको शल्यक्रिया गराएका मुख्य स्ट्राइकर सन्तोष साहुखल आराम गरिरहेका छन्। प्रेसिडेन्ट्स कपका लागि सन्तोष ठीक भइसक्ने अनुमान गरिएको छ। 'सन्तोष पनि ठीक होलान्। डोडोज र फेमी पनि भएपछि आक्रमण अझै सशक्त हुनेछ,' उनले भने। प्रेसिडेन्ट्स कपलाई टोलीले बुधबारबाट अभ्यास सुरु गरेको छ।
वैशाख २४ बाट दशरथ रंगशालामा हुने प्रेसिडेन्ट्स कप समूह 'ए' को पहिलो खेलमा थ्री स्टारले बंगलादेशको अवामी लिमिटेडको सामना गर्नेछ। वैशाख २६ मा दुई वर्षअघिको विजेता चाइनिज ताइपेईको ताइवान पावर कम्पनीसँग खेल्ने थ्री स्टार अन्तिम खेलका लागि वैशाख २८ मा मंगोलियाको इचर्ि्रम एफसीविरुद्ध उत्रनेछ। राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली अन्तिम चरणमा छनोट हुनेछन्।
एसियाली फुटबल महासंघ (एएफसी) को 'सी' श्रेणीका देशका लिग च्याम्पियनबीच हुने प्रतियोगितामा थ्री स्टारले दोस्रोपल्ट भाग लिँदैछ। सन् २००५ मा नेपालमा भएको प्रेसिडेन्ट्स कपको पहिलो संस्करणमा पनि थ्री स्टारले नेपालको प्रतिनिधित्व गर्दै सेमिफाइनल तय गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस