अजित तिवारी, विराटनगर, असोज ३० - उप-प्रधान एवं गृह मन्त्री विजयकुमार गच्छदारले तीन ठूला दलले छिनछिनमा संसद पूर्नस्थापना र चुनावको कुरा गरेर मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन्। उनले राजनीति निकासको उत्तम विकल्प निर्वाचन नै भएकाले दलहरुले त्यसमा सहमति जनाउनुपर्ने बताए।
‘तीन ठूला दलले छिनमा निर्वाचन र एकैछिनमा पुर्नस्थापनाको कुरा गरिरहेकाले राजनीति निकास निस्कन नसकेको हो'-विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसित कुरागर्दै उनले भने, ‘मलाई सोध्नु हुन्छ भने वेस्ट सलुशन इज इलेक्सन।'
उनले प्याकेजमा सहमति भए मात्र वर्तमान सरकारले राजिनामा गर्ने दाबी गरे। ‘फेरि बन्ने प्रधानमन्त्रीलाई हामी कुहिरोको काग बनाउन चाहन्न'-गच्छदारले भने, ‘सहमति बेगर बन्ने प्रधानमन्त्रीले सहमतिका लागि दलका नेताहरुको ढोका ढक्ढक्याउँदै समय बिताउँछ।'
सुनसरीको कप्तानगञ्जमा निर्मित मन्दिरको उदघाटन गर्न आएका गृहमन्त्री गच्छदारले दलहरुको सहमति विपरित राष्ट्रपतिले कदम नचाल्ने दाबी गरे। ‘कसैले उस्काएर राष्ट्रपतिले कदम चाल्दैनन्'- उनले भने, ‘उहाँले सबै बस्तुस्थिति बुझ्नुभएको छ।'