सरकारको लोभमा पुनःस्थापना मान्दैनौं : केसी-
काठमाडौं, असोज २३ (नागरिक)- एमाओवादीका प्रवक्ता अग्नी सापकोटाले संविधान सभाको पुनःस्थापना गरेर सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्न सहमत भए कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बनाउन आफूहरु तयार रहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले त्यसमा नमाने सरकार मन्त्रिपरिषद् विस्तार गरेर सुदृढ गरेर अगाडि बढ्ने चेतावनी दिए। 'संविधान सभाको पुनःस्थापना गरेर सहमति भएका विषयलाई जारी गरेर सहमति नभएका विषयलाई निर्वाचनमा लैजान कांग्रेस सहमति भए काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्छ.' प्रवक्ता सापकोटाले भने, 'नत्र सरकार आफूलाई दह्रो बनाउँदै विस्तार गरेर अगाडि बढ्छ।'
एक दुई साताभित्र सहमति गर्नु अनिवार्य भइसकेको भन्दै अन्यथा राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्ने धार बलियो हुनेतर्फ उनले सचेत गराए। उनले निर्वाचन वा पुनःस्थापना दुबै विकल्पमा एमाओवादी तयार रहेको भन्दै पुनःस्थापना सबै भन्दा कम जोखिम पूर्ण विकल्प हुने भएकोले अप्रत्यक्षरुपमा त्यसैमा जान आह्वान गरे।
उनले राज्यपुनःसंरचना आयोगको बहुमत र अल्पमतको प्रतिवेदनलाई संविधानको अनुसूचिमा राखेर संविधान सभाको निर्वाचनमा जान पनि आफूहरु तयार रहेको भन्दै कांग्रेस र एमालेभित्र अग्रगमन र यथास्थितिवादीको द्वन्द्वले सहमति हुन नसकेको आरोप लगाए।
उनले राजनीतिक दलहरुको सहमतिमा बाधा अडकाउ फुकाउ मार्फत संविधान संसोधन गरेर निर्वाचनमा जान पनि आफूहरु तयार रहेको बताए पनि यो भन्दा पुनःस्थापना नै उपयुक्त हुने संकेत गरे।
साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेस सरकारको नेतृत्व पाउने लोभमा संविधान सभा पुनःस्थापनाको पक्षमा नउभिने स्पष्ट पारे।
उनले मृत्यू्वरण गरिसकेको संविधान सभाले मुलुकलाई कुनै निकास नदिने भन्दै लोकतन्त्रलाई बचाउन नयाँ निर्वाचनमा जान कांग्रेस तयार रहेको बताए।
संविधान सभा पुनःस्थापनाको पक्षमा अभिब्यक्ति दिने वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको अभिब्यक्ति उहाँहरुको निजी धारणा भएको भन्दै संविधान सभाको पुनःस्थापना पार्टीविरोधी धारणा भएको दावी गरे।
उनले आफूहरुले जेठ १४ मा रुपान्तरित संसद राखौं भनि राखेको प्रस्ताव सरकारले अस्विकार गरेको स्मरण गर्दै अब फेरि पुनःस्थापनाबाट मुलुकले निकास नपाउने ठोकुवा गरे।