माधव ढुङ्गेल, काठमाडौं, असोज २५ - प्रधानमन्त्री बाबुराम भट्टराईलाई सडक संघर्षबाट पदच्युत गर्ने घोषणा गरेका कांग्रेस-एमालेलगायत विपक्षी दलले दशैँपछि मात्र आन्दोलन गर्ने भएका छन्। एकीकृत माओवादीबाट फुटेको नेकपा-माओवादी, मधेशी जनअधिकार फोरम, फोरम (लोकतान्त्रिक) बाट विभाजित मधेश राष्ट्रिय समाजवादी पार्टीलगायत दल कांग्रेस-एमाले गठबन्धनसँग असहमत भएपछि आन्दोलन घोषणा पछि सरेको हो।
विपक्षी गठबन्धनको संयुक्त आन्दोलन घोषणा नभए पनि एमालेले शुक्रबार एक्लै देशव्यापी विरोध कार्यक्रम गर्योक। यसले कांग्रेस वृत्तमा आशंका बढेको छ। आन्दोलनको कार्यक्रम तय गर्न सक्रिय कांग्रेस नेता मिनेन्द्र रिजालले भने, 'एमालेको त्यो कार्यक्रम संयुक्त बैठक बस्नुअघिकै तयारी हो, सहमतिअनुसार नै एमालेले आफ्नो कार्यक्रम गरेको हो।'
रिजालले असोज ३० देखि दशैँ सुरु हुने भएकाले दशैँपछि मात्र विरोध कार्यक्रम गर्ने गरी आन्दोलन घोषणाको तयारी भइरहेको बताए। 'दसैंमा जिल्ला फर्कंदा आन्दोलनको सन्देश लिएर जाने गरी कार्यक्रम घोषणा गर्नेछौं,' उनले नागरिकसँग भने, 'यसबारे एमालेसँग कुराकानी भइरहेको छ।'
यसैबीच फोरम अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा नयाँ मोर्चाको घोषणा भइसकेको छ, जसमा शरतसिंह भण्डारी पनि सहभागी छन्। मधेशी दल नयाँ निर्वाचनको सम्भावना बढेकाले पूर्वतयारीस्वरुप गठबन्धन घोषणा गर्न लागेको कांग्रेस-एमालेको मूल्यांकन छ।
रिजालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदबाट हटाउन गर्ने आन्दोलनमा नेकपा-माओवादी, फोरमलगायत विपक्षी मधेशी दलको पनि सहभागिता हुने बताए। 'आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनुपर्छ, विदेशी मित्रराष्ट्रसँगको सम्बन्धमा पनि आन्दोलनले खलल पुर्या्उनु हुँदैन,' रिजालले भने। यस्ता विषयमा प्रस्ट नभई नेकपा-माओवादीसँग सहकार्य गर्न अप्ठेरो हुने रिजालले बताए।
पछिल्लोपल्ट असोज ११ मा 'आन्दोलन घोषणा' गर्न एमाले कार्यालय, बल्खुमा बसेको '१९ दल' को बैठकमा १५ गते घोषणा गर्ने सहमति भएको थियो। त्यसपछि कांग्रेस-एमालेले बैठक नै नबोलाएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए।
'कांग्रेस-एमालेलाई एकीकृत माओवादी र नेकपा-माओवादी दुवैले जिल्याइदिए, १५ गते आन्दोलन घोषणा गर्ने भन्ने तयारी थियो,' केसीले नागरिकसँग भने, 'बैठकमा आएको नेकपा-माओवादीले पनि ज्यान फालेर लड्छौं, आन्दोलन घोषणा गरे सफल पार्दिन्छौं भने। दुईटा बैठकमै गएर निर्कै फूर्तिफार्ती गरे, पछि त अन्त-अन्त पो लागे।'
एकीकृत माओवादीलगायत सत्तारुढ गठबन्धनले पनि विपक्षीहरूलाई जिल्याइदिएको उनको धारणा छ। आफ्नो प्रदर्शन फिर्ता गर्ने घोषणा गरेकाले पनि विपक्षीहरूको आन्दोलनलाई असर परेको उनको मूल्यांकन छ।
कांग्रेस-एमालेलगायत '१२ दल' ले कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा असोज ८ मा बैठक गरी आन्दोलन गर्ने निर्णय गरेका थिए। उक्त बैठकमा ११ गते एमाले केन्द्रीय कार्यालयबाट आन्दोलन घोषणा गर्ने निर्णय भएको थियो। आन्दोलनका कार्यक्रम तय गर्न असोज १० मा एमाले केन्द्रीय कार्यालय, बल्खुमा कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा-माओवादी र मधेश राष्ट्रिय समाजवादी पार्टीका नेताहरूको बैठक बसेको थियो।
भोलिपल्ट बसेको बैठकमा आन्दोलन कार्यक्रमबारे सहमति हुन सकेन। नेकपा-माओवादीका सीपी गजुरेल र देव गुरुङ बैठक सुरु हुनेबित्तिकै हिँडेका थिए। उपेन्द्र यादव र शरतसिंह भण्डारी बैठकमै गएनन्।
एमाले प्रवक्ता प्रदीप ज्ञवाली राष्ट्रपतिले आयोजना गरेको बैठकमा असोजभरमा सहमति गर्ने भनेकाले पनि आन्दोलन कार्यक्रम तत्काल घोषणा गर्दा त्योसँग बाझ्ने भएकाले घोषणा नगरेको बताए। 'आन्दोलनका मुद्दा र स्वरुपमा पनि केही भिन्नता देखिए,' नेकपा-माओवादीको भारतीय गाडी र फिल्म विरोधी आन्दोलनतर्फ उनले संकेत गरे।
पहिल्यै घोषणा भएको विरोध कार्यक्रमतर्फ एमाले केन्द्रित भएको उनले बताए। 'पार्टीका जनसंगठनको असोज १९ को विरोध कार्यक्रम पहिल्यै निर्धारित थिए', उनले भने।
कांग्रेस-एमालेसँग विघटित संविधानसभामा प्रतिनिधित्व रहेका राप्रपा, राजपा, नेकपा (संयुक्त), नेकपा (माले), सद्भावना (आनन्दीदेवी), राष्ट्रिय जनमोर्चा छन्।
यी तीनवटै दल विपक्षी गठबन्धनको आन्दोलनमा सहभागी भए आन्दोलन सशक्त हुने आसले उनीहरू समेट्ने प्रयत्नमा छन्।